×

NMB BANK
NIC ASIA

अभिनेत्री झरनाको दोहोरो भूमिका !

कात्तिक २०, २०७४

NTC
Sarbottam
Premier Steels
Marvel
नेपाली चलचित्रमा महिला निर्देशकले पनि चलचित्र क्षेत्रमा आफ्नो पकड बनाउन खोजिरहेका छन् । कुनै समय नेपाली चलचित्रमा महिलालाई अभिनयमा जानुलाई राम्रो मानिदैनथ्यो । तर, अहिले समाजको आँखाले बिल्कुलै फरक खालको धार खोज्दैछ ।

स्कुलका कार्यक्रममा नाच्ने डान्सरबाट अभिनयमा होमिएकी अभिनेत्री झरना थापा यो वर्ष चलचित्र ‘ए मेरो हजुर २’ बाट निर्देशनमा डेब्यु गर्दैछिन् । उनको पहिलो निर्देशकीय चलचित्र आउँदो भदौदेखि प्रदर्शनमा आउँदैछ । रिलिजअघि नै यसको गीत र कोरियोग्राफीका कारण चर्चामा रहेको चलचित्र ‘ए मेरो हजुर २’ ले उनलाई कुशल निर्देशकका रुपमा उभ्याउँछ कि उभ्याउँदैन, त्यो समयले नै बताउला ।

प्राय होम प्रोजेक्टका फिल्ममा काम गरिरहेकी थापा चलचित्र ‘ए मेरो हजुर’ मा अभिनेत्रीका रुपमा थिइन् । स्वर्गीय शिव रेग्मी निर्देशित चलचित्रमा उनको अभिनयले त्यतिबेला राम्रै चर्चा बटुलेको थियो । अहिले उनी सोही नामको चलचित्रमा पर्दा पछाडि रहेर काम गर्दैछिन् ।

‘अभिनय गर्दा निर्देशकले दिएको कामलाई जस्ताको तस्तै पर्दामा उतारे हुन्छ तर निर्देशन गर्दा पूरै टिमको जिम्मा लिनुपर्छ । सबै पात्रको फिल आफूले पनि बुझ्नुपर्छ,’ झरना भन्छिन्, ‘तर, फिल्म निर्देशन गर्ने पहिलेदेखिको सपना थियो ।’

‘कलाकारलाई कलाकारिता छोडेर कतै जान मन लाग्दैन, म पनि कलाकार हुँ ।’ उनी आफ्नो छोटो कपाल मिलाउँदै भन्छिन्, ‘अनुभव बटुल्दै जाँदा कलाकारले निर्देशन तथा फिल्म निर्माण गर्ने गरेको उदाहरण हलिउड तथा बलिउडमा पनि छ ।’

‘के चलचित्रले छक्का पञ्जाको रेकर्ड तोड्ला?’ लोकान्तरको प्रश्नमा उनले बीचैमा कुरा काट्दै भन्छिन्, ‘मैले प्रतिस्पर्धा गरेकी होइन, निर्देशन गरेकी हुँ । दर्शकको साथ पाए रेकर्ड तोड्न पनि सक्छ ।’, उनी आफ्नो चलचित्र राम्रो बनेकोप्रति ढुक्क छिन् ।
कुनै जमाना थियो, झरना थापालाई दर्शकले खुबै रुचाउँथे । यसो भनिरहँदा उनी लामो हाँसो हाँस्दै सुनाउँछिन्, ‘दर्शकले अहिले पनि रुचाउनुहुन्छ नि, फेसबुकमा कमेन्ट हेर्नुहुन्न हो?’ (फेरि लामो हाँसो)

आफ्नो अभिनय क्षेत्रको दशकौं लामो यात्रामा ‘ए मेरो हजुर’ ले उनलाई चलचित्र क्षेत्रमा आफूलाई स्थापित गर्छु भनेर उनलाई बाटो दिएको थियो । त्यसैले पनि उनले आफ्नो लभस्टोरी कथाको शीर्षक ‘ए मेरो हजुर २’ जुराइन् ।
चलचित्रको कथा कस्तो छ? ‘अँ, लभस्टोरी हो । अरु फिल्म हेरेपछि नै ।’ उनले हाँस्दै सुनाइन् ।

ड्रिम्स अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाह र नव नायक सलिन मान बानिया लगायतका कलाकारले आकर्षक अभिनय गरेको बताउँछिन् झरना । ‘हामीले खोजेको जस्तो फिल्म बनेको छ । कलाकारले पनि फिल्मका लागि धेरै दुख गरेका छन् ।’ उनी भन्छिन्, ‘सबै कलाकारहरु मेरो लागि बराबर हुन् । सबैले कलाकारले राम्रो अभिनय गरेका छन् ।’

क्याम्पस पढ्दा आफूले खुबै राम्रो नाच्ने गरेको उनी सम्झिन्छिन् । ‘पिके कलेजमा हामीले डान्स पढ्थ्यौं । स्कुलका विशेष कार्यक्रममा तत्कालीन रानी ऐश्वर्या आउनुहुन्थ्यो ।’ उनी सुनाउँछिन्, ‘ऐश्वर्याको हातबाट सम्मान पाउँदा धेरै रमाइलो लाग्थ्यो, त्यसपछि नृत्यबाट विस्तारै अभिनयामा प्रवेश गरे ।’

नाच्दानाच्दै उनी अभिनय क्षेत्रमा छिरिन् । साथीहरुले उनलाई राम्री छेस्, फिल्म खेल् भनिदिन्थे । उनी मख्ख पर्थिन् । बेजोडको हाँसो हाँस्दै उनी सुनाउँछिन्, ‘कहिलेकाहीं त हो कि झैं पनि लाग्थ्यो ।’

कलेजमै उनको भेट निर्माता सुनिल कुमार थापासँग भयो । सुनिल त्यतिबेला फिल्म बनाउने योजनामा थिए । झरनासँगको भेट भयो । कुरा मिल्यो । ‘त्यति बेला जातको खाडल अझै गहिरो थियो । मेरो परिवारबाट बिहे स्वीकार्य भएन । हामीले भागी बिहे ग¥यौं ।’ झरना भन्छिन्, ‘सुनिल जीको सहयोग मैले सधै उस्तै पाएकी छु । म नायिका, निर्देशक छु भने उहाँको सहयोगले छु ।’

सत्र वर्षमै बिहे गरेकी झरनाको अहिले अठार वर्षकी छोरी छिन् । छोरी भने अभिनय गर्नमा रुचि देखाएकी छैनिन् । ‘छोरीको फिल्मप्रति कुनै रुचि छैन । यदि कुनै दिन रुचि देखाइ भने नायिका बन्न पनि सक्छे ।’ आफ्नी छोरीको प्रशंसा गर्दै भन्छिन्, ‘मेरो खुन हो, एक्टिङको भूत त उसमा पनि छ होला नि । तर अलिक व्यवसायिक टाइपके छे । निर्माणमा रमाउँछे ।’

आफूले राम्रो सिनेमा निर्माण गरेकोमा दर्शकलाई विश्वास भइसकेको बताउँछिन् झरना । ‘जसरी मैले बीसौं वर्षसम्म दर्शकको मन जित्न सकें, त्यही विश्वासले नै दर्शकले मेरो निर्देशकको मूल्यांकन गर्नुभएको छ ।’ उनी भन्छिन्, ‘निर्देशक भएर पनि यो केटीले राम्रो गरेकी छे भन्ने उहाँहरुलाई विश्वास छ ।’

उनको निर्देशकीय क्षमता भदौमा दर्शकले देख्न पाउनेछन् । यद्यपि चलचित्र ‘फ्लप’ भइहाल्यो भने पनि उनी आफ्नो निर्देशन यात्रालाई भने ब्रेक गर्ने पक्षमा छैनिन् । दशकौंपछिको चलचित्र क्षेत्रले आफ्नै लय समाइसकेको परिवेशमा उनले अहिलेको ट्रेन्डलाई नै आफ्नो चलचित्रमा विषय बनाएको बताउँछिन् ।

केही कमजोरीलाई सच्याउँदै अर्को फिल्मको निर्देशन गर्ने सोचमा रहेकी झरनाले आउँदो दशैंपछि अर्को चलचित्रको निर्देशन गर्ने योजना बनाइसकेको बताउँछिन्, ‘चलचित्र रिलिज नहुँदै अर्को चलचित्र निर्देशनको अफर आएको छ, तर पक्का भइसकेको छैन ।’ उनी भन्छिन्, ‘अभिनयलाई माया मारेको होइन, निर्देशनसँगै आफू सुहाउँदो भूमिका आयो भने चलचित्रमा पक्कै पनि अभिनय गर्नेछु ।’

Muktinath Bank

Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

Advertisment
Nabil box
Kumari
Vianet communication
Laxmi Bank
hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर ९, २०८०

बलिउडमा कलाकारको पारिश्रमिकलाई लिएर निकै चर्चा हुन्छ । विशेषगरी चलचित्रका स्टारहरूको पारिश्रमिकबारे सञ्चारमाध्यममा प्रशस्त समाचार बन्छन् ।  नेपालमा पनि बेलाबेलामा चलचित्रका स्टार कलाकारहरूको पारिश्रम...

पुस २, २०८०

‘यो मेरो पिरती’ बोलको लोकदोहोरी गीत गाउँदै कमला मगरले गायनमा डेब्यु गरेकी छन् ।  अहिलेका चर्चित गायक खेम सेञ्चुरीसँग उनले यो गीतमा स्वर दिएकी हुन् । रमेश परियारको शब्द एवं संगीत, कृ...

पुस १६, २०८०

युवा लोकगायक अर्जुन सापकोटाले दाङको हापुरे महोत्सवमा दर्शक झुमाएका छन् । आइतवार मुख्य आकर्षणका रुपमा उपस्थित उनले आफ्ना चर्चित गीतहरू प्रस्तुत गरे ।  ‘हावा चिसो चिसो’, ‘पानी परेको...

कात्तिक २७, २०८०

गायक श्रीधर अधिकारीको नयाँ लोकदोहोरी गीत सार्वजनिक भएको छ ।  तिहारको अवसर पारेर सार्वजनिक ‘बाडुल्की ला होला...’बोलको गीतमा उनलाई शान्तिश्री परियारले गायनमा साथ दिएकी छन् । ​ बा...

कात्तिक १९, २०८०

साङ्गीतिक क्षेत्रमा छोटो समयमै नाम र दाम दुवै कमाएकी गायिकामा पर्छिन् रचना रिमाल । करिअर सुरु गरेको ३ वर्षको अवधिमै उनले १२ सय हाराहारी गीतमा स्वर दिइसकेकी छन् ।  थुप्रै देशमा पुगेर आफ्नो स्वर गुञ्जाइस...

पुस २७, २०८०

ओमनको साङ्गीतिक कार्यक्रम सकेर फर्किएकी गायिका रचना रिमाल देशभित्रका मेला–महोत्सवमा व्यस्त हुन थालेकी छिन् ।  विदेशको कार्यक्रम सकेर फर्किएसँगै केही गीत रेकर्ड गराएकी उनी फेरि महोत्सवमा पुग्न थालेकी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x