Ruslan
Tata /sipradi
Nic Asia

राजनीति

संशोधन पारित गर्न गठबन्धनको आह्वान, माघ १ गते काठमाडौँमा बृहत् अन्तरक्रिया गर्ने



काठमाडौँ, २७ पुस - संयुक्त लोेकतान्त्रिक मधेसी मोर्चा सम्मिलित सङ्घीय गठबन्धनले परिमार्जनसहित संविधान संशोधन विधेयक पारित गर्न सबै राजनीतिक दललाई आह्वान गरेको छ । madeshi-morcha

सङ्घीय समाजवादी फोरम नेपालको केन्द्रीय पार्टी कार्यालय तीनकुनेमा बुधबार बसेको गठबन्धनको बैठकले संशोधन विधेयक पारित गराउन आवश्यक पर्ने दुई तिहाई मत पु¥याएर विधेयक पारित गर्ने दिशामा अघि बढ्न सरकारलाई आग्रह गरेको संयोजक उपेन्द्र यादवले जानकारी दिए ।

बैठकले गतिरोध अन्त्य र उत्पीडित समुदायको हक अधिकार समेटेर संविधानलाई सर्वस्वीकार्य बनाउन परिमार्जनसहित संशोधन विधेयक पारित गर्नुको विकल्प नरहेको निष्कर्ष निकालेको छ ।

त्यस्तै, गठबन्धनले संविधान संशोधनको माग गर्दै आगामी माघ १ गते काठमाडौँमा बृहत् अन्तरक्रिया गर्ने निर्णय गरेको छ । संविधान संशोधनका लागि दबाब दिन र भावी आन्दोलनका लागि जनमत निर्माण गर्न अन्तरक्रिया गर्न लागिएको संयोजक यादवले बताए ।

केही दल सङ्घीयता, गणतन्त्र, धर्म निरपेक्षता, समावेशी लोकतन्त्र जस्ता महत्वपूर्ण उपलब्धिलाई धरापमा पारी मुलुकलाई प्रतिगमनतर्फ धकेल्ने कार्यमा उद्यत रहेकाले त्यसतर्फ सचेत रहन गठबन्धनले सबैलाई आग्रह गरेको छ । बुधवार, पौष २७, २०७३ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस

Shivam
add-marketing