ambe

साहित्य

प्रभावशाली क्यानाडेली कवि लेनर्ड कोहेनको निधन

काठमाडौं, २६ कात्तिक — अत्यन्तै प्रभावशाली कवि, गीतकार तथा गायक लेनर्ड कोहेनको ८२ वर्षको उमेरमा निधन भएको छ ।
leonard-cohen
पाँच दशकदेखि काव्य सृजनामा लागेका कोहेनको निधनलाई उनको फेसबूक पेजमा सोनी म्युजिक क्यानाडाले पुष्टि गरेको हो ।
केही समयअघि धेरै सांगीतिक भ्रमण गरेका यी गायकको स्वास्थ्य बिग्रिएको थियो ।
सन् १९६० को दशकमा ठूलो प्रभाव जमाउने सीमित गायक गीतकारमा कोहेनको नाम पनि लिइन्थ्यो । नोबेलविजेता गायक कवि बब डिलन मात्र उनीभन्दा बढी प्रभावशाली थिए ।
कोहेनको स्वर पनि सुमधुर थियो । उनका गीतहरूमा प्रेम र घृणा, यौन र अध्यात्म, युद्ध र शान्ति, उल्लास र अवसाद सबै भेटिन्थे ।
सन् १९३५ मा क्यानाडाको क्युबेक प्रान्तको वेस्टमाउन्टमा जन्मिएका कोहेनले किशोर वयमै गितार सिकेर एउटा सांगीतिक ब्यान्ड समेत बनाएका थिए । पछि उनी कवितालेखनतर्फ आकर्षित भए ।
उनका फ्लावर्स फर हिटलर, बूक अफ लन्गिङ जस्ता कविता संग्रह, द फेवरेट गेम, ब्युटिफुल लुजर्स जस्ता उपन्यास अनि सङ्स अफ लभ एन्ड हेट जस्ता सांगीतिक एल्बम सार्वजनिक भएका छन् ।
रोलिङ स्टोन
बिहिवार, मंसिर १६, २०७३ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस

Shivam