Nic Asia
cocacola

राजनीति

एनआरएनएको अध्यक्षमा शेष घलेकी पत्नीको उम्मेदवारी, त्रिपक्षीय प्रतिस्पर्धामा कसले मार्ला बाजी ?


काठमाडौं, २६ असोज– गैरआवासीय नेपाली संघ (एनआरएनए)को भावी अध्यक्षका लागि वर्तमान अध्यक्ष शेष घलेकी पत्नी जमुना गुरुङ (घले)ले पनि उम्मेदवारी घोषणा गरेकी छन् । एनआरएनएको सातौं विश्वसम्मेलन आगामी शनिबारदेखि काठमाडौंमा शुरु हुँदैछ ।

यसअघि एनआरएनएको अध्यक्षका लागि भवन भट्ट र टीबी कार्कीेले उम्मेदवार घोषणा गरिसकेका थिए । घले पत्नी जमुनाले उम्मेदवारी घोषणा दिए पछि एनआरएनएको चुनावमा नयाँ तरंग आएको छ ।

दुई कार्यकाल अध्यक्ष खाइसकेका शेष घलेले विधानअनुसार अवको कार्यकालका लागि अध्यक्षमा प्रतिस्पर्धा गर्न नपाउने भएपछि आफ्नी पत्नीलाई अगाडि सारेका बुझिएको छ ।

यसअघि छैटौं विश्व सम्मेलनबाट घलेकै प्यानलबाट उपाध्यक्षमा विजयी भएका भवनले भने छुट्टै प्यानल बनाइसकेका छन् । यद्यपि भट्टले आफ्नो प्यानल भने औपचारिक रुपमा घोषणा गरेका छैनन् । बिहिवार, आश्विन २६, २०७४ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस

toyota
Nepatop and Maruti
Maruti