Ruslan
Tata /sipradi
Nic Asia

साहित्य

नीलमशेखरको कृति विमोचन

साहित्यकार रघुनाथ अधिकारी ‘नीलमशेखर’को कृति मध्ययुगकी महतारी चन्द्रवताको एक कार्यक्रमबीच विमोचन भएको छ ।

काठमाडौंमा शनिबार भएको कार्यक्रममा नेपाल प्रज्ञा प्रतिष्ठानका सदस्य सचिव जिवेन्द्र देव गिरीले पुस्तकको विमोचन गरेका थिए । कार्यक्रममा त्रिविकी उपप्राध्यापक रजनी ढकाल र लेखक तोयानाथ भट्टाराईले पुस्तकमाथि चर्चा गरेका थिए ।
कार्यक्रममा बोल्दै ढकालले हरेक आमाका लागि यो पुस्तक महत्वपूर्ण उपहार भएको बताइन् ।
लेखक नीलमशेखरले आफ्नो कृतिमार्फत पुराना परिवेशका घटनालाई आमाको माध्यमबाट कृतिमा उर्तान खोजेको बताए ।
तेह्रथुम खाल्ले धरमपुर प्रतिभा पुरस्कार कोषले आयोजना गरेको उक्त कार्यक्रममा ०७२ सालको प्रवेशिका परीक्षामा उत्कृष्ट अंक ल्याएका विद्यार्थीलाई पुरस्कृत पनि गरिएको थियो ।
आइतवार, पौष ३, २०७३ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस

ncell
Shivam