Ruslan
Tata /sipradi
Nic Asia

राजनीति

डडेल्धुरा जिप दुर्घटना, १५ घाइते

डडेल्धुरा, २८ पुस -डडेल्धुरामा बुधबार बेलुका जिप दुर्घटना हुँदा १५ जना घाइते भएका छन् । डडेल्धुरा सदरमुकामबाट कैलपालमाडौँ गाविसको ग्रामीण सडकबाट सदरमुकाम रुमायल जाँदै गरेको से १ ज ७८७ नंको जिप गणेशपुर गाविसको सिमलपुर गाउँमा दुर्घटना भएकोे हो । 


दुर्घटनामा परी घाइतेमध्ये दुईजनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । घाइतेको उपक्षेत्रीय अस्पताल डडेल्धुरामा उपचार भइरहेको छ ।

जिप सडकबाट करिब ३० मिटर तल भिरमा खसेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ । ग्रामीण सडक साँघुरो हुँदा घुम्तीमा गाडीलाई मोड्न पर्याप्त ठाउँ नहँुदा गाडी मोड्न नसक्दा दुर्घटना भएको घाइतेको भनाइ रहेको छ ।

जिपमा १० बोरा सिमेन्ट र एक क्विन्टलभन्दा बढी छड राखिएको थियो । जिल्लाका ग्रामीण क्षेत्रमा सञ्चालन हुने यात्रुवाहक जिपमा मानिससँगै व्यापारिक प्रयोजनका सामग्रीसमेत बोक्ने गरेका छन् । डडेल्धुरा जिल्लाका ग्रामीण क्षेत्रमा निर्माण भएका अधिकांश सडक मापदण्ड विपरीत रहेकाले ग्रामीण क्षेत्रमा पटकपटक यातायातका सवारीसाधन दुर्घटना हुने गरेका छन् । रासस

बिहिवार, पौष २८, २०७३ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस

Shivam