Nic Asia
Sarbottam Cement

साहित्य

पोखरामा एकसाथ दर्जनौं कवि

पोखरामा ‘गोधुलीमा कविता’ कार्यक्रम आयोजना गरिने भएको छ । यही पुस २३ गते शनिवार पोखरामा ‘गोधुलीमा कविता’ हुने भएको हो ।

साहित्यको राजधानीसमते मानिने पोखरा हरेक महिना वाचन हुने कविता, गजल र मुक्तकले
तातेको हुन्छ ।

कवि तुलसी दिवस, मञ्जुल, अशेष मल्ल, विष्णुविभु घिमिरे, उषा शेरचन, श्यामल, किशोर पहाडी, प्रकट पंगेनी शिव लगायत दर्जनभन्दा धेरै कविले कार्यक्रममा आफ्ना कविता वाचन गर्ने भएका छन् ।

पोखरा उद्योग वाणिज्य संघ, गैह्रापाटनको सभाहलमा हुन लागेको कार्यक्रम दिउँसो तीन बजेदेखि सुरु हुनेछ । कार्यक्रमको आयोजना पोखरेली युवा सांस्कृतिक परिवारले गरेको साहित्यकार दीपक समिपले जानकारी दिए । सोमवार, पौष १८, २०७३ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस

Shivam
Nic Asia
Nepal Life insurence
ncell