Nic Asia
Sarbottam Cement

राजनीति

पहाडी जिल्लालाई तराईबाट अलग गरे देश कमजोर हुन्छः नेता पोखरेल



पाल्पा, २७ पुस - नेकपा (एमाले) स्थायी समिति सदस्य शङ्कर पोखरेलले पाँच नम्बर प्रदेशका पहाडी जिल्लालाई तराईबाट अलग गरे देश कमजोर हुने बताउनुभएको छ । shankar-pokhrel

पाँच नम्बर प्रदेश विभाजनविरुद्ध संयुक्त सङ्घर्ष समितिको आयोजनामा आज तानसेनमा आयोजित विरोधसभामा उहाँले भन्नुभयो –सरकारले पाँच नम्बर प्रदेशका पहाडी जिल्लालाई चार नम्बर प्रदेशमा गाभ्ने प्रस्ताव नै षड्यन्त्रपूर्वक ल्याएको छ ।

नेता पोखरेलले अहिलेको अवस्थामा पहाड र तराईलाई छुट्याएर अलग अलग राज्य बनाउन कुनै हालतमा पनि दिन नहुने बताउनुभयो ।

राष्ट्रिय जनमोर्चा नेपालका उपाध्यक्ष दुर्गा पौडेलले नेपाली जनताले छ दशकभन्दा बढी समय लडेर ल्याएको गणतन्त्र सङ्घीयताकै कारण धरापमा पर्न दिन नहुने धारणा व्यक्त गर्नुभयो ।

नेकपा मालेकी सांसद कमला विकले तराई र पहाडलाई अलग गर्नु उपयुक्त नभएको बताउँदै पाँच नम्बर प्रदेश विभाजनवरुद्ध संसद्मा निरन्तर कुरा उठाउने भन्नुभयो । रासस बुधवार, पौष २७, २०७३ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस

Shivam
Nic Asia
Nepal Life insurence
ncell