यी हुन तेस्रो विश्वयुद्धमा प्रयोग हुने डरलाग्दा १० मिसाइल !

काठमाडौं - सिरियामा आणविक आक्रमण गरेको अमेरिकाले अघिल्लो हप्ता अफगानस्तानमा आइएसआइएसको अड्डामा आणविक आक्रमण गर्यो । हेर्दा लाग्छ, अमेरिका र उत्तर कोरिया तेस्रो विश्व युद्ध गर्न तयारी अवस्थामा रहेका छन् ।

अमेरिकालेनै सन् १९४५ मा जापानको हिरोसिमामा पहिलो आणविक बम खसालेको थियो । सोही कारणले अमेरिका र रसियाका बीचमा लामो शीत युद्ध भयो ।

यदि तेस्रो विश्व युद्ध भयो भने पक्कै पनि आणविक बमहरु पड्कने छन् । विश्वका १० शक्तिशालि आणविक हतियारको बारेमा जानकारी राख्नु उपयुक्त हुन्छ ।

यहाँ शक्तिको हिसावले १० औं बाट एक नम्बर तर्फको क्रममा बमको जानकारी दिइएको छ ।

फ्रान्सको M51 – SLBM

फ्रान्स आणविक हतियारको हिसावले विश्वमा तेस्रो स्थानमा रहेको अनुमान गरिन्छ । अमेरिका र रसियापछि फ्रान्ससँग आणविक हतियार रहेका छन् । एम ५१—एसएलविएम फ्रान्सले प्रयोग गर्ने पहिलो आणविक बम हुने छ । उक्त मिसाइलले दश हजार किलोमिटर टाढा बम हान्न सक्छ ।

चीनको DF-31/31A – ICBM

सन् २००६ मा बनेको यो मिसाइलले ११ हजार किलोमिटर टाढा बम हान्न सक्छ । पहिले ८ हजार किलोमिटर मात्रै हान्न सक्ने गरि बनाइएको यो बमलाई पछि इप्रुभ गरिएको थियो ।

रसियाको RT-2UTTKh Topol-M – ICBM

यो मिसाइल एकै पटक ध्वस्त पार्न सक्ने मिसाइल हो । यसभित्र ६ वटा आणविक बम रहेका छन् । यो सन् १९९७ मा बनेको आणविक बम हो । यसलाई एसएस २७ पनि भनिन्छ ।

रसियाकै RS-24 Yars – ICBM

अमेरिकासँग गतिलो सम्बन्ध नभएको रसियामा थुप्रै मिसाइल छन् । पूर्वी युरोपलाई काउन्टर दिनको लागि यो बनाइएको थियो । यो एसएस २७ सँग् पनि सम्बन्धित रहेको छ । यसले आणविक बम बोक्न सक्छ । तर यसले मिसाइल हान्ने बेलामा दिशा परिवर्तन गरेर हान्न सक्छ ।

अमेरिकाको LGM-30G Minuteman III

यो अमेरिकाको शक्तिशाली बम हो । यसले हजारौं किलोमिटर टाढा सम्म बम हान्न सक्छ ।

रसियाकै RSM-56 Bulava – SLBM

यो रसियन न्याभीको एउटा पार्ट हो । र यो भर्खरै उक्त गु्रपमा समावेश भएको छ ।

रसियाकै R29RMU2 Layner – SLBM
यो रसियाको लेटेस्ट मिसाइल हो । यसले ११ हजार किलोमिटर टाढा हान्न सक्छ भने यसमा १२ वटा मिसाइल हटाउन सक्छन्

अमेरिका र युकेको UGM-133 Trident II – SLBM
यो फुल क्यापासिटीको एटम बम हो । यसले ७८ सय देखि ११ हजार किलोमिटर टाढा सम्म बम हान्न सक्छ ।

चीनको DF-5/5A – ICBM

यो चाइनाको सबैभन्दा शक्तिशाली एटम हो । यसले १२ हजार किलोमिटर भन्दा टाढा पनि बम हान्न सक्छ ।

रसियाकै R-36M2 – ICBM
तीब्र गतीमा ११ हजार किलोमिटर भन्दा टाढा सम्म हान्न सक्ने यो शक्तिशालि बम हो । यो बम संसारकै शक्तिशालि भन्दा पनि फरक पर्दैन् । यसले प्रतिसेकेन्ड ८ किलोमिटर दुरी पार गरेर बम हान्न सक्छ ।






बैशाख ५, २०७४ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस