Nerolac and Nepal life

साहित्य

भारतले भन्यो- अरूलाई केही गर्दैनौं, तर चाचालाई ज्यूँदै फर्किन दिँदैनौं

हामीले पार्टी र जनमुक्ति सेनाको आवश्यकता अनुसार दिइएको जिम्मेवारी पूरा गरिरहेका थियौँ । तर, चुनबाङ बैठकताका अनौपचारिक कुराकानी चल्दै गर्दा देव गुरूङले हाम्रो कामलाई कम आँक्नुभयो । हुन त उहााले अनौपचारिक कुराकानीमा त्यस्तो भन्नुभएको थियो, तर जति बेला भनिएको होस्, त्यो हाम्रा लागि निकै गम्भीर थियो । हाम्रो कामको न्यून मूल्याङ्कन हुने गरी भनिएको थियो । chacha book
उहााले भन्नुभएको थियो, “शहीद त्यस्तो व्यक्तिलाई भनिन्छ, जसले देशभित्र देश र जनताको लागि लड्दालड्दै मृत्युवरण गर्छ । सप्लाईको काममा गएको होस् वा अरु कुनै काममा, यदि कसैको मृत्यु देशबाहिर भयो भने त्यसलाई पार्टीले शहीद घोषणा गर्दैन । देशबाहिर मारिनेलाई शहीद घोषणा गर्न पनि मिल्दैन ।”
उहाँको कुरा सुनेर म छक्क परेँ । निराश पनि भएँ । रिस पनि उत्तिकै उठ्यो । सोचेँ— ‘यति वरिष्ठ नेताले नै हाम्रो कामको महत्व बुझ्दैनन् र जिम्मेवारी निर्वाह गर्दागर्दै हामी मारिए पनि शहीद मानिँदैन भन्छन् भने, किन यो काम गर्ने ? देशभित्र मर्नेलाई मात्र शहीद मान्ने हो भने, हामी किन भारत जाने ?’
यिनै कुरा मेरो मनमा फनफनी नाचिरहे ।
मैले अध्यक्ष प्रचण्डलाई गुरूङका कुरा सुनाउादै शिकायत गरेँ, “सप्लाईका काम गरिन्न अब । देशभित्रै आएर काम गरिन्छ । पार्टी र क्रान्तिको लागि काम गर्दा मृत्यु भयो भने पनि शहीद घोषणा नगर्ने हो भने किन काम गर्ने ?”
प्रचण्ड गम्भीर बन्नुभयो र भन्नुभयो, “जोप्रति मलाई आशा र विश्वास छ, त्यसले काम गर्दिनँ भन्ने ? जोप्रति आशा पनि छैन, विश्वास पनि छैन, त्यसलाई यस्तो गम्भीर कामको जिम्मेवारी दिने ? तपाईंले यत्ति मात्र भन्नुस्, मलाई सहयोग गर्ने कि नगर्ने ?”
“सहयोग नै गर्ने भनेर एकता गरेको हो, दाइ ! तर, पार्टीका नेताहरु नै यस्तो कुरा गर्छन् अनि कसरी काम गर्न सकिन्छ ?” मैले भनेँ ।
प्रचण्डले मलाई कन्भिन्स गर्न खोज्नुभयो । भन्नुभयो, “सप्लाईको इन्चार्जसिप तपाईंले सम्हाल्नुस् । भित्र पासाङसँग कोअर्डिनेट गर्नुस् । र, हेडक्वार्टरसित पनि सम्पर्क गरिरहनुस् । अरुले जे भने पनि त्यसको ख्याल नगर्नुस् । आन्दोलनको क्रममा खटिादा जहाा जे गरेर शहादत प्राप्त गरेको भए पनि शहीद मानिन्छ । ढुक्क हुनुस् ।”
नेतृत्वमा बसेका कतिपय नेता देव गुरूङले जसरी नै हाम्रो कामको महफ्व बुझ्दैनथे वा नबुझे जस्तो गर्थे; तर हामीले भने खरीद र सप्लाईका क्रममा पटकपटक खतराको सामना गरिरहनुपर्थ्यो । चाहे त्यो नेपाल आउँदा होस् वा भारतमा रहादा, त्यस्ता कैयौँ खतरनाक क्षणहरु मैले पनि जनयुद्धकालमा भोगेँ ।
... ...
२०६२ सालमा माओवादीले संसदवादी दलहरुसँग मिलेर निरङ्कुश राजतन्त्रविरूद्ध सङ्घर्ष गर्ने निर्णय गर्‍यो र यसको वातावरण बनाउन कृष्णबहादुर महराको नेतृत्वमा एउटा समिति बनायो । यही विषयमा कुराकानीका लागि महरा नयाँ दिल्ली पुग्नुभयो । त्यहाँ भारतीय पक्षसँग भेट हुँदा भारतीय अधिकारीहरुले मेरा बारेमा पनि कुराकानी गरेका रहेछन् ।
महराले बताउनुभए अनुसार, भारतीय अधिकारीहरुले भनेछन्, “हामी तपाईंका नेताहरु मोहन वैद्यलाई पनि छाडिदिन्छौँ; सीपी गजुरेललाई पनि छाडिदिन्छौँ । उहााहरुलाई केही गर्दैनौँ; मार्दैनौँ पनि । अरु राजनीतिक नेताहरुलाई पनि केही गर्दैनौँ । तर, तपाईंको पार्टीमा सप्लाईको काम गर्ने चाचा भन्ने जो व्यक्ति छन्, उनी चाहिँ हाम्रो लागि खतरनाक व्यक्ति हुन् । उनी हतियारको काम गर्छन् । भारतमा आतङ्क फैलाइरहेका समूहहरुसँग उनको सम्बन्ध छ । हामीले चाचालाई भेट्यौँ भने बाँकी राख्दैनौँ; तत्काल शुट गरिदिन्छौँ । हाम्रो कब्जामा परे भने उनी ज्यूँदै नेपाल फर्किन पाउनेछैनन् । यो कुरा तपाईंहरुले राम्रोसँग बुझ्नुहोला ।”
मलाई यो कुरा सुनाउन महरा हस्याङफस्याङ गर्दै लखनउ आउनुभएको थियो । उहााले अगाडि भन्नुभयो, “ल है चाचा, जोगिनुपर्‍यो । अरुलाई केही गर्दैनौँ, तर चाचालाई चाहिँ बााकी राख्दैनौँ भन्दै छन् इन्डियनहरु । जोगिएर काम गर्नुहोला ।”
हामी नयाँ जनवादी राज्यसत्ता प्राप्त गर्ने उद्देश्यका लागि माओवादी पार्टीमा लागेका थियौँ । हाम्रा लागि सबैभन्दा गर्वको विषय हुन्थ्यो, शहादतप्राप्ति । जनताका लागि पार्टी र युद्धका पक्षमा लाग्दालाग्दै शहादत प्राप्त गर्न पाउनुलाई नै हामी आफ्नो जीवनको सफलता मान्थ्यौँ । जनयुद्धमा लाग्दालाग्दै कुनै योद्धाको मृत्यु हुन पुग्यो भने पार्टीले उसलाई शहीद घोषणा गर्थ्यो  । त्यो क्षणमा हामी आफू पनि शहीदको कोटिमा पर्न पाए हुन्थ्यो भनेर कामना गर्थ्यौं ।
खतरा देशभित्र र बाहिर दुवैतिर थियो । हातहतियार देशको एउटा भागबाट अर्को भागमा पुर्‍याउने क्रममा हामी मारिन सक्थ्यौँ । त्यस्तै, भारतमा पनि सेना–प्रहरीको कब्जामा परेर ज्यूादो नरहने सम्भावना हुन्थ्यो । तस्करहरुले नै उडाइदिन सक्थे । यो छुट्टै कुरा हो कि, सप्लाईको काम गर्दा त्यो विभागका केन्द्रका हामी कोही पनि देशबाहिर मारिएनौँ । तर, हतियार ओसारपसार गर्ने क्रममा पूर्व र पश्चिममा तल्लो तहका केही कार्यकर्ता मारिए ।
... ...
हतियारको खोजी जारी थियो । त्यसै क्रममा एउटा समूहबाट ठूलै परिमाणमा गोली पाइने सुइाको पाइयो । त्यसका लागि एउटा भारतीय कारोबारीले बिहारको गयामा बोलाउँदै भन्यो, “अकेले आइएगा । उस ग्रुप के पास एसएलआर के ३०,००० गोली हैँ । बार्डर तक ले जाने के लिए गाडी र सेक्युरिटी की इन्तजाम हम ही कर देँगे ।”
बरेलीबाट वैशाली हुादै जाने छोटी लाइनको रेलमा म गया पुगेँ । कसैलाई नलिई आउनू भनेकाले म एक्लै थिएँ  । साथमा करीब २० लाख भारू थियो । सम्पर्कस्थल भनेर उसले एउटा होटलको नाम दिएको थियो । त्यो होटल पोखरीको छेउमा रहेछ ।
उनीहरु समूहमा आइपुगे, पाँच–छ जना । म एक्लो थिएँ । उनीहरुले घुमाउरो पारामा आफूलाई हिन्दू अतिवादीका रुपमा चिनाउँदै भने, “यदि आप मुस्लिम अतिवादियोँ के विरूद्ध प्रयोग करेँगे तो ही हम ये गोली दे सकते हैँ । बाद मेँ भी देते रहेँगे । अगर, मुसलमानोँ को नहीँ मारना है तो हम नहीँ दे सकते ।”
प्रस्ताव अप्ठेरो थियो ।।।....

(सोमवार विमोचन हुन लागेको स्वर्गीय भक्ति पाण्डेको प्रकाशोन्मुख पुस्तक ‘चाचा’ को अंश । उनले माओवादी द्वन्द्वका क्रममा पार्टीको लागि हतियार पैठारीको जिम्मेवारी बहन गरेका थिए ।) आइतवार, पौष १०, २०७३ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस

toyota
ncell