Nic Asia
cocacola

साहित्य

‘शहीदको रगत’ ल्याएर आए पूर्व अञ्चलाधीश सूव सेन


काठमाडौं २६ साउन– पूर्व प्रशासक सूव सेनको इतिहास नाटक पुस्तक ‘शहीदको रगत’ बिहीवार सार्वजनिक भएको छ । काठमाडौंमा आयोजित एक समारोहमा नाटककार अशेष मल्ल, डा देवी सुवेदी र इतिहासविद् अरविन्द्र रिमालले पुष्तक विमोचन गरेका हुन् ।

पुस्तकमाथि समीक्षा गर्दै रिमालले सूव सेनले नेपालको ज्युँदो इतिहासलाई कितावमा उतोको बताए । उनले देश प्रेम भएका सबैले यो किताव बढ्नु पर्ने बताए । सुवेदीले राणाकालीन समयको चित्र पुस्तकमा समेटिएको बताए ।

मल्लले ५० बर्षपछि पनि नेपालको भावी सन्ततीलाई इतिहास बुझ्न मद्दत पुग्ने विश्वास गरे । विसं २००७ सालको क्रान्तिको पुष्ठभूमि समेटिएको किताव पढ्दा रौं ठाडो हुने मल्लले बताए ।

लेखक सूव सेनले चुनावमा बुथ क्याप्चर गर्दा मरेका कार्यकर्तालाई समेत शहीद घोष्गाणा गर्ने प्रतिष्पर्धा चलिरहेको समयमा मुलुकमा प्रजातन्त्र ल्याउने शहीदको स्मरणमा पुस्तक लेखेको बताए ।

कार्यक्रममा गुल्मेली समाजका महासचिव एवं पत्रकार टंक पन्तले इतिहास बुझ्नको लागि पुस्तक उपयोगी हुने बताए । बिहिवार, श्रावण २६, २०७४ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस

toyota
Nepatop and Maruti
Maruti