×

NMB BANK
NIC ASIA

सातौं राष्ट्रिय खेलकुदः यस्तो छ आजको हाइलाइट्स

कात्तिक २०, २०७४

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं, पुस १४– सातौं राष्ट्रिय खेलकुद– २०७३ अन्तर्गत कुस्तीमा मध्यमाञ्चलले बिहीबार सर्वाधिक ६ स्वर्ण जितेको छ । पुरुषतर्फ मात्र प्रतिस्पर्धा भएको कुस्तीमा ८ स्वर्णका लागि भिडन्त भएको थियो । पश्चिमाञ्चल र मध्यपश्चिमाञ्चलले १–१ स्वर्ण बाँडे ।12
सिराहमा भएको प्रतियोगिताको अन्तिम दिन ५७ केजीमा रामबाबु यादव, ६१ केजीमा जयमंगल यादव, ६५ केजीमा सरोजबाबु यादव, ७४ केजीमा मुक्तार आलम, ९७ केजीमा सुमिरकुमार साह तथा १२५ केजीमा सत्येन्द्रप्रसाद यादवले मध्यमाञ्चललाई स्वर्ण दिलाए । रामबाबुले प्रहरीका भग्वत साह, जयले पश्चिमाञ्चलका श्याममिलन दूरी, सरोजले पूर्वाञ्चलका सुरेशकुमार यादव, मुक्तारले पश्चिमाञ्चलका मुनेश्वर यादव, सुमिरले मध्यपश्चिमाञ्चलका कमरुद्धिन मिया तथा सत्येन्द्रले पूर्वाञ्चलका नागेन्द्र यादवलाई पछि पारे ।
७० केजीमा पश्चिमाञ्चलका वैजनाथ यादवले प्रहरीका दिपेश राउतलाई पराजित गरी पहिलो स्थान हात पारे । मध्यपश्चिमाञ्चलका रमेश गोतमेले पूर्वाञ्चलका विसनदेव यादवलाई निराश पार्दै ८६ केजीमा च्याम्पियन बने ।
तीनदिनसम्म चलेको कुस्तीमा पाँच विकास क्षेत्र, प्रहरी र आर्मीका ५५ खेलाडीले ८ स्वर्णका लागि प्रतिस्पर्धा गरेको कुस्ती मुख्य प्रशिक्षक खगेन्द्र बस्नेतले जनाएका छन् ।

पुरुष फुटबल ःपुलिसलाई फुटबलमा काँस्य
पुरुष फुटबल प्रतियोगितामा नेपाल पुलिस क्लबले काँस्य पदक जितेको छ । धरानस्थित एन्फा टेक्निकल सेन्टरको मैदानमा बिहीबार मध्यमाञ्चललाई ४–३ गोलअन्तरले पराजित गर्दै पुलिसले काँस्य पदक जितेको हो । प्रतिस्पर्धात्मक एवं रोमाञ्चक खेलमा पुलिसका तीर्थ राना मगरले दुई गोल गरे भने भोला सिलवालले एक गोल गरेका थिए । एक गोल भने मध्यमाञ्चलका खेलाडीले आत्मघाती गरेका थिए ।
पहिलो हाफको १३ औं मिनेटमा भेला सिलवालले गोल गर्दै पुलिसलाई अग्रता दिलाए भने २३ औं मिनेटमा रवि पासवानको पासमा तीर्थ राना मगरले गोल गरेका थिए । दोस्रो हाफको १९ औं मिनेटमा तीर्थ रानाले पुलिसको लागि तेस्रो गोल गरे भने इञ्जुरी समयमा मध्यमाञ्चलका कुदलीप कार्कीले आत्मघाती गोल गरेका थिए । मध्यमाञ्चलका लागि टंकबहादुर स्याङ्देनले २ र श्याम बाबु क्याप्छाकी मगरले एक गोल गरे । दोस्रो हाफको ५ मिनेटमा टंकबहादुरले पहिलो गोल गरेका थिए । यस्तै, १८ औं मिनेटमा श्याम बाबुले हेडमार्फत दोस्रो गोल गरे भने ३९ औं मिनेटमा टंकबहादुरले तेस्रो गोल गरेका थिए । उक्त खेलको म्यान अफ दि म्याच पुलिसका तीर्थ राना मगर घोषित भए । उनले नगद ५ हजार हात पारे । स्वर्ण पदक लागि शुक्रबार नेपाल आर्मी र सशस्त्र प्रहरी वलको एपिएफ क्लबबीच प्रतिस्पर्धा हुनेछ ।
दोश्रो सेमिफाइनलमा आर्मीले मध्यमाञ्चललाई सडन डेथमा (७–६) हराउदै बिहीबारै फाइनलमा स्थान बनाएको हो । बुधबार यि दुई टिमबीचको सेमिफाइनल निर्धारित र अत्तिरित्त समयमा कुनैपनि गोल हुन नसकेपछि खराब प्रकाशका कारण पेनाल्टी सुटआउट बिहीबार मात्र गराइएको हो ।

स्क्वास ः अरहान्त र अमृत फाइनलमा
स्क्वासको पुरुष सिंगल्समा आर्मीकाद्वय अरहान्तकेशर सिंह र अमृत थापा मगर बिहीबार फाइनलमा प्रवेश गरेका छन् ।
ललितपुरको सातदोबाटोमा भएको सेमिफाइनलमा अरहान्तले मध्यमाञ्चलका विनोदरत्न शाक्यलाई ११–१, ११–२ र ११–५ तथा अमृतले मध्यपश्चिमाञ्चलका ज्ञानु चौधरीललाई ११–५, ११–८ र ११–५ को सोझो सेटमा पराजित गरे । सो स्पर्धाको महिलामा आर्मीकी विपना ब्लोन र मध्यमाञ्चलकी भावना सुनवारले उपाधि भिडन्त पक्का गरिसकेका छन् । प्रतियोगिता शुक्रबार सम्पन्न हुनेछ ।

ह्यान्डबल
ह्यान्डबलको पुरुष र महिला दुवैमा आर्मी र एपीएफ बिहीबार फाइनलमा प्रवेश गरेका छन् ।
पुरुषमा आर्मीले पूर्वाञ्चललाई ३५–२० ले पराजित गर्दै अर्को विभागीय टोली एपीएफसंग फाइनल भेट पक्का ग¥यो । अर्को सेमिफाइनलमा एपीएफले पश्चिमाञ्चललाई ३२–२६ हराएको थियो ।
मोरङको टंकीसुनवारीमा भएको महिला सेमिफाइनलमा आर्मीले पश्चिमाञ्चललाई २७–१२ ले पाखा लगायो । फाइनलमा आर्मीको महिला टोलीले पनि एपीएफलाई नै प्रतिद्वन्द्वी पाएको छ । अर्को सेमिफाइनलमा एपीएफले मध्यमाञ्चलमाथि ४३–६ को सहज जित दर्ता गरेको थियो ।

पुरुष क्रिकेट ः एपिएफ र आर्मी विजयी भई फाइनलमा
बैजनाथपुरको खेल मैदानमा भएको पहिलो सेमिफाइनलमा एपिएफले मध्यमाञ्चललाई ८ विकेटले पराजित गरी फाइलमा प्रवेश गरेको छ । टस जितेर ब्याटिङ गरेको मध्यमाञ्चलले निर्धारित २० ओभरमा पूरै विकेट गुमाई ६१ रनको योगफल तयार पारेको थियो । हरिशंकर सालले २१ रन योगदान गरेका थिए ।
एपिएफका करण केसी र बसन्त रेग्मीले २–२ विकेट तथा शक्ती गौचन, पारस खडका, यज्ञमान कमाल र भुवन कार्कीले १–१ विकेट लिएका थिए ।
जवाफमा ६२ रनको लक्ष्य पछ्याएको एपिएफले ९ दशमलव ३ बलमा २ विकेट गुमाई लक्ष्य भेटायो । प्रदीप ऐरीले २४ बलमा ४ चौका प्रहार गरी नटआउट ३३ रन, पृथू बाँस्कोटाले नटआउट ९, हारिफ शेखले ८ रन र सुवाश खकुरेलले २ रन बनाए । मध्यमाञ्चलका रशिद खानले २ विकेट लिए ।
दोस्रो सेमिफाइनलमा आार्मीले नेपाल पुलिस क्लबलाई ८ पराजित गरेको छ । टस जितेर ब्याटिङ गरेको पुलिसले निर्धारित २० ओभरमा सवै विकेट गुमाई १ सय ४४ रन बनाएको छ । प्रेम तामाङले ३७ बलमा ४ चौका प्रहार गरी ३५ रन र दिलिप नाथले २५ बलमा १ छक्का र ३ चौका प्रहार गरी ३२ रनको योगदान गरेका थिए । आर्मीका सोमपाल कामीले ४ ओभरमा २५ रन दिएर ३ विकेट तथा विक्रम सोव र चन्द्र साउदले २–२ विकेट लिएका थिए ।
जवाफमा १ सय ४५ रनको लक्ष्य पछ्याएको आर्मीले १८ दशमलव ३ बलमा २ विकेट गुमाई जित हात पा¥यो । जस्मा सागर पुनले ४८ बलमा १ छक्का र ७ चौका प्रहार गरी ५९ रन र अनिल मण्डलले ५४ बलमा ६ चौका प्रहार गरी नटआउट ६२ रन बनाएका थिए । पुलिसका मन्जित श्रेष्ठ र दिपेन्द्र ऐरीले १–१ विकेट लिएका थिए ।

बुद्धिचालमाः
नेपाल आर्मी क्लबका क्यान्डिडेटमास्टर मोनालीसा खम्बुले एक खेल अगावै राष्ट्रिय महिला बुद्धिचालको उपाधि जितेकी छन् । सातौं राष्ट्रिय खेलकुद अन्र्तगत धनकुटामा जारी राष्ट्रिय बुद्धिचाल प्रतियोगितामा बुधबार सम्पन्न आठौं चरणको खेलमा मध्यमाञ्चलका पुर्णिमा जयसवाललाई हराउँदै मोनालिसा दोश्रो पटक राष्ट्रिय प्रतियोगिताको उपाधि हात पार्न सफल भएकी हुन । उनको ८ खेलबाट ७ दशमलब ५ अंक भएको छ । मोनालीसाले शुक्रबार हुने नवौं चरणको खेलमा नेपाल आर्मीका वुमन क्यान्डिडेटमास्टर सुरुची थिङसँग प्रतिष्पर्धा गर्नेछिन् ।
खुलातर्फ मध्यमाञ्चलका मदनकृष्ण कायस्थको अग्रता कायमै रहेको छ । आठौं चरणमा पूर्वाञ्चलका प्रकाश नेपाललाई हराउन सफल मदनकृष्णको सात अंक भएको छ । अन्तिम चरणको खेलमा उनले एपिएफ क्लबका सुमित पन्तको सामना गर्नेछन् ।
मध्यमाञ्चलका क्यान्डिडेटमास्टर रिजेन्द्र राजभण्डारी नेपाल आर्मीका हिमाल लामालाई हराउँदै ६ दशमलब ५ अंकका साथ दोश्रो स्थानमा रहेका छन् । मध्यमाञ्चलका आशिष फुँयाल तथा क्षितीज भण्डारी, नेपाल आर्मीका क्यान्डिडेटमास्टर भुपेन्द्र निरौला तथा हिमाल लामा र एपिएफका सुमित समान ५ दशमलब ५ अंकमा छन् । त्यसैगरी नेपाल आर्मीका क्यान्डिडेटमास्टर केशव श्रेष्ठ, पूर्वाञ्चलका प्रकाश नेपाल, पश्चिमाञ्चलका सविन चन्द्र घिमिरे तथा मध्यमाञ्चलका नविन तण्डुकार र कमल श्रेष्ठको समान पाँच–पाँच अंक भएको छ ।
महिलातर्फ नेपाल आर्मी क्लबका वुमन फिडेमास्टर सुजना लोहनी तथा सिन्दिरा जोशी समान ६ अंकका साथ संयुक्त दोश्रो स्थानमा रहेका छन् । मध्यमाञ्चलका सविना श्रेष्ठ तथा नेपाल आर्मीकी सुरुचीको समान ५ दशमलब ५ अंकमा रहेका छन् । त्यसैगरी पूर्वाञ्चलकी कृपा अधिकारी ५ अंकमा रहेकी छन् ।

केशव श्रेष्ठ र सुजना लोहनी पहिलो रेपिड चेस च्याम्पियन
नेपाल आर्मीका क्यान्डिडेटमास्टर केशव श्रेष्ठ र वुमन फिडेमास्टर सुजना लोहनी पहिलो रेपिड चेस च्याम्पियन बनेका छन् । सातौं राष्ट्रिय खेलकुद अन्र्तगत धनकुटामा जारी राष्ट्रिय चेस प्रतियोगिताको रेपिड तर्फको उपाधि जित्ने क्रममा केशवले ७ खेलबाट ५ दशमलब ५ अंक बटुले । समान ५ दशमलब ५ अंक बनाएका पूर्वाञ्चलका प्रकाश नेपाल तथा मध्यमाञ्चलका गणेशमान दुवाल प्रोगेशिभ प्वाईन्ट टाईब्रेकरमा पछि पर्दै क्रमशः दोश्रो तथा तेश्रो स्थानमा रहे ।
महिलातर्फ ७ खेलबाट समान ६ अंक बनाएका नेपाल आर्मीका सुजना लोहनी तथा सीन्दिरा जोशीर एपिएफका शान्ता थापा क्रमशः पहिलो, दोश्रो र तेश्रो स्थानमा रहे ।

फेन्सिङ ःआर्मीको टिमलाई इपीमा स्वर्ण
सातौ राष्ट्रिय खेलकुद प्रतियोगिता अन्र्तगत भएको दोस्रो राष्ट्रिय फेन्सिङ्ग प्रतियोगिताको इपी महिला टिम इभेन्टमा आर्मीले स्वर्ण पदक जितेको छ । त्रिपुरेश्वरस्थित कर्भडहलमा भएको प्रतियोगिताको दोस्रो दिन मनिाष रायमाझी, इन्दिरा पौडेल, अन्जना श्रेष्ठ र रविना धिमाल सदस्य रहेको आर्मीको टिमले स्वर्ण जितेको हो । रजत विजेता एपीएफमा श्रद्धा मल्ल, जानुका स्याङतान, अनिता कार्की, सुदिना धिमाल रहेका छन् । त्यसैगरि मध्यमाञ्चल कास्य पदक जितेको छ । सो टिममा सुषमा के मल्ल, उषा खड्का र अन्जु तमाङ रहेका छन् ।
पुरुषतफ भने एपीएफले स्वर्ण हात पारेको छ । सो टिममा सुखीराम तामाङ, जंग गिरी, राजेन्द्र श्रेष्ठ र सागर थापा छन् । मध्यमाञ्चलले रजत जित्यो । सो टिममा छिरिङ तामाङ, मिराज प्रजापति, सुविराज याखा र ओमकार सिंह छन् । सेनाले भने काश्यमा चित्त बुझाएको छ । सो टिममा प्रकाश भण्डारी, सागर केसी, दिपेन्द्र विष्ट र सवि श्रेष्ठ छन् । महिलाको एकल स्याबर इभेन्टमा भने सेनाकी अस्मिता बस्नेतले स्वर्ण जितिन् । एपीएफकी तुलसा बुढाथोकीले रजत जितिन् भने सेनाकी रविना थापा र एपीएफकी सुकमाया घिसिङले काश्य जितिन् । पुरुषतर्फ भने एपीएफका जयराम अवस्थिले स्वर्ण जिते । एपीएफकै प्रकाश कुँवरले रजत जिते । नेपाली सेनाका अमित भण्डारी र पश्चिमाञ्चलका खुशीमान गुरुङले काश्य जिते । सो स्पर्धाको महिला टिम इभेन्टमा भने सेनाले स्वर्ण जित्यो । एपीएफले रजत जित्यो भने पश्चिमाञ्चले काश्य जितेको नेपाल फेन्सिङ संघका महासचिव सुजनलाल श्रेष्ठले बताए ।

साइक्लिङः
सातौ राष्ट्रिय प्रतियोगिता अन्तर्गत धरानमा सञ्चालन भएको १५ औ राष्ट्रिय माउन्टेन वाइक चेम्पियसिपको खुल्ला पुरुषतर्फ नुवाकोटका बुद्धिबहादुर तामाङले प्रथम स्थान हासिल गरेका छन् भने महिलातर्फको खुल्लातर्फ लक्ष्मी मगरले प्रथम स्थान हासिल गरेका छन् ।
तामाङले नाइन ल्याप (२७ किमी) को दूरी १ घण्टा २७ मिनेटमा पार गर्दै प्रथम स्थान हासिल गरेका हुन् भने लक्ष्मीले १ घण्टा १४ मिनेट २९ सेकेन्डमा निर्धारित दूरी १८ किमीको दूरी पार गर्दै प्रथम स्थान हासिल गरेका हुन् ।
यसैगरी खुल्लातर्फ निर्धारित दूरी १ घण्टा २७ सेकेन्ड ४७ सेकेन्डमा पार गर्दै काठमाण्डौका नारायण गोपाल महर्जन दोस्रो स्थान हात पारे भने सोही दुरी १ घण्टा ३३ मिनेट २४ सेकेन्डमा पार गर्दै काठमाण्डौकै राजकुमार श्रेष्ठले तेस्रो स्थान हात पारेका छन् ।
धरान १४ विजयपुरमा आयोजना गरिएको सो प्रतियोगिताको महिला खुल्लातर्फ निर्धारित दूरी १ घण्टा १७ मिनेट ३४ सेकेण्डमा पार गर्दै नेपाल आर्मीकी मञ्जुकुमारी खड्का र आर्मीकै पुष्पाकुमारी भण्डारीले १ घण्टा २० मिनेट २४ सेकेण्डमा पार गर्दै तेस्रो स्थान हासिल गरेकी छन् ।
यसैगरी पुरुष जुनियरतर्फ सिन्धुपाल्चोकका सुरज राना मगरले प्रथम स्थान हासिल गरेका छन् । उनले निधारित १८ किमीको साइकल यात्रा ५९ मिनेट २१ सेकेन्डमा पार गरेका थिए । यस्तै १ घण्टा १ मिनेटमा निर्धारित दूरी पार गर्दै काठमाण्डौका प्रचित थापा मगरले दोस्रो स्थान हात पारे भने सुनसरीका अनिष तामाङले तेस्रो स्थान हात पारेका छन् ।
यस्तै ३० बर्ष माथिको पुरुषतर्फ रौतहटका विक्रम राईले निर्धारित दूरी १८ किमी १ घण्टा ११ मिनेट २४ सेकेण्डमा पार गर्दै प्रथम, प्युठानका दामोदर बुढा मगरले १ घण्टा ११ ३६ सेकेण्डमा पार गर्दै दोस्रो र विभागीय टिम शशस्त्र प्रहरीका आश नारायण चौधरीले १ घण्टा १३ मिनेट २४ सेकेण्डमा निर्धारित समय पार गर्दै तेस्रो स्थान हासिल गरेका हुन् ।

जिम्न्याष्टिक ः एपीएफलाई १० स्वर्ण
धुलाबारीको पासाङ ल्हामु कवर्ड हलमा विहीवार सम्पन्न भएको जिम्न्यास्टिक प्रतियोगितामा विभागिय टीम एपीएफले १० स्वर्ण जितेको छ ।
पुरुषतर्फ टीम इभेन्टसहित ७ र महिलातर्फ पनि टीम इभेन्टसहित ३ गरी कुल १० स्वर्ण एपीएफको पोल्टामा परेको हो ।
पुरुषतर्फको भुई व्यायाममा राजु राई (एपीएफ) ले एपीएफकै उज्जवल तिवारीलाई हराए । मध्यमाञ्चलका त्रिदेव गिरीले काष्य जिते ।
पोमेल हर्षमा राजुले स्वर्ण, एपीएफकै रमेश श्रेष्ठले रजत र सुदुरपश्चिमका भक्तवहादुर चौधरीले काष्य जिते । रोमन रिङमा पनि राईले स्वर्ण, श्रीकृष्ण गर्वुजा (एपीएफ)ले रजत र सत्यनारायण मानन्धर (मध्यमाञ्चल)ले काष्य जिते ।
पारलर वारमा राजुले स्वर्ण जित्दा विष्णु वाटा(एपीएफ)ले रजत र सत्यनारायण मानन्धर (मध्यमाञ्चल) ले काष्य थापे ।
त्यस्तै राजुले अलराउन्ड च्याम्पियनमा स्वर्ण जित्दा उज्जवल तिवारी (मध्यमाचल) र भक्तवहादुर चौधरी (सुदुरपश्चिम) ले क्रमशः रजत र काष्य जिते । पुरुषतर्फको मल्तिङमा भने उज्जवल तिवारी (मध्यमाञ्चल) ले स्वर्ण जिते । एपीएफका खेलाडीद्धय दिनेश सुनार र रमेश श्रेष्ठले क्रमशः रजत र काष्य पाए । पुरुष टिम इभेन्टमा एपीएफले स्वर्ण जित्यो । मध्यमाञ्चलले रजत र सुदुुरपश्चिमाञ्चलले काष्य जित्यो ।
महिला तर्फको टिम इभेन्ट पनि एपीएफकै पोल्टामा पर्यो । रजत मध्यमाञ्चल र काष्य सुदुपश्चिमले जित्यो । भल्टिक टेवलमा रेसिका श्रेष्ठ (एपीएफ) ले स्वर्ण जितिन् । तारा शिवाकोटी (मध्यमाञ्चल) र पिंकी झाङ (एपीएफ) ले रजत र सुनिता निरौला (एपीएफ) ले काष्य जिते ।
भु“ई व्यायाममा तनै मेडल एपीएफले जित्यो । पिंकी झाङले स्वर्ण, रेसिका श्रेष्ठले रजत र सुनिता निरौलाले काष्य जितिन् ।
अलराउन्डमा पनि तीनै मेडल एपीएफको पोल्टामा पर्यो । रेसिकाले स्वर्ण, पिंकीले रजत र सुनिताले काष्य जिते । विजेता टीमलाई युवा तथा खेलकुद मन्त्री दलजित श्रीपालीलगायतले मेडल प्रदान गरे ।
लोकेन्द्र बस्नेतको सहयोगमा

Muktinath Bank

Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

Advertisment
Nabil box
Kumari
Vianet communication
Laxmi Bank
hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १७, २०८०

कम उमेरमै विश्व क्रिकेटमा प्रभाव छोडेका नेपालका लेग स्पीनर सन्दीप लामिछाने अर्को दुर्लभ विश्व कीर्तिमान निकट पुगेका छन् । यस अघि गत वैशाखमा कीर्तिपुरमा ओमानविरुद्ध एकदिवसीयमा सबैभन्दा छिटो ४२ खेलमा एक सय विक...

मंसिर ३, २०८०

आईसिसी एकदिवसीय क्रिकेट विश्वकप फेरि एक पटक अष्ट्रेलियाले जितेको छ । यससँगै घरेली मैदानमा उपाधि जित्ने भारतको सपना चकनाचुर बनेको छ ।   अष्ट्रेलियाले आज अहमदाबादमा भएको फाइनलमा भारतलाई छ विकेटले पर...

कात्तिक १७, २०८०

यूएईलाई ८ विकेटले पराजित गरेर नेपाल सन् २०२४ मा अमेरिका र वेस्ट इन्डिजमा हुने टी–ट्वान्टी विश्वकपमा छनोट हुँदै गर्दा एउटा दृश्यले सबैको ध्यान तान्यो ।  सामाजिक सञ्जालदेखि अन्तर्राष्ट्रिय स्तरसम्म चर्चा...

पुस १, २०८०

राष्ट्रिय खेलकुद परिषद्का पूर्व सदस्य सचिव युवराज लामाले खेलकुद मेडल जित्नको लागि मात्रै नभएर राष्ट्र र राष्ट्रियताको लागि पनि हुनुपर्ने बताएका छन् । जापान गोजुरियो कराँते डो. मिसन संघ नेपाल केन्द्रीय समितिले ...

मंसिर ३, २०८०

फाइनलअघि १० खेलमा १० जीत, व्यक्तिगततर्फ सर्वाधिक रन (विराट कोहली- ७६५), अनि सर्वाधिक विकेट (मोहम्मद शमी- २४) को बलमा तेस्रोपटक विश्वकप विजेता बन्ने भारतको सपना सपनामै सीमित रहन पुगेको छ । अहमदावादस्थित नर...

कात्तिक २०, २०८०

इंग्ल्यान्ड राष्ट्रिय फूटबल टोलीले ब्राजिललाई आफ्नो घरेलु मैदान वेम्बलीमा खेल्न निम्तो गरेको छ ।  यो खेल आगामी वर्षको मार्च २३ मा हुने ईएसपीएन एफसीले जनाएको छ । यसअघि यी दुई टोलीबीच सन् २०१७ मा लण्डनस्...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

बैशाख १, २०८१

आत्मिक शुद्धताका पक्षपाती दार्शनिक सुकरात चौबाटोमा उभिएर एथेन्सबासीलाई आह्वान गरिरन्थे– ‘तपाईं नीति, सत्य र आत्माको शुद्धताका लागि किन ध्यान दिनुहुन्न ?’ उनका अर्थमा त्यो जीवन बाँच्न योग्य हुँदैन...

x