Nic Asia
cocacola

साहित्य

पहिलेको गाईजात्राः अञ्चलाधीशलाई एउटा स्किृप्ट, स्टेजमा अर्को प्रहसन !


काठमाडौं २४ साउन - कुनै जमाना थियो, हास्य व्यङ्ग्य कार्यक्रम गर्न अञ्चलाधीशबाट स्किृप्ट पास गराउनु पथ्र्यो । कुनै कुनै अवस्थामा लुकेर समेत प्रहसन गर्नुपर्ने स्थिति थियो । अहिले भने समय फेरिएको छ । जनताले निर्धक्कसँग सामाजिक सञ्जालमार्फत पनि दैनिकजसो राजनीति तथा विसङ्गतिप्रति व्यङ्ग्य गरिरहेका हुन्छन् । आफूलाई चर्चित बनाएका कलाकार भने यतिबेला विदेशमा भन्दा देशभित्र नै व्यस्त छन् ।

गाईजात्रा शुरु भएसँगै हास्यकलाकारलाई भ्याइनभ्याइ भएको छ । काठमाडौंलाई आधार बनाएका धेरैजसो कलाकार आज भने निकै व्यस्त बनेका छन् । काठमाडौंका नेपाल प्रज्ञा प्रतिष्ठानमा हुन लागेको कार्यक्रमका लागि चर्चित कलाकार व्यस्त बनेका छन् । कलाकारहरु आजै प्रस्तुत हुने नाटकका लागि व्यस्त हुन थालेका छन् । ‘पहिले गाईजात्राको महत्त्व भिन्दै थियो, यसलाई कलाकारले व्यङ्ग्य गर्नेका रुपमा लिइन्थ्यो ।’ हास्य क्षेत्रमा लामो समय बिताएका हास्य कलाकार राजाराम पौडेल भन्छन्, ‘अहिले व्यङ्ग्य गर्नका लागि गाईजात्रा नै कुर्नुपर्दैन ।’

अर्का हास्य अभिनेता किरण केसीको उस्तै अनुभव छ । ‘पहिले राजनैतिक बन्देज थियो । अहिले हामीले जस्ताको तस्तै प्रस्तुत गर्न पाउँछौं,’ केसी भन्छन्, ‘पहिले राम्रो स्किृप्ट बनाएर अञ्चलाधीश कार्यालयमा बुझाउँथ्यौं, अर्को स्किृप्टमा अभिनय स्टेज प्रहसन गथ्र्यौं ।’

अहिले भने समय फेरिएको छ । धेरैजसो कलाकारले त प्रहसनका लागि धेरै तयारी पनि गर्दैनन् । व्यस्त समय हुनुले पनि धेरै अभ्यास नगर्ने कलाकारहरु बताउँछन् । केही वर्षदेखि हुँदै गरेको तीतेजिरे मेरी बास्सैले काठमाडौंको प्रज्ञा प्रतिष्ठानमा गर्ने गाईजात्रा महोत्सवलाई कलाकारले विशेष महत्त्वका रुपमा लिने गर्छन् । दीपकराज गिरीले आफ्नो चलचित्रको व्यस्तताले समय छुट्याउन हम्मे भएपनि गाईजात्रे कार्यक्रममा भाग लिन लागेको बताउँछन् ।

उनी यतिखेर चलचित्र ‘छक्का पञ्जा २’ को प्रचारमा व्यस्त भएका हुन् । त्यसो त हास्य कलाकार दीपाश्री निरौला, केदार घिमिरे र जितु नेपाल विदेशमा कार्यक्रमका लागि जाने योजना छ । उता उही टिममा काम गर्दै आएका सीताराम कट्टेल (धुुर्मुस) भने ‘नमूना नेपाल’ को परियोजनामा सुदूर पश्चिमतिर व्यस्त छन् ।

प्राय गाईजात्राको बेला प्यारोडी गीतमार्फत व्यङ्ग्य गर्ने गायक तथा संगीतकार टीका भण्डारीले हास्य कलाकारलाई धेरै अभ्यास गर्न नपर्ने बताउँछन् । ‘नेपाली कलाकारलाई धेरै लामो अभ्यासको खाँचो नै छैन,’ टीकाले जिस्किँदै सुनाउँछन्, ‘उहाँहरुसँग एकैछिनमा आफ्नो प्रहसन तयार पार्ने क्षमता छ ।’

त्यसो त कतिपय कलाकार आज साँझ साढे पाँच बजे देखाउने प्रहसनका लागि अहिले पनि प्रज्ञा परिसरमा अभ्यास गरिरहेका छन् । हास्य कलाकार दमन रुपाखेतीले हिजोसम्म स्किृप्टको तयार नभएको बताएका थिए । ‘समूहमा बसेर छलफल गर्दैछौं । समयको व्यस्तताले केही ढिला भयो ।’, दमन सुनाउँछन् ।

चर्चित हास्य जोडी हरिवंश आचार्य र मदनकृष्ण श्रेष्ठ भने व्यङ्ग्यमा त्यति सक्रिय देखिँदैनन् । प्रायः कार्यक्रममा अतिथिको भूमिकामै देखिन थालेका छन् । अहिले भने महजोडी व्यङ्ग्यमा भन्दा बरु साहित्यमा सक्रिय देखिन थालेका छन् ।

यद्यपि यसपटकको गाईजात्रा कार्यक्रममा महजोडीको व्यस्तता भने बढेकै छ । विभिन्न कार्यक्रमबाट आउने निमन्त्रणाले पनि हरिवंश र मदनकृष्णलाई व्यस्त बनाउने गरेको हो ।

तस्वीरः माथिल्लो किरण केसीको फेसबुकबाट मंगलवार, श्रावण २४, २०७४ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस

toyota
Nepatop and Maruti
Maruti

ताजा समाचार