×

NMB BANK
NIC ASIA

चुनाव सारिए मधेस सधैंका लागि विवादित ठाउँ हुनजान्छ: विमलेन्द्र निधि [अन्तर्वार्ता]

कात्तिक २०, २०७४

NTC
Sarbottam
Premier Steels
Marvel

नेपाली कांग्रेसका प्रभावशाली नेता एवं पूर्वगृहमन्त्रीविमलेन्द्र निधिअसार १४ गते हुने स्थानीय तहको निर्वाचनका लागि धनुषामा कांग्रेसको उम्मेदवारको टिकट वितरणका लागि २८ जेष्ठमा गृहजिल्ला धनुषा पुगेका थिए । प्रधानमन्त्री शेरबहादुर देउवाका विश्वासपात्र निधिले मधेसमा चुनावको स्थितिको विषयमा जानकारी लिएर सोमवार काठमाडौं फर्किएका छन् । काठमाडौं फर्किनुअघि निधिले सोमवारलोकान्तरका लागिअजय अनुरागीसँग निर्वाचन लगायत समसामयिक विषयहरूमा कुराकानी गरेका थिए । प्रस्तुत छ निधिसँग गरिएको कुराकानीको सम्पादित अंश:

नेपाली कांग्रेस मधेसवादी दलको मित्रशक्ति भनेर तपार्इंले भन्दै आउनुभएको छ । मधेसी मोर्चाले सुशील कोइरालादेखि प्रचण्ड र शेरबहादुर देउवालाई समेत प्रधानमन्त्रीको निर्वाचनमा मतदान गरे । तर पनि तपार्इंहरूले मधेसको मुद्दालाई किन सम्बोधन गर्न सक्नुभएको छैन ?

हो, तपाईंले ठीक भन्नुभयो, नेपाली कांग्रेस सधैं मधेसवादी दलहरूको मित्रशक्ति हो । यतिबेलाको मुख्य समस्या भनेको संविधान संशोधनको विषय हो । त्यसको लागि संसदमा दुईतिहाइ संख्या आवश्यक छ । तर प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले त्यसको लागि सहयोग गरिरहेको छैन । एमाले संविधान संशोधनको विरुद्धमा उभिएको छ । एमाले त मधेसको विरुद्धमा छँदैछ, संघीयता, गणतन्त्र लगायत तमाम उपलब्धिहरूको विरुद्धमा छ भन्ने कुरा मैले मात्र भनिरहेको छैन, एमालेका शीर्ष नेताहरूले विगतमा पटकपटक भन्दै आएका छन् ।

संसदमा रहेको संख्यालाई हेर्दा संशोधन गर्नु कठिन छ । एमालेबाहेक पनि दुईतिहाइ पु–याउने कोशिश कांग्रेस र माओवादीले राप्रपालाई साथ लिएर गरेकै हो । वैशाख १७ गते संविधान संशोधन विधेयक पारित गराउने उद्देश्यले भोटिङमा लग्ने अन्तिम तयारी गरेका थियौं । दुईतिहाइभन्दा पाँच सात भोट बढी नै थियो । लगभग ४ सय १ पुगेको थियो । हामीलाई दुई दिन पहिलेदेखि नै सूचना प्राप्त भइरहेको थियो कि राप्रपाका सांसदहरू अनुपस्थित भई संविधान संशोधनको विरुद्धमा जानेछन् भनेर । संसदमा राप्रपाको ३७ मत छ । तर १२/१३ जना सांसदहरू अनुपस्थित हुने प्रयत्न गरे ।

राप्रपाका अध्यक्ष कमल थापा त्यतिबेला सरकारमा उपप्रधानमन्त्री हुनुहुन्थ्यो । प्रधानमन्त्री प्रचण्डले उहाँसँग पटकपटक कुरा पनि गर्नुभयो । कमल थापाले के विश्वास दिलाउनुभयो भने राप्रपाका सांसदहरू अनुपस्थित हुने छैनन् । तर १७ गते बिहान कमल थापाले पनि ५/६ जना सांसदहरू अनुपस्थित हुने खतरा छ भन्नुभयो । त्यसपछि भोटिङमा विधेयकलाई लगेको भए विधेयक पारित हुने थिएन । त्यसपछि हामीले मधेसी मोर्चासँग कुरा ग–यौं । हारजीत जे भएपनि मतदानमा लगौं वा अहिले मतदानमा नजाऔं भन्ने दुई विकल्पमा कुराकानी भएपछि दुईतिहाइको ग्यारेन्टी नभएसम्म मतदानमा नलग्ने सहमति भयो । त्यसैले दुईतिहाइ पुगेपछि संविधान संशोधन हामीले गराउने नै छौं ।

हामीले राजपाका नेताहरूलाई के भन्यौं भने पहिलो चरणको स्थानीय तहको निर्वाचन सम्पन्न भइसकेको छ, अब दोस्रो चरणको निर्वाचनमा पनि सँगै मिलेर जाऔं । स्थानीय तहको संख्या बढाउने कुरा आयो । जतिबेला हामी सरकारमा थियौं, हामीले संख्या वृद्धि पनि गर्‍यौं । एकातर्फ गाउँपालिकाहरूलाई नगरपालिकामा स्तरोन्नति गर्दा वरिपरिका गाउँहरूलाई समावेश गर्नुपर्छ । त्यस्तो गर्दा नगरपालिकाको संख्या एकातर्फ बढिरहेको हुन्छ भने अर्कोतर्फ गाउँपालिकाको संख्या घट्दा समग्रमा स्थानीय तहको संख्या पुरानै स्थितिमा आउने गरेको छ । तैपनि सरकारले लगभग स्थानीय तहको २२ वटा संख्या बढायो । तर सर्वोच्च अदालतले रोकिदियो । त्यसमा हामीले के गर्ने ? तैपनि हामीले अर्थात् सरकारले अदालतको उक्त अन्तरिम आदेशलाई भ्याकेट गर्नका लागि रिट दायर गरेकै छौं । त्यसैले राजपा नेपालले आन्दोलनलाई फिर्ता लिएर चुनावमा जानुपर्दछ ।

मधेसी मोर्चाले वा राजपा नेपालका नेताहरूले स्थानीय तहको निर्वाचनमा भाग लिनका लागि सरकारले वातावरण नै नबनाएको आरोप लगाउने गरेका छन् । आन्दोलनका क्रममा मारिएकाहरूलाई शहीद घोषणा, घाइतेहरूको उपचार खर्च, अपाङ्ग भएकाहरूको क्षतिपूर्ति, मुद्दा फिर्ता, थुनुवा बन्दीको रिहाइ जस्तो न्यूनतम काम पनि सरकारले गर्न सकेको छैन । तपाईं गृहमन्त्री हुँदा पनि यी कामहरू किन गर्न सक्नुभएन ?

मधेसवादी दलका नेताहरूले आफ्नो छातीमा हात राखेर भनून् कि जति शहीद घोषणा म गृहमन्त्री भएर गराएँ, त्यो सम्भव थियो ? साँच्चै भन्ने हो भने शहीदको परिभाषा नै अब स्खलित भएको छ । बिजुलीको करेन्ट लागेर निधन भएको, पानीमा डुबेर मृत्यु भएको जस्तोलाई पनि मैले शहीद घोषणा गरें । अब उहाँहरूले प्रस्ताव गर्नुभएकोमा नौजनालाई शहीद घोषणा गर्न बाँकी छ । अब दुर्घटनामा पनि मृत्यु भएकोलाई कसरी शहीद घोषणा गर्ने ? संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाको तर्फबाट जम्मा १९ जना मान्छे थपेर प्रस्ताव गर्नुभएको थियो । ५८/५९ जनालाई शहीद घोषणा गरिसकेपछि प्रस्ताव थपेर ल्याउनुभयो । त्यो १९ मध्ये नौजनालाई गरिसकें । वीरगञ्जमा एकजना भारतीय नागरिक मारिएका थिए । भारतीय नागरिकलाई शहीद घोषणा गर्ने कि नगर्ने भन्ने समस्या आयो । कसैको निधन भएको छ भने उसप्रति समवेदना वा सहानुभूति हुनसक्छ तर सबैलाई शहीद घोषणा गर्न सकिन्न नि । यस्तो कार्यले मधेस आन्दोलनको गरिमासमेत घटेको छ ।

घाइतेहरूको उपचार खर्च बेहोरिएकै छ । नेपाल सरकारले सबै खर्च दिएकै छ । उपचार खर्चका लागि मोर्चाले जेजति फाइलहरू ल्याए ती सबै रकम दिइएको छ । तपार्इं मोर्चाका नेताहरू लालबाबु राउत, मनीष सुमनलाई गएर सोध्नुस् । नेपाल र भारतका जुन जुन अस्पतालको बिल दिइएको थियो, ती सबै रकम दिइएको छ । अपाङ्गहरूको रकम बाँकी छ ।

आन्दोलनका क्रममा नष्ट भएका भौतिक सम्पदाहरूको क्षतिपूर्ति रकम त दिनुभएन नि ?

हो, भौतिक सम्पदाको क्षतिपूर्ति रकम दिइएको छैन । अब तपार्इं नै भन्नुस्, आन्दोलनकारीहरूले जनकपुरमा मेरै पार्टी नेपाली कांग्रेसको पार्टी कार्यालयमा आगजनी गरेका थिए । मेरो पार्टीलाई पनि त्यो रकम नेपाल सरकारले दिएको छैन । तर म गृहमन्त्री भएपछि टीकापुरमा १५/१६ करोड रुपैयाँ क्षतिपूर्ति दिइएको छ ।

तर आन्दोलनकारीहरूमाथि लगाइएका मुद्दाहरू त फिर्ता भएका छैनन् नि ? राजपा नेपालका नेताहरूले के भन्दै आएका छन् भने हाम्रा साथीहरू जेलमा छन्, विदेश भागेर बसेका छन् यस्तो अवस्थामा चुनावमा कसरी जाने ?
हो, केही सामान्य मुद्दाहरू जस्तै केही सार्वजनिक अपराधका मुद्दाहरू फिर्ता भएका छन् । म गृहमन्त्री भएको बेला मन्त्रालयमा मोर्चाका नेताहरूलाई बोलाई बोलाई कागज देखाएको छु । हो, टीकापुर र जलेश्वरमा सुरक्षाकर्मी मारिएको मुद्दामा वढी मानिसहरूलाई मुद्दा लगाइएको छ । ती मुद्दाहरू फिर्ता भएको छैन । सुरक्षाकर्मीहरूलाई समाती समाती मारिएको छ, त्यस्तो मुद्दा यति सजिलै त फिर्ता हुँदैन नि ।

त्यो मुद्दा फिर्ता गर्नका लागि सरकारले मात्रै गरेर हुँदैन । मधेसवादीहरूलाई समर्थन गर्ने वकिलहरू लक्ष्मणलाल कर्ण, सुरेन्द्र महतो, दीपेन्द्र झा लगायतलाई गृहमन्त्रालयमा बोलाई महान्यायाधिवक्तालाई अघि राखेर मैले लामो छलफल गराएको छु । क्याबिनेटबाट पास गराएर मात्रै मुद्दा फिर्ता हुने हो भने हामी गर्न तयार छौं । तर अदालतबाट नहुने भएपछि हामीले मुद्दा फिर्ता लिन नसकेको हो । सरकारले मुद्दा फिर्ताको निर्णय गरेपनि अदालतले स्वीकार नगरेको खण्डमा मुद्दा फिर्ता हुँदैन । प्रचण्डमाथि नै कतिपय मुद्दाहरू छन् जो कि हालसम्म फिर्ता भएको छैन । त्यति सजिलो छैन । म त के भन्छु भने राजपा नेताहरू नै गृहमन्त्री भएपनि त्यस्ता मुद्दाहरू फिर्ता गर्न सकिन्न ।

प्रधानमन्त्री देउवाले दुईपटक राजपा नेपालका नेताहरूसँग वार्ता गर्नुभयो । तपार्इंहरूले राजपालाई विश्वासमा लिन नसकेपछि उनीहरूले आम हडतालसहितको आन्दोलनको कार्यक्रम अगाडि बढाइसकेका छन् । किन मिलेन कुरो ?

शुरुमा उहाँहरूले के भन्नुभयो भने दुई चरणमा निर्वाचन गर्नुहुन्छ भने हामी सहभागी हुन्छौं । त्यसैका लागि हामीले वैशाख ३१ र जेष्ठ ३१ गते दुई चरणमा निर्वाचन घोषणा ग–यौं । त्यसपछि हामीले पहिलो चरणको निर्वाचन गर्‍यौं । संघीय समाजवादी फोरम चुनावमा सहभागी पनि भयो । उता अन्य मधेसवादीहरूले राजपा नेपाल गठन गर्नुभयो । नोमिनेसनका लागि हस्ताक्षरको नमूना निर्वाचन आयोगमा दिने डेट नभएका कारण नोमिनेसनको डेट बढाइदिनुप–यो भनेर उहाँहरूले भन्नुभयो ।

त्यसका लागि हामीले ऐन पनि संशोधन ग–यौं । फेरी दुई दिनअघि वहाँहरूले के भन्नुभयो भने दल दर्ताका लागि पनि ऐन चाहियो । त्यो पनि संसदमा पारित भयो । अब राजपाका लागि हामीले यति ग–यौं । अहिले एमाले र माओवादी मिलेर एउटा नयाँ पार्टी बन्यो भने के दल दर्ता र चुनाव चिह्न सम्भव छ ? छैन नि । यति गुन गर्दा पनि राजपाले सरकारलाई धन्यवाद दिनुपर्थ्यो ।

हामीले राजपालाई के भनेका छौं भने संविधान संशोधनको एजेण्डालाई जीवितै राखेर चुनावमा जाऔं । हामी संशोधनको पक्षमा छँदैछौं । ठीकै छ, चुनाव र प्रणालीमा विश्वास नगरी, अहिलेको संविधानलाई नस्वीकारेर पनि चुनावलाई उपयोग गर्न र शक्ति संचय गर्नका लागि पनि चुनावमा भाग लिनुस् । चित्रबहादुर केसी जो संघीयता विरोधी छन् उनको अहिले पनि अलग्गै एउटा भूमिगत पार्टी छ । तर चुनावमा त भाग लिएका छन् । मोर्चा बनाएर पनि चुनावमा भाग लिन सकिन्छ ।

तर राजपा नेपाल चुनाव बहिष्कार गरेर आन्दोलनमा आइसकेको छ । अब के हुन्छ ?

साँचो कुरा गर्ने हो भने राजपा नेपालभित्र पनि आफैं समस्या छ । राजपाको अहिलेसम्म केन्द्रीय समिति पनि बन्न सकेको छैन । विधान बनेको छैन । पदाधिकारीहरू पनि चयन भएको छैन । निर्वाचन आयोगमा दल दर्ताका लागि हुनुपर्ने आन्तरिक गृहकार्य नै गरिएको छैन । हामीले पटकपटक भन्दै आएका छौं कि नेपालको राजनीतिक परिवर्तन, स्थायी शान्ति र स्थिरताका लागि चारवटा शक्तिहरू मिल्नुपर्छ ।

नेपाली कांग्रेस, नेकपा एमाले, माओवादी केन्द्र र मधेसवादी दल । तर एमालेले तीनवटा शक्ति मात्र रहेको मानिरहेको छ । कांग्रेस, एमाले र माओवादी । हामी के भनिरहेका छौं भने मधेसी मोर्चा पनि प्रमुख राष्ट्रिय शक्ति हो । एउटा के तर्क गरिन्छ भने संविधान जारी गर्ने कांग्रेस, एमाले र माओवादी तीन वटा शक्ति हो । त्यो तीन शक्तिले गर्ने सहमति नै राष्ट्रिय सहमति हो । तर, हामी मधेसी मोर्चालाई पनि एउटा शक्ति मानिरहेका छौं । हामी त्यसैले राजपा नेपाललाई आग्रह गरिरहेका छौं कि राजपाले चुनावलाई उपयोग गर्नुपर्छ ।

तपार्इंहरूले जे जति भनेपनि कुरा त मिलेन नि किन ?

हो, अहिले उहाँहरूको भनाई के छ भने चुनाव स्थगित गर्नुस् । संविधान संशोधन पनि भएन, स्थानीय तहको संख्या पनि बढेन । के लिएर चुनावमा जाने ? त्यसैले हामी के भन्छौं भने सबै उपलब्धि एकै पल्ट हात लाग्दैन । हामी मित्रशक्ति हौं । हामीले त साथ दिईरहेकै छौं । त्यसैले चुनावमा भाग लिन उहाँहरूलाई फेरी पनि आग्रह गर्दछु ।

राजपा नेपाल आन्दोलित भइसकेको छ । असार २ गते उम्मेदवारी मनोनयन दर्तालाई बिथोल्ने गरी मधेसमा आम हडताल आह्वान गरिएको छ । तोकिएको मितिमा जसरी पनि निर्वाचन हुन्छ वा निर्वाचनको मिति सारिन्छ । के हुन्छ ?

निर्वाचन हुन्छ । १४ गते तोकिएकै मितिमा निर्वाचन हुन्छ । तपाईं ढुक्क हुनुस् । जनकपुरमा सबै पार्टीका मानिसहरू निर्वाचन चाहन्छन् । जनता पनि उत्साहित छन् । त्यसैले निर्वाचन त हुन्छ नै ।

त्यस्तो निर्वाचनमा हिंसा हुने सम्भावना पनि त रहन्छ नि ?

हिंसा गर्नु हुँदैन । त्यो गलत कार्य हो ।

तर तपाईं जनकपुर आएकै दिन जनकपुरमा नेपाली कांग्रेसको झण्डा जलाइयो । यसलाई कसरी लिनुभएको छ ?

त्यो पनि गलत काम हो । तपाई नै भन्नुस् राजपा नेपालले नेपाली कांग्रेसको झण्डा जलाएर राम्रो काम त गरेको छैन ।

विजय गच्छदारले चुनाव सार्न सकिने प्रस्ताव पनि गरेका छन् नि ?

हेर्नुस मधेसमा तेस्रो चरण वा चौथो चरण भनेर चुनाव सार्नु हुन्न । त्यसरी सारेर मधेसमा चुनाव गराइन्छ भने त्यो नराम्रो हुन जान्छ । त्यस्तो अवस्थामा मधेस सँधैका लागि विवादित ठाउँ हुनजान्छ ।

राजपा नेपाललाई बाहिर राखेर चुनाव सम्भव छ र ?

हामी राजपा नेपाललाई बाहिर राख्न चाहँदैनौं । यदि यो स्थानीय तहको चुनावमा उहाँहरू आउनु भएन भने पनि केही छैन । अर्को चुनाव प्रदेश सभा र संघीय संसदको चुनावमा आउनु हुन्छ । बास्तवमा भन्ने हो भने स्थानीय तहको चुनाव लड्नको लागि राजपा नेपालसँग उम्मेदवार नै छैन । अब उम्मेदवार नै नभएपछि चुनावमा आउने त कुरै भएन । त्यत्रो आन्दोलन गर्ने राजपाले स्थानीय तहमा सिट नै ल्याउने नभएपछि चुनावमा नआएको हो । राजपा नआए पनि असार १४ मै निर्वाचन हुन्छ ।

Muktinath Bank

Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

Advertisment
Nabil box
Kumari
Vianet communication
Laxmi Bank
hAMROPATRO BELOW NEWS
TATA Below
फागुन ३, २०८०

नेपाली कांग्रेसबाट धोका भएको र गठबन्धन सम्बन्धमा पुनर्विचार गर्नुपर्ने अवस्था आउन सक्ने प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको अभिव्यक्तिले राजनीति तरंगित छ ।  माओवादीको विधा...

पुस ३, २०८०

बैतडीको झुलाघाटदेखि पाँचथरको चिवाभञ्ज्याङसम्म मध्यपहाडी यात्रा सकेर नेकपा एमालेको नेतृत्व काठमाडौं फर्किएको छ । संसद्को प्रमुख प्रतिपक्षी दल एमालेको नेतृत्वले मध्यपहाडी यात्राका दौरान सरकारको चर्को आलोचना गरेक...

असार १, २०८०

बुधवार उच्च अदालत विराटनगर पुग्दा धरान उप–महानगरपालिकाका मेयर हर्क साम्पाङ एक वकिलसहित भेटिए । मुद्दाको पेशी भएकाले उनी आफैं उपस्थित भएका रहेछन् । धरान खानेपानी विकास बोर्डको बैठक नबोलाएको भन्दै सा...

जेठ १६, २०८०

नेकपा एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङले आफूलाई नेपालको संसदीय अभ्यासमा अनुभवी र अभिभावकीय छवि बनाउन सफल भएका छन् । तत्कालीन संविधानसभा अध्यक्षसमेत रहेका नेम्वाङले संविधानसभासहित छ पटक व्यवस्थापिका&nd...

जेठ १९, २०८०

​​संघीय संसद्को बजेट अधिवेशन प्रारम्भ भई संवैधानिक प्रबन्धअनुसार दुवै सदनको संयुक्त बैठकमा यही जेठ १५ गते नेपाल सरकारका अर्थमन्त्रीबाट आर्थिक वर्ष २०८०/८१ को वार्षिक आय–व्यय (बजेट) प्रस्तुत भइसकेको छ । ...

जेठ २२, २०८०

प्राध्यापक डा. जयराज आचार्यले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को भारत भ्रमण फलदायी नभएको टिप्पणी गरेका छन् । देशको प्राथमिकतालाई पहिचान गर्न नसक्दा प्रधानमन्त्री चुकेको उनको टिप्पणी छ । ‘हा...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x