Nic Asia
cocacola

साहित्य

खड्काको ‘सिमल’ सार्वजनिक

लोकान्तर संवाददाता
काठमाडौं, १७ पुस –सुष्मा खड्काद्वारा लिखित उपन्यास ‘सिमल’ सार्वजनिक भएको छ । शनिवार राजधानीमा आयोजित एक कार्यक्रमकाबीच उक्त कृति विमोचन गरिएको हो ।
राजधानीको कालिकास्थानस्थित सर्वनाम थियटरमा हास्यकलाकार तथा लेखक हरीवंश आचार्यले उक्त उपन्यास विमोचन गरेका हुन् । उनले लेखक खड्काले प्रेमको विषयवस्तुलाई अत्यन्तै मार्मिक ढंगले उपन्यासमा प्रस्तुत गरेको बताए ।

कार्यक्रममा बोल्दै पत्रकार तथा लेखक अश्वीनी कोइरालाले सिद्वान्त लेखनले युवापुस्ताको पढन संस्कृतिमा वितृष्णा पैदा गरेको बताए । ‘युवापुस्तालाई सिद्वान्त लेखनबाट मुक्त नगरेसम्म पठन संस्कृति अघि बढ्न सक्दैन,’ उनले भने । साहित्यले सरलता र आम मानिसको भावना र विषयवस्तु प्रतिविम्वित गर्नुपर्नेमा उनले जोड दिए । ‘सिमलले पाठकको साहित्यप्रतिको अभिरूची वृद्वि गर्नेछ,’ उनले थपे ।

गजलकार हरिमाया भेटवालले खड्कामा भविश्यकी एक सशक्त लेखक हुने सम्भावना औंल्याइन । उपन्यासमा लेखकको परिपक्वता झल्किएको उनको भनाई थियो । केही विषयवस्तु अनावश्यक र अप्रासङ्गिक रहे पनि उपन्यास समग्रमा पढनीय रहेको उनले बताइन ।

लेखक खड्काले उपन्यास सामाजिक प्रेमको विषयवस्तुमा आधारित रहेको प्रष्ट्याइन् । ‘उपन्यास सबै पुस्ताले उत्तिकै रूचीका साथ पढ्न सक्छन्,’ उनले भनिन् ।

सिमल खड्काको पहिलो उपन्यास हो । उपन्यास शिखा बुक्सले प्रकाशन गरेको हो । पुस्तक जिके पोखरेलले सम्पादन गरेका हुन् ।
आइतवार, पौष १७, २०७३ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस

toyota
Nepatop and Maruti
Maruti