×

NMB BANK
NIC ASIA

४८ लाख नेपालीको गोप्य विवरण विदेशी कम्पनीसँग सुरक्षित !

कात्तिक २०, २०७४

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं, १७ बैशाख–नेपाली नागरिकले प्रयोग गर्ने मेसिन रिडेबल पासपोर्ट (एमआरपी) को सम्पूर्ण व्यक्तिगत विवरण (डाटा)विदेशीको हातमा पुग्ने गरेको पाइएको छ । आफ्ना नागरिकको विवरण आफैंले सुरक्षित राख्नुपर्ने भएपनि सरकारको कमजोरी र उदासिनताले विदेशी कम्पनीको हातमा पुगेको हो ।

अन्तराष्ट्रिय उड्यन प्राधिकरण (आइकाओ) ले हस्तलिखित पासपोर्टमा बन्देज लगाउने भएसँगै सरकारले फ्रान्सको ओबरथर कम्पनीलाई एमआरपी छाप्ने जिम्मा दिएको थियो ।

सरकारले सन् २०१० को अगस्ट २७ तारिखमा ओबरथर कम्पनीलाई गत नोभेम्बर २४ तारिख अर्थात ५ वर्षसम्म एमआरपी छाप्ने टेण्डर दिएको हो । त्यसयता नेपालले जारी गर्ने सबै एमआरपी फ्रान्सको ओबरथर कम्पनीमै बन्ने गरेको छ । नेपाल ल्याएर व्यक्तिगत विवरण मात्रै भरिन्छ । जसका कारण नेपालले जारी गरेका हरेक पासपोर्टको डाटा नेपाल सरकारसँग नभएर फ्रान्सको ओबरथर कम्पनीसँगमात्र रहने गरेको हो ।

सन् २०१५ को नोभेम्बरदेखि हस्तलिखित पासपोर्टलाई अन्तराष्ट्रिय उड्यन प्राधिकरण (आइकाओ) ले प्रतिबन्ध लगाउने निर्णय गर्दै त्यसअघि नै विश्वका हस्तलिखित पासपोर्ट प्रयोग हुने देशहरुलाई आइकाओले एमआरपी प्रचलचनमा ल्याउन निर्देशन दिएको थियो । सोहि बमोजिम सरकारले सुरक्षा संवेदनशिलतालाई नजर अन्दाज गर्दै २०१० को अगस्ट २७ तारिखमा एमआरपी छाप्ने जिम्मा विदेशी कम्पनीलाई दिएको थिये ।

४८ लाखको डाटा विदेशी कम्पनीसँग

आइकाओको निर्णय अनुसार अहिले विश्वभरबाट हस्तलिखित राहदानी विस्थापित गरी एमआरपी अनिवार्य लागू भएको छ । यहि प्रावधान अनुसार, नेपालले पनि विगत ६ वर्षमा ४८ लाख भन्दा बढी एमआरपी राहदानी वितरण गरिसकेको छ ।

एमआरपी अध्ययन संसदीय कार्यदलका सदस्य सांसद भरत खड्काका अनुसार एमआरपी बाहक नागरिकको कुनै पनि डाटा नेपालसँग छैन । एमआरपी जस्तो महत्वपूर्ण र संवेदनशील कुराको नेपालसँगै कुनैपनि टाडा नहुनु गम्भीर कुरा भएको उनको भनाई छ ।

संसदीय समितिको निर्देशन अलपत्र

एमआरपी छाप्ने जिम्मा पाएको ओवरथर्ड कम्पनीले नेपाललाई कुनै पनि डाटा उपलब्ध गराएको छैन । सो कुरा खुल्न आएपछि संसदको अन्र्तराष्ट्रिय समितिले एमआरपी अध्ययन कार्यदलका गठन गरेको थियो ।

सांसद श्याम श्रेष्ठको संयोजकत्वमा गठिन कार्यदलले नेपाली एमआरपीको डाटा नेपाल सरकारसंग ल्याउन सरकार र परराष्ट्र मन्त्रालयलाई निर्देशन दिएको थियो । तर, संसदीय समितिको निर्देशन अझै कार्यान्वयनमा आएको छैन ।

उल्टै, ओवरथरसंग दुई वर्ष सम्झौता थप गरी थपिएको समयमा डाटा दिने नयां सम्झौता भएको छ । यसरी डाटा सरकारमातहत ल्याउनुको साटो उल्टै म्याद थप गर्नु गम्भिर त्रुटि भएको संसदीइ समितिको निश्कर्ष छ ।

विबरण सुरक्षित रहेको विभागको दावी

सरकार र संसदीय समितिले करिब ४५ लाख नेपालीको एमआरपी विवरण सरकारको मातहत नरहेको स्पस्ट पारेपनि राहदानी विभागले भने सबै विवरण आफूसँगै रहेको दाबी गर्छ । विभागका सूचना अधिकारी प्रकाशमणि पौडेलसबै विवरण आफुहरुसँगै रहेको दाबी गरे ।


सन् २०१० अगस्ट २७ मा सरकार र फ्रान्सको ओबरथर टेक्नोलोजी कम्पनीबीच एमआरपी आपूर्ति र पर्सनलाइजेसन गर्ने सम्झौता भएको थियो । सुरुमा भारतीय कम्पनीलाई एमआरपी छपाइको जिम्मा दिन लागिएकोमा संसदको लेखा समितिको निर्देशनपछि सरकार पछि हटेको थियो । सुरुमा ४ वर्षको लागि भएको सम्झौताको म्याद थप गरि ६ वर्ष पु¥याइएको छ । यो अबधीमा पनि नेपालीको डाटा सरकारसंग आउन सकेको छैन ।

नक्कली एमआरपी छुट्याउन कठिन

यहि डाटा सरकारसँग नभएकै कारण नक्कली एमआरपी बाहक पनि सहजै नेपालको विमानस्थलबाट उम्कने गरेको घटनापनि बेलाबखत आइरहन्छ । यसो त सवारी चालक अनुमति पत्रलाई विद्युतीय कार्डबाट विस्थापित गर्दै लैजान ‘स्मार्ट लाइसेन्स’ वितरण गर्न थालेको सरकारले त्यससम्बन्धी सम्पूर्ण डाटा समेत भारतीय कम्पनीलाई सुम्पिन खाजेको खुलासा भएको थियो ।

तर त्यसविरुद्ध रिट परेपछि साताअघि सर्वोच्च अदालतले सवारी अनुमतिपत्रलाई डिजिटल बनाउँदा नेपाली नागरिकको व्यक्तिगत विवरण विदेशीको हातमा पुग्ने र त्यसले सुरक्षा संवेदनशीलतामा असर पर्ने भन्दै नेपाल भित्रै नेपाल सरकारको नियन्त्रणमा डाटा स्टोर हुने र विदेशीको हातमा नजाने गरि व्यवस्था गर्न आदेश दिएको छ ।

एकपछि अर्को गर्दै सरकारले देशको सुरक्षा संवेदनशीलतासँग जोडिएको विषयमा गम्भीर अध्ययन नगरी मनपरि निर्णय गर्दा नेपालीको व्यक्तीगत विबरण विदेशी कम्पनीसँग पुग्ने गरेको छ ।

Muktinath Bank

Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

Advertisment
Nabil box
Kumari
Vianet communication
Laxmi Bank
hAMROPATRO BELOW NEWS
TATA Below
पुस २०, २०८०

मकवानपुरको साबिक हर्नामाडी गाविसका रुद्रप्रसाद खतिवडाले २०८० साल कात्तिक २३ गते यातायात कार्यालय चितवनबाट 'ए' र 'बी' वर्ग (मोटरसाइकल, स्कूटर कार, जीप, भ्यान)को लाइसेन्स नवीकरण गराएका छन्...

मंसिर १८, २०८०

प्रत्येक भाषणमा पारदर्शिता र सुशासनको गफ लगाउने प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो सचिवालयलाई निकै जम्बो बनाएको पाइएको छ । परिवारका सदस्यदेखि आफूनिकटका व्यक्ति समेत झन्डै ३ दर्जन बढीलाई निय...

चैत ७, २०८०

पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माण अनियमितता प्रकरणमा समेत अर्थमन्त्री वर्षमान पुनको भूमिका शंकास्पद देखिएको छ । २०६८ सालमा अर्थमन्त्री रहेका बेला पुनले प्रचलित कानून, विधि र मापदण्डविपरीत विमानस्थल ...

पुस २, २०८०

कार्यक्रम : राष्ट्रपति, उपराष्ट्रपतिसहित भीभीआईपीहरूको लर्को लागेको एउटा भव्य विवाह समारोह । ​ मिति : २०८० साल, मंसिर २९ गते, शुक्रवार​ स्थान : गोकर्ण रिसोर्ट, काठमाडौं । (पाँच तारे स्तरको डिलक्स रिसोर्ट) ...

पुस २६, २०८०

यातायात व्यवस्था विभागका महानिर्देशक उद्धवप्रसाद रिजालसहितको टोली सवारी चालक अनुमति पत्र (लाइसेन्स)मा प्रयोग हुँदै आएको स्मार्ट कार्डको गुणस्तर अनुगमनका लागि भन्दै जर्मनी जान लागेका छन् । टोलीमा विभा...

मंसिर ५, २०८०

संसदीय लोकतन्त्रलाई आदर्श मान्ने नेपाली कांग्रेसका सभापति एवं संसदीय दलका नेता शेरबहादुर देउवादेखि नयाँ दलको रूपमा उदाएको रास्वपाका सांसद स्वर्णिम वाग्ले तथा शिशिर खनालसम्मले महिनामा एकदिन पनि हाजिरी नग...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x