Nic Asia
Sarbottam Cement

साहित्य

निश्चलको सिसिफस जीवन गजल सङ्ग्रहको लोकार्पण

काठमाडौं, १ पुस – गजलकार निश्चल पिएस लिम्बुको गजल सङ्ग्रह सिसिफस जीवनको लोकार्पण भएको छ ।
कवि रमेश पौडेलको अध्यक्षता सञ्चालन भएको उक्त कार्यक्रममा उपकुलपति विष्णुविभु घिमिरेले पुस्तकको लोकार्पण गरेका थिए ।
कार्यक्रममा सार्क महासचिव अर्जुन बहादुर थापा, सांसद मोहम्बद जाकिर हुसेन लगायतले बोलेको थिए ।
साथै गजलकार घनश्याम परिश्रमीले नेपाली गजलको राम्रो विस्तार भएको धारणा व्यक्त गरेका थिए । कार्यक्रम विश्व नेपाली साहित्य महासंघको आयोजनामा काठमाडौंको प्रज्ञा प्रतिष्ठानमा सम्पन्न भएको थियो ।
शुक्रवार, पौष १, २०७३ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस

Shivam
Nic Asia
Nepal Life insurence
ncell