Nic Asia
cocacola

साहित्य

राष्ट्रकवि घिमिरेलाई प्याब्सन गौरव साहित्य सम्मान गरिने

काठमाडौं, २६ साउन — राष्ट्रकवि माधवप्रसाद घिमिरेलाई प्याब्सन गौरव साहित्य सम्मान प्रदान गरिने भएको छ ।


निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) ले नेपाली भाषा साहित्यमा अतुलनीय योगदान पु–याएको भन्दै कवि घिमिरेलाई उक्त सम्मान प्रदान गर्न लागेको हो ।

प्याब्सन केन्द्रीय सचिवालयको निर्णयअनुसार कवि घिमिरेलाई साउन २८ गते विशेष कार्यक्रम आयोजना गरी विशेष सम्मान गर्न लागिएको हो ।

उक्त अवसरमा मूर्धन्य कवि तथा साहित्यकारको उपस्थिति हुने कार्यक्रमका उपसंयोजक साहित्यकार देवी घिमिरेले जानकारी दिए । घिमिरेका अनुसार सम्मान कार्यक्रमलाई पृथक् र अविस्मरणीय बनाउन तयारी तीव्र बनाइएको छ । बिहिवार, श्रावण २६, २०७४ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस

toyota
Nepatop and Maruti
Maruti