×

NMB BANK
NIC ASIA

अचम्म भो ! यही जीवनमा अर्को जुनी पाएँ : माधवप्रसाद घिमिरे

कात्तिक २०, २०७४

NTC
Sarbottam
Premier Steels
Marvel
आइतवार राति सामाजिक सञ्जालमा एकाएक राष्ट्रकवि माधवप्रसाद घिमिरेको निधनको हल्ला फैलियो । दश मिनेटमै उक्त खबर सामाजिक सञ्जालबाटै भाइरल भयो ।

गृहमन्त्री विमलेन्द्र निधिसमेतले घिमिरेप्रति श्रद्धाञ्जली लेखेपछि आशंका थपिने नै भयो । तर सामाजिक सञ्जालमा भएको त्यो सनसनीपूर्ण हल्लाबारे राष्ट्रकवि स्वयं भने बेखबर थिए । सोमवार बिहान उठेपछि मात्र घिमिरेले हल्लाबारे जानकारी पाए ।

सोमवार मध्याह्न लैनचौरस्थित निवासका पुग्दा राष्ट्रकवि घिमिरे शुभेच्छुकहरूसँग भलाकुसारी गरिरहेका थिए । आइतवार अबेला फैलिएको अफवाहका कारण शुभेच्छुक र साहित्यकारहरू राष्ट्रकवि घिमिरेको अवस्था बुझ्न निवासमै पुगेका थिए ।

***

बिहान उठ्नासाथ राष्ट्रकविकी धर्मपत्नीले मुस्कुराउँदै कविलाई सुनाइन् – ‘हजुरको आयु बढ्यो !’

एकछिन कवि अलमल्ल परे । तर परिवारले हिजो रातिको सम्पूर्ण घटना सुनाएपछि चाहिँ उनी आश्चर्यमा परे । घिमिरे यो घटनालाई जिन्दगीकै अविस्मरणीय घटनाका रूपमा लिन्छन् ।

‘बिहान उठ्दा आफैं मरेको खबरले खलबल पार्नु मेरा लागि नौलो कुरा हो,’ कवि घिमिरेले सोमवार मध्याह्न आफ्नै निवासमा लोकान्तरसँग भने, ‘साहित्य लेखेकै आधारमा मैले यति धेरै श्रद्धा पाएको रहेछु भन्ने कुराको बोध भयो । म आश्चर्यमा परें ।’

छेउमा उभिएका उनका छोरा राजीव घिमिरेले थपे, ‘हामीले त बुवालाई बिहान उठेर सुनाएका थियौं । उहाँले दुःख मान्नुभएन ।’

घिमिरेले उमेरको शताब्दी पूरा गर्न अब डेढ वर्ष बाँकी छ । राष्ट्रकविको उपाधि पाएका यी पुराना कवि अहिले महाकाव्य ‘ऋतम्भरा’ लेखिरहेका छन् । स्वस्थ छन् तर कान अलिक कम सुन्छन् ।

बुढेसकालले केही निर्बल पनि बनाएको छ उनलाई । तर उनी थाकेका छैनन्, त्यसैले त महाकाव्य सक्ने तरखरमा छन् ।

‘अरू सबै अनुभव गर्न पाएपनि आफ्नै मृत्युको अनुभव गर्न चाहिँ नपाइने । तर मैले आज त्यो पनि अनुभव गर्न पाएँ,’ स्वादिलो हाँसो हाँस्दैै उनले सुनाए, ‘हिजो राति खलबल भएछ । परिवारले मलाई बल्ल आज बिहान सुनाए ।’

यसरी आफ्नो अनुभव सुनाइरहँदा उनको मुहारको आभा अझै उज्यालो देखिएको थियो ।

त्यसो त राष्ट्रकविले मृत्युसम्बन्धि एउटा गीत पनि लेखेका छन् । स्वरसम्राट् नारायणगोपालले गाएको उक्त गीतको बोल छ : ‘आजै र राति के देखें सपना मै मरी गएको’ । तर अहिले राष्ट्रकविले मृत्युको सपना देखेनन्, कसैले उनको मृत्युको अफवाह फैलाइदियो ।

आखिर आफ्नै मृत्युको खबर सुन्दा पनि उनलाई किन दिक्क लागेन त ?

जीवित छँदै आफ्नो मृत्युको अनुभव कसले गर्न पाउँछ ? यस्तो सौभाग्य सबैले कहाँ पाउँछ र ? घिमिरेले आभारका साथ सुनाए, ‘नेपालीहरूले मप्रति कस्तो सद्भाव राख्दा रहेछन् भन्ने नजिकबाट नियाल्न पाएँ ।

उनले फेरि थपे, ‘यो सुखद घटना हो ।’

‘कसैले जीवनमा घटित कुनै घटना सुनाउनुस् न भनेर सोध्यो भने सबभन्दा पहिले यही सुनाउनुपर्छ । म मरेको कुरा मलाई नै थाहा भयो’, उनले सुनाइरहेका थिए ।

घिमिरेलाई आफ्नो मृत्युको खबरले कसैलाई फाइदा नहुने हुनाले स्वार्थका लागि फैलाएको हल्ला होइन भन्छन् । ‘सकारात्मक सोच्यो भने यसलाई पनि राम्रै मान्नुपर्छ । फेसबूकमा हल्ला फैलाउनेले मलाई मार्न खोजेका होइनन्, अब के हुने रैछ भनेर अनुमान गर्न खोजेको हुनुपर्छ ।’

उनी हाँसे । छेउमा बसेर बुवालाई साथ दिइरहेका छोरा राजीव पनि हाँसे ।

सामाजिक सञ्जालबाट कहिलेकाहीँ यस्ता हल्ला फैलिएपनि उनी सामाजिक सञ्जाललाई भने पूर्णतः सकारात्मक रूपमा लिन्छन्, ‘इन्टरनेटले टाढा भएका मान्छेसँग पनि मज्जाले कुरा गर्न पाइएको छ । पहिले त यस्तो सुविधा कहाँ थियो र ?’

छोराले भने, ‘बुवाले खाना खानुभएको छैन । खाना खाने बेला भयो ।’

किचन जानुअघि साह्रै घतलाग्दो हाँसो हाँस्दै राष्ट्रकविले कविता सुनाए :

अचम्म भो, अचम्म भो, अचम्म भो
यही जुनीमा अर्को जुनी पाएँ
लाख लाख नेपालीको माया पाएँ


जाँदाजाँदै उनले थपे, ‘अब यही घटनामा एउटा कविता लेख्छु ।’

Sagarmatha Cement
Muktinath Bank

Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

Advertisment
Nabil box
Kumari
Vianet communication
Laxmi Bank
hAMROPATRO BELOW NEWS
TATA Below
माघ २०, २०८०

नृत्यका पारखीहरूका लागि लुम्बिनी प्रदेशमा लोकप्रिय नाम हो किशोर थापा । रुपन्देहीका किशोरको परिचय खाली नृत्यकार (डान्सर)मा मात्र सीमित छैन । उनी नृत्य निर्देशक, गायक, मोडल र फूटबल खेलाडीको रूपमा समेत उत्तिकै च...

मंसिर १४, २०८०

प्रगतिशील राजनीतिको 'फ्रन्टलाइन'मा देखिने नेताहरू जति कठोर हुन्छन्, त्यो भन्दा बढी ‘इमोसनल र सेन्टिमेन्टल’ पनि हुन्छन् । त्यस्तै ‘इमोसनल फिलिङ्स’का बाबजुद परिस्थितिले कठोर बन्दै गएक...

मंसिर ३०, २०८०

बुधवार काभ्रेको धुलिखेलस्थित काठमाडौं विश्वविद्यालयका १ हजार ८३८ जना विद्यार्थीमाझ सनम ढकाल दृश्यमा आए । एमबीबीएसमा सर्वोत्कृष्ट भएर गोल्ड मेडल ल्याउँदै सनम दीक्षित भएसँगै सबैमाझ परिचित भएका हुन् ।  काठम...

माघ ५, २०८०

मनीषा जीसीको वास्तविक नाम विष्णु घर्ती क्षेत्री हो । गुल्मीको धुर्कोट गाउँपालिका– ३ हाडहाडेकी विष्णुलाई धेरैले मनीषा भनेर चिन्छन् । उनै मनीषा लोक सेवा आयोगले लिएका पाँचवटा परीक्षामा एकसाथ नाम निकालेर अह...

कात्तिक २५, २०८०

बुटवलका कुलचन्द्र पाण्डे सफल पर्यटन व्यवसायी हुन् । कुनै समय भारतको एउटा कम्पनीमा काम गरेका पाण्डे अहिले रूपन्देहीमा ‘एसियन ब्राण्ड’ चम्काउने ‘टुरिजम’ उद्यमीका रूपमा चिनिन्छन् । तीन दशकअघि...

फागुन २६, २०८०

पोखराका अशोक खड्काको पारिवारिक वातावरण सानैदेखि उद्यमशीलताको थियो । उनका बुवा सधैं एकै सुझाव दिइरहन्थे– नेपालमै केही गर्नुपर्छ । उनको बालमस्तिष्कमा त्यही छाप पर्यो । विदेश जाने सोच कहिल्यै बनाएनन् । नेप...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x