×

NMB BANK
NIC ASIA

छिमेकीबाट एक्लिएपछि सकसमा कतार : लाखौ नेपाली कामदारको भविष्य के होला ?

कात्तिक २०, २०७४

NTC
Sarbottam
Premier Steels
Marvel
काठमाडौं, २२ जेठ –छिमेकी ६ मुलुकले कतारसँग कुटनीतिक सम्बन्ध तोडेको घोषणा गरेपछि त्यसको प्रभाव नेपाली कामदारलाईसमेत पर्ने चिन्ता व्यक्त हुन थालेको छ । आतंकवादलाई प्रोत्साहन गरेको भन्दै छिमेकी मुलुक साउदी अरब, संयुक्त अरब इमिरेट्स (युएई) बहराईन, इजिप्ट, लिविया र यमनले सोमवार कतारसँगको यसअघि कायम रहँदै आएको कुटनीतिक सम्बन्ध तोडेको घोषणा गरेका हुन् ।
चरमपन्थी आतंककारी समूह आईएसआईएस र अलकायदालाई समर्थन गरेको आरोपमा ती राष्ट्रले कतारसँगको कुटनीतिक सम्बन्ध विच्छेद गरेका अन्तराष्ट्रिय समाचार संस्थाहरुले जनाएका छन् ।

साउदी स्टेट न्यूज एजेन्सी (एसपीए) का अनुसार रियाद (साउदी अरवको राजधानी शहर) ले कतारको मूख्य तेलहन क्षेत्र पेनीन्सुलासँगको आफ्नो जल, जमिन र हवाई सिमा बन्द गरेको छ ।

युएईले आफ्नो देशमा कार्यरत् कतारी कुटनीतिज्ञलाई ४८ घण्टाभित्र देश छाड्न निर्देशन दिइसकेको छ । त्यस्तै, विभिन्न मुलुकबाट कतार उडान हुने मूख्य उडड्यन कम्पनी एथिहाड एयरवेज र दुवईको फ्लाई इमिरेट्सले पनि कतारसँगको आफ्नो हवाई सम्बन्ध विच्छेद गरेको घोषणा गरेका छन् । कुटनीतिक सम्वन्ध अन्त्यको घोषणा गरेका ती मुलुकले कतार एयरवेजका लागि आफ्ना मुलुकमा स्थान नदिने घोषणा पनि लगत्तै गरिसकेका छन् ।

छिमेकी मुलुकले कुटनीतिक सम्बन्ध तोडेको घोषणा गरेसँगै अब कतार संकटमा पर्ने र आर्थिक मन्दी छाउने अनुमान अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले गरिरहेका छन् ।

पछिल्ला घटनाक्रमले अब कतारको अर्थतन्त्र धरासायी हुने अनुमानहरू गरिएका छन् ।

नेपाललाई के असर पर्छ ?
अन्य मुलुकलाई जे –जस्तो असर परे पनि कतारसँगको विकसित घटनाक्रमले नेपाललाई पनि ठूलो असर पर्ने जानकारहरू बताउँछन् ।

कतारसँगको नेपालको सबैभन्दा मजवुत सम्बन्ध रोजगारीका मामिलामा रहँदै आएको छ । हालसम्म कतार नेपालको मलेसियापछिको दोस्रो ठूलो श्रम गन्तव्य मुलुक हो ।

आर्थिक वर्ष २०७२/७३ सम्म कतारमा पौने दश लाख नेपाली वैदेशिक रोजगारीका क्रममा कार्यरत् छन् ।

कतारसँग जोडिएका पछिल्ला घटनाक्रमले उक्त देशसँग कायम रहेको नेपालको वैदेशिक रोजगारीमा खलल आउने प्रक्षेपणहरू गरिएका छन् ।

वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष विमल ढकालले उसका छिमेकी मुलुकको कतारसँगको सम्बन्ध विच्छेदको प्रत्यक्ष प्रभाव नेपालको वैदेशिक रोजगारीमा पर्ने बताए ।
‘कतारसँगको छिमेकी मुलुकको कुटनीतिक सम्बन्ध विच्छेदको गम्भीर असर नेपाललाई पर्ने देखिन्छ,’ ढकालले लोकान्तरसँग भने । खासगरी कतारमा ठूलो संख्यामा रहेका नेपालीले यसको मूल्य चुकाउने अवस्था आउनसक्ने उनले बताए । ‘यो अवस्था गहिरियो भने कतारमा कार्यरत् नेपालीको रोजगारी गुम्न सक्ने र आगामी दिनमा त्यस देशबाट प्राप्त भइरहेको श्रमिकको माग पनि ठप्प हुन सक्ने स्थिति आउन सक्छ,’ संघका अध्यक्ष ढकालले भने ।

श्रम तथा रोजगार मन्त्रालयका उपसचिव शिवराम पोखरेलले भने छिमेकी मुलुकसँगको सम्बन्ध विच्छेदले नेपाललाई धेरै असर नगर्ने दावी गरे । ‘कतारको अर्थतन्त्र मूलतः पेट्रोलियममा निर्भर छ, तर अहिले सम्बन्ध विच्छेद गरेका छिमेकी कुनै पनि मुलुकमा उसले तेल निर्यात गर्दैन्,’ उनले भने, ‘तसर्थ पनि तत्काल यो घटनाले नेपाललाई प्रभाव पार्ने देखिन्न ।’

अर्थशास्त्री केशव आचार्यले कतारसँग उसका छिमेकी मुलुकले चालेको कदमले नेपाललाई प्रत्यक्ष प्रभाव पार्ने बताए । ‘कतारसँग उसका छिमेकी मुलुकले चालेको कदमले त्यहाँको अर्थतन्त्रमा नकारात्मक असर पार्ने देखिन्छ,’ उनले भने, ‘यसले भोलि त्यहाँ कार्यरत् नेपाली कामदारको रोजगारी गुम्न सक्ने खतरा देखिएको छ ।’

कतार एक्लिएपछि त्यहाँको तेल निर्यातमा असर पार्ने र त्यसले उक्त देशको अर्थतन्त्रमा असर पर्ने उनले बताए । ‘यसै पनि पछिल्लो समय नेपालको मूख्य आयका रुपमा रहेको विप्रेषणको वृद्विदर घटिरहेको स्थितिमा कतारको वैदेशिक रोजगारी प्रभावित भयो भने यसको सीधा असर नेपाली अर्थतन्त्रमा पर्नेछ ।’

Muktinath Bank

Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

Advertisment
Nabil box
Kumari
Vianet communication
Laxmi Bank
hAMROPATRO BELOW NEWS
TATA Below
चैत १४, २०७४

कही दिन यताको शंका आशंकाबीच उत्तर कोरियाका शासक किम जोन उन चीनको भ्रमणमा गएको पुष्टि भएको छ ।  चीन र उत्तर कोरिया दुवैले यो कुरालाई पुष्टि गरिसकेका छन् ।  सनु २०११ पछि नेतृत्वमा आएका किमको...

माघ २०, २०७४

काठमाडौं, २० माघ– भारत पञ्जाबको मुक्तसर जिल्लामा एक व्यक्तिले फेसबुक लाइभको क्रममा आत्महत्याको प्रयास गरेका छन् । मुक्तसर जिल्लाको भुट्टीवाला गाउँका गुरुतेज सिंहले फेसबुक लाइभको क्रममा आफैंलाई गोली हानेर आ...

मंसिर १८, २०७५

काठमाडौं — चीनमा राखिएका साइनबोर्डहरूमा अंग्रेजीको गलत अनुवादमा सुधार ल्याउनका लागि बेइजिङमा ठूलो अभियान चलाइएको छ ।  अनुवादमा गल्ती पनि निकै हाँसउठ्ने खालका हुने गरेका छन् । जस्तै, ट्वाइलेटक...

मंसिर २९, २०७५

जीवनमा हरेकका अनेक रंगीन सपना हुन्छन् । ती सपना साकार पार्ने अनेकौं जुक्ति र गोरेटा हुन्छन् । नेपालीको हकमा ती रंगीन सपना सजाउने पहिलो जुक्ति र मार्ग भनेकै जहाजको यात्रा हो । जहाजी यात्राले मात्र हाम्रा आर्थिक,...

चैत १९, २०७५

काठमाडौं – रुसी उड्डयन उद्योगकी प्रभावशाली महिलाको नातालिया फिलेवा दक्षिणपश्चिम जर्मनीस्थित एजेलवाश शहरमा भएको विमान दुर्घटनामा परी निधन भएको छ ।  ६ सीट भएको विमानमा पाइलटसँगै नातालिया र उनका...

फागुन २६, २०७५

भारत- भारतीय लोकसभा निर्वाचनको मिति घोषणा भएको छ ।  बीबीसी हिन्दीका अनुसार भारतीय लोकसभाको निर्वाचनको सात चरणमा हुने भएको छ । लोकसभा निर्वाचन ११ अप्रिलबाट शुरू भएर १९ मे सम्पन्न हुने भारतीय सञ्च...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x