×

NMB BANK
NIC ASIA

आगो बलिरहेको ग्रिनेडलाई च्याप्पै समातेर मिल्काएँ : प्रहरी हवल्दार राना

कात्तिक २०, २०७४

NTC
Sarbottam
Premier Steels
Marvel
मेरो नाम दुर्गाबहादुर राना हो । घर मेरो सल्यान । प्रहरीमा जागिर खाएको १६ वर्ष पुग्नै लाग्यो । आज जे घटना भयो त्यसलाई दुर्घटनामा परिणत हुनबाट रोकेकोमा धेरै खुशी भएको छु ।  बुधवार बिहान ७ बजे देखिनै निर्वाचन शुरु भएको हो । दाङको तुल्सीपुर उपमहानगरपालिकाको वडानम्बर ३ को अम्बाक मतदान केन्द्रमा हामी सई साबको नेतृत्वमा खटिएका थियौं । निर्वाचन राम्रैसँग भइरहेको थियो ।

अम्बाक गहिरो ठाउँमा पर्छ । मतदान केन्द्रको पूर्वी भेगमा अलिकति उकालो ठाउँ छ । उकालोमा जंगल समेत छ । मतदान चलिरहेको केही समयपछि जंगलतर्फबाट आएको एउटा वस्तु मतदाताहरू लाइन लागेको ठाउँमा खस्यो ।
मलाई त लागेको थियो, त्यो बच्चाहरूले फालेको ढुंगा हो । तर त्यो म भएभन्दा एक मिटर मात्रै टाढा खस्यो । खस्नेबित्तिकै मैले देखें, त्यो ग्रिनेड थियो ।

मैले तत्कालै त्यसलाई समातेर जताबाट आएको हो त्यतै फालिदिएँ । मतदानमा आएका जनता बचाउनु मेरो कर्तव्य थियो । मैले त्यहाँबाट फालेको ५ सेकेन्डपछि त्यो ग्रिनेड पड्कियो । त्यो बम चौरमा पड्किएको भए ठूलो क्षति पनि हुन सक्थ्यो ।

आगो बलिरहेको ग्रिनेडलाई मैले केही पनि नसोची च्याप्पै समातेर मिल्काएँ । पड्किएपछि जनताहरू त्रसित भए । भाग्न खोजे । तर हामीले उहाँहरूलाई कन्भिन्स गरेपछि फेरि मतदान सुचारु भयो ।

मैले २०५८ सालमा जागिर खाएको हुँ । ६ महिनापछि मेरो सेवाअवधि १६ वर्ष पुग्छ । त्यसपछि म पेन्सनमा जाने बाटो पनि खुल्छ । जागिरको अन्तिम समयमा आएर मैले एउटा उदाहारणीय काम गर्न पाएकोमा खुशी छु । मलाई मेरा सिनियरहरूले बधाई दिए । प्रशंसा गरे । संकटकालमा जागिर खाइयो । गणतन्त्र आएपछि बम नियन्त्रण गरियो । जागिर सकिनै लाग्दा यस्तो लेखेको रैछ ।

यहाँका जनताले पनि मलाई बधाई दिइरहेका छन् । सम्मान गरिरहेका छन् । निकै खुसी लागेको छ । अहिले मतदान सकिएको छ । हामी मतपेटिका पोको पार्ने काममा लाग्दैछौं ।

(लोकान्तरका विशाल भट्टराईसँग हवल्दार दुर्गाबहादुर रानाले टेलिफोनमा गरेको कुराकानीमा आधारित)

Muktinath Bank

Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

Advertisment
Nabil box
Kumari
Vianet communication
Laxmi Bank
hAMROPATRO BELOW NEWS
TATA Below
जेठ ११, २०७९

जिल्लाका १५ पालिकामध्ये दुई पालिकाका प्रमुख पदमा महिला निर्वाचित भएका छन् । निर्वाचित हुनेमा बिर्तामोड नगरपालिका प्रमुख पवित्रा महतरा र गौरीगञ्ज गाउँपालिका अध्यक्ष फूलमति राजवंशी रहेका छन्। महतरा नेकपा (एमाले)ब...

जेठ १२, २०७९

स्थानीय तह निर्वाचनमा १४ हजार ४०२ महिला निर्वाचित भएका छन् । हालसम्म परिणाम सार्वजनिक भएका पालिकाको अन्तिम मतपरिणामका आधारमा निर्विरोधसहित उक्त सङ्ख्यामा महिला निर्वाचित भएका हुन् ।  सो आँकडाका आधारमा ४...

जेठ १६, २०७९

त्रियुगा नगरपालिकाको प्रमुखमा नेपाली कांग्रेस र उपप्रमुखमा नेकपा एमाले विजयी भएको छ । मतगणनाको सोमवार प्राप्त भएको परिणामअनुसार प्रमुखमा कांग्रेसका वसन्तकुमार बस्नेत विजयी भएका छन् । उनले १३ हजार ९५९ मत प्र...

जेठ ९, २०७९

तुलसीपुर उपमहानगरपालिकामा ४९ हजार ३३ मत गणना भएको छ । उपमहानगरको मेयर पदमा नेकपा एमालेका टिकाराम खड्काले २० हजार ८९४ मतसहित अग्रता कायम राखेका छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका गेहेन्...

मंसिर ११, २०७९

प्रतिनिधिसभा सदस्य निर्वाचनको जारी मतगणनामा नेपाली कांग्रेसको अग्रता कायमै छ । निर्वाचन आयोगका अनुसार आज साँझसम्म प्रतिनिधिसभा सदस्यको प्रत्यक्षतर्फ एक सय ६५ सिटमध्ये एक सय ५७ क्षेत्रको मतपरिणाम सार्वजनिक भइसकेको छ...

जेठ १०, २०७९

तनहुँका १० पालिकाको प्रमुखमा महिला नेतृत्व शून्य भएको छ । विसं २०७४ को स्थानीय तह निर्वाचनबाट म्याग्दे गाउँपालिकाको अध्यक्षमा मायादेवी राना निर्वाचित भएर एक्लो पालिका प्रमुखको जिम्मेवारी निर्वाह गरेकी उनी यसपटकक...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x