सबै जिल्लाको नमुना मतपत्र सार्वजनिक, हेर्नुस् तपाइँको जिल्लाको कस्तो छ ?

बैशाख ६, २०७४

काठमाडौं, ६ चैत्र-  निर्वाचन आयोगले मुलुकका ७५ जिल्लाका लागि छपाइ भएको मतपत्रको नमुनासमेत वेवसाइटमा राखेको छ । स्थानीय तहको निर्वाचनका लागि आयोगले छ आकारको मतपत्र छपाइ गरेको छ ।

मतपत्रको शीर्ष भागमा व्यवस्थापिका–संसद्मा प्रतिनिधित्व गर्ने राजनीतिक दलका चुनाव चिह्न क्रमसङ्ख्या अनुसार पहिलो लहरमा रहनेछन् भने त्यसपछि स्वतन्त्र उम्मेदवारका निर्वाचन चिह्न रहेका छन् । मुलुकमा चार महानगरपालिका, १३ उपमहानगरपालिका, २४६ नगरपालिका र ४८१ गाउँपालिका गरी ७४४ स्थानका लागि निर्वाचन हुन लागेको हो ।

यो निर्वाचनबाट १३ हजार ३६० महिला उम्मेदवार निर्वाचित हुनेछन् भने छ हजार ६८० वडाबाट एक–एक जना दलित महिला पनि चुनिनेछन् । स्थानीय तहको निर्वाचनबाट मुलुकभर ३६ हजार ६३९ जना निर्वाचित हुने आयोगले जनाएको छ । रासस

जिल्लागत मतपत्रको ढांचा हेर्न यहाँ क्लिक गर्नुहोस्
ADVERTISEMENT

बैशाख ६, २०७४ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा समाचार