×

NMB BANK
NIC ASIA

काठमाडौं, २६ असार –
पैसाले सबथोक आउँछ भने माया किनी ल्याउनू
पैसाले यदि शान्ति मिल्दछ भने उद्यान के धाउनु
कवि सुदेश सत्यालले आफ्ना कविताका यी श्लोक वाचन गर्दा हलभरि ताली बजिरह्यो । कार्यक्रममा सत्यालकै कविता सुन्नकै लागि भनेर एक हुल युवापुस्ता कार्यक्रममा उपस्थित भएका थिए ।

आइतवार शताब्दी साहित्य प्रतिष्ठानले २ सय ४ औं भानु जयन्तीको अवसरमा आयोजना गरेको ‘आठ कविका चौबीस कविता’ कार्यक्रममा आठ कविले आफ्ना छन्दोबद्ध कविता सुनाइरहँदा दर्शकले कार्यक्रमको अन्तिमसम्म साथ दिए ।

केही समयअघिसम्म छन्द कवितालाई गद्य कविताले ओझेलमा पारेपनि अहिले भने छन्द कविता र कवि पनि जुर्मुराएको पाइन्छ । आठ युवाकविले विभिन्न छन्दमा रचेका आफ्ना कविता सुनाउँदा कविता सुन्न आएका दर्शक बेलाबेलामा मन्त्रमुग्ध देखिन्थे । कविले आफ्ना कवितामार्फत नेपाली सीमा, राष्ट्रियता, प्रकृति, आमा, समाज लगायतका विषयवस्तु उठान गरेका थिए । शृंगारका विषयमा कमै कविता वाचन गरिए ।

न्यानो काख थियो सुरक्षित जहाँ संसारभन्दा पर
रित्तो आँगनले निःशून्य छ भन्ने आमाविनाको घर
चौतारी पनि आँसु झार्दछ शमी डाक्दैछ आऊ भनी
कोइली रुन्छ कुहुकुहु विरहमा आमा कहाँ छौ तिमी

कवि प्रदीप खद्योतले आफ्ना कवितामार्फत देशप्रेमका साथै आमाको महिमालाई चित्रण गरेका थिए । ‘नेपाल मेरो घर’ शीर्षकको शार्दूलविक्रीडित छन्दमा लेखिएको उनको कवितामा नेपालको सुन्दर पक्षको वर्णन गरिएको थियो । त्यस्तै उनले आफ्ना अन्य कवितामा आमाप्रतिको स्नेह र देशप्रेमलाई पनि प्रस्तुत गरेका थिए ।

त्यस्तै कवयित्री प्रेक्षा लम्सालले आफ्ना कवितालाई गीती भाकामा सुनाइन् । उनको वाचनशैलीले धेरैको ध्यान खिचेको थियो । उनले शार्दूलविक्रीडित छन्दमा ‘के छैन नेपालमा’ शीर्षकको कवितामार्फत नेपालको प्रकृति र सम्भावनाको पनि वर्णन गरेकी थिइन् ।

हे आमा ! अति खुशी मिल्छ मनमा जन्माएछौ स्वर्गमा
स्वर्गैको रूप ढल्किने गुण छ यो के छैन नेपालमा ?
उनले आफ्ना अन्य दुई कवितामार्फत पनि राष्ट्रभावलाई प्रस्तुत गरेकी थिइन् । उनले शिखरिणी छन्दमा सुनाएको कविताले पनि दर्शकको मन जितेको थियो । त्यस्तै अर्का युवा कवि दीपेन्द्र उपाध्यायले तीन कवितामध्ये पहिले ‘ईश्वरलाई प्रश्न’ शीर्षकको कविता सुनाएका थिए । अनुष्टुप् छन्दको उक्त कवितामा उनले समाजमा देखिएका कमजोर पक्षलाई उठान गर्दै कवितामार्फत ईश्वरलाई प्रश्न सोधेका थिए ।

कार्यक्रममा अतिथिका रूपमा उपस्थित वरिष्ठ साहित्यकार डा. नवराज लम्साल, डा. देवी नेपाल, डा. रामप्रसाद ज्ञवाली र भुवनहरि सिग्देलले पनि आफ्ना छन्द कविता सुनाएका थिए । युवाकविलाई भोलिका दिनमा ‘मैले केही कविता लेखें भन्दैमा अहंभाव नपलाओस्’ भन्ने सुझाव पनि दिएका थिए उनीहरूले ।

‘साहित्य सृजना सामान्य विषय होइन, हामी अमर हुने बाटोमा छौं,’ कविता वाचन गरेका कविलाई इंगित गर्दै डा. देवी नेपालले भने, ‘हिजो प्रधानमन्त्री भएका केपी ओलीलाई हामी पूर्वप्रधानमन्त्री भन्छौं, तर २०४ वर्ष पुराना भानुभक्तलाई हामीले भूतपूर्व कवि भन्दैनौं ।’

उनको भनाइप्रति दर्शक, कविप्रेमी तथा कविले ताली बजाएर समर्थन गरेका थिए ।

अर्की कवयित्री संगीता खत्रीले आफ्नो कवितामार्फत राष्ट्रिय भावनालाई प्रस्तुत गरेकी थिइन् । कार्यक्रममा शर्मिला गिरीले पनि आफ्ना कविता वाचन गरेकी थिइन् । उनले पनि आफ्ना कवितामा देशप्रतिको भावनालाई उठान गरेकी थिइन् ।

कार्यक्रममा सुनिता सापकोटाले पनि आफ्ना कविता वाचन गरेकी थिइन् । अर्की कवि उर्मिला कोइरालाले पनि आफ्ना कविता सुनाएकी थिइन् । उनले कार्यक्रममा आफ्नो शिखरिणी छन्दको कविता सुनाएकी थिइन् ।

लेखनका दृष्टिले सूत्रबद्ध गरेर लेख्नुपर्ने भएकाले पनि युवापुस्ता छन्द कवितातर्फ आकर्षित भएको पाइँदैन । पछिल्लो समयमा भने छन्द कविताको बजार बिस्तारै स्थूल बन्दै गएको सञ्चारकर्मी, गीतकार तथा साहित्यकार नवराज लम्सालले बताए ।

‘कविता मुटु हो । सामान्य साधनाले म कवि बन्छु भन्ने नसोच्नुहोला’, लम्सालले कार्यक्रममा उपस्थित दर्शकलाई समेत आग्रह गर्दै भने ।

कार्यक्रममा युवाकविका कविताले दर्शकको मन जितेको थियो । महिलाको मात्र नेतृत्व रहेको शताब्दी साहित्य प्रतिष्ठानले यस्तोखाले कार्यक्रमको आयोजना गरेकोमा कविहरूले धन्यवाद समेत व्यक्त गरेका थिए ।

कार्यक्रममा सुदेश सत्यालले वाचन गरेको ‘फर्केर आऊ घर’ शीर्षकको कविताः

पैसाले सबथोक आउँछ भने माया किनी ल्याउनू
पैसाले यदि शान्ति मिल्दछ भने उद्यान के धाउनु ?

थाहा नै समुद्रपारितिरको त्यो देश कस्तो छ र ?
यो सानो झुपडी बुझे महल हो, फर्केर आऊ घर ।
मान्छे आज विदेशको झिलीमिली देखी रमाए पनि
आमाकै प्रिय हुन्छ काख हुन्छ जहिल्यै, लाखै कमाए पनि ।।

जाँदैछौ पुतली समान नभमा उड्दै कहाँ हो पर
आफ्नै देश सिंगार्नुपर्दछ यहाँ फर्केर आऊ घर ।
बाँझो खेत जताततैतिर भए के काम खोज्छौ भन
नेपाली हुनुमा गौरव छ स्वयं के नाम खोज्छौ भन ।।


हो तिम्रै श्रमले फुलाउनप–यो यो सृजना सुन्दर
फुट्छन् मूल यही फुटाउन सके फर्केर आऊ घर ।
बस्दाखेरी यही गुराँस जसरी मुस्कान साँचिन्न र ?
चाहे खान परोस् न गुन्द्रुक ढिँडो खाएर बाँचिन्न र ?

अर्को सुन्दर देश छ खै कहाँ यो भूमिभन्दा पर
रित्तो आँगनको तिमी मखमली फर्केर आऊ घर ।
खुल्छन् गुप्त कुरा विदेशतिरका ढोका चियाएपछि
के फल्दैन हुँदैन के दशवटा नङ्ग्रा खियाएपछि ।।

Muktinath Bank

Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

Advertisment
Nabil box
Kumari
Vianet communication
Laxmi Bank
hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक ८, २०८०

पहाडमा उखु पेलेर खुदो पकाउने समय पारेर मधेशको गर्मी छल्न राजेन्द्र काका (ठूलो भुँडी लागेकाले हामीले मोटे अंकल भन्थ्यौं) गुल्मीको पहाड घरमा आउँथे । चैत–वैशाखको समयमा कोलबाट पेल्दै गरेको उखुको रस, रसेट...

असोज ६, २०८०

सानीमा भेट्न चितवन गएको थियो गोपाल चार दिन हिँडेर । राप्ती किनार नजिकको सानो गाउँमा बस्दै आएकी थिइन् उनी, जो पहाडमा खान लाउन नपुगेपछि केही वर्ष अघि पुगेकी हुन् त्यतातिर । त्यतिबेला अहिलेजस्तो यातायातको साधन...

कात्तिक २८, २०८०

गोपी मैनाली   कविहरूले केका लागि कविता लेख्छन् भन्नेमा मत्यैक्यता पाइँदैन । कोही आनन्दका लागि भन्छन्, त कोही उपयोगिताका लागि । अझ कोही त अभिव्यञ्जनाको अर्को उद्देश्य नै हुँदैन भन्ने गर्छन् ।  ...

कात्तिक ८, २०८०

असोज तेस्रो साता बिहीबार, बुकीबाट गोठ औल झर्ने दिन । लाहुरेहरू आउनु र बुकीबाट गोठालाहरूको हुल गाउँमा झर्नु दशैंको रौनक हो । ‘भोलि साँझ डाँफे चराउन जाने’, सुत्ने बेला गोठमा सल्लाह भयो । घर...

चैत ३०, २०८०

लेखक एवं पत्रकार अखण्ड भण्डारीको उपन्यास ‘बोरा’ विमोचन भएको छ ।  अन्नपूर्ण पोस्ट दैनिकका प्रधान सम्पादक भण्डारीको ‘बोरा’ उपन्यास शुक्रवार काठमाडौंमा आयोजित कार्यक्रममा विमोचन गरिए...

मंसिर ४, २०८०

विसं २०७९ को मदन पुरस्कार प्राप्त गरेको ‘ऐँठन’ उपन्यासका लेखक विवेक ओझालाई गृहनगर टीकापुरमा विभिन्न संघसंस्थाले सम्मान गरेका छन् । ओझालाई नेपाल रेडक्रस सोसाइटी टीकापुर उपशाखा, उद्योग वाणिज्य सङ्घ, ...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x