पुस ११, २०८०
कार्यभार सम्हालेको एक वर्ष पुगेको अवसरमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मंगलबार राष्ट्रका नाममा सम्बोधन गर्दै कार्यशैली परिवर्तनको घोषणा गरेका छन् । ४५ मिनेट लामो सम्बोधनमा प्रचण्डले एक वर्षमा...
हाम्रा यी अति मान्य आदि-कवि हुन् अत्यन्त धर्मी थिए
लेख्ने धर्म-र-भावपूर्ण कविता भाषा बनाईदिए ।
नेपालीहरूलाई भानु-सरि भै बाटो बनाईदिए
भाषा-राष्ट्र-र-राम-भक्त कवि यी साह्रै रसीला थिए ।।
पारसमणि प्रधानले यस पद्यमा कुन कविको चर्चा गरेका हुन् सहजै बुझ्न सकिन्छ । दार्जिलिङमा बसोबास भएर पनि नेपाली भाषा एवं साहित्यमा गहकिलो योगदान गर्ने महानुभावहरूको उल्लेख गरिंदा नभुलिने अन्य दुई नामहुन्: सूर्यविक्रम ज्ञवाली र धरणीधर कोइराला । उता ‘सूधपा’ समेतका लेखक कविहरूले नेपालीलाई भाषा र साहित्यको हिसाबले समृध्द तुल्याउन जोडबल लगाइरहेका थिए भने यता नेपालमा लेखनाथ पौड्याल, लक्ष्मीप्रसाद देवकोटा र बालकृष्ण सम लगायतका स्रष्टा गद्य-पद्यका माध्यमबाट अनेकानेक रचना तथा कृतिद्वारा नेपालीलाई सबल औ आकर्षक बनाउन सक्दो मेहनत गरिरहेका थिए । जग-जाहेर छ, नेपाली आज नेपाल सरहदका अतिरिक्त भारत, भुटान र म्यानमार समेतका देशमा बोलिने लेखिने भाषा भएको छ । त्यस्तै, सञ्चार प्रविधिको तीव्र विकासले गर्दा नेपाली संसारैभर छरिएका परदेशी नेपालीभाषी समुदायका बीच जीवन्त रूपले प्रचलनमा आइसकेको छ । यो हरेक नेपालीका लागि गर्व र हौसलाको विषय हो ।
आदिकवि भानुभक्त आचार्यको जन्मजयन्ति मनाउने क्रममा नेपालमा विभिन्न कार्यक्रम भैरहेकै बखत ठीक एक वर्षअघि आजैका दिन (२९ असार तदनुसार १३ जुलाई) दार्जिलिङवासीले चौरस्तामा आयोजना गरेको नियमित कार्यक्रममा पहिलो पटक भारतका महामहिम राष्ट्रपति उपस्थित हुनु भएको थियो । प्रणब मुखर्जीसंगै र पश्चिम बंगालकी मुख्यमन्त्री ममता बनर्जीले पनि भानुभक्तप्रति ससम्मान श्रध्दाञ्जलि अर्पण गरेको प्रसङ्ग हामी सबैको मन-मस्तिष्कमा ताजै छ । भारतको संविधानले मान्यता दिएका भाषाहरूको सूचिमा नेपाली समावेश भैसकेको हुनाले मुखर्जी एवं बनर्जीका उद्गार स्वभावत: प्रसन्नताका अभिव्यक्ति हुन पुगे । नेपाललाई पुर्ख्यौली थलो मान्ने र नेपाली बोल्ने भारतका गोर्खाहरू भानु जयन्तिका अवसरको पवित्र कार्यक्रम मनाएर इतिहासको स्मरण गर्दछन् जुन हरेक कोणबाट प्रशंसनीय अभ्यास हो ।
तर दुर्भाग्य, केही सातायता दार्जिलिङ र वरपरका बस्ती अशान्त छन् । पश्चिम बंगालका प्रहरीको गोली लागेर गोर्खाहरू मारिएका छन् , घाइते भएका छन् । मुख्यमन्त्री बनर्जीको सरकारले दार्जिलिङ पर्वतीय क्षेत्रको जनसंख्याको ९५% प्रतिशतको भाषा नेपाली हो भनेर बुझ्दाबुझ्दै एकाएक बंगाल राज्यभरि बंगाली भाषा अनिवार्य गर्ने नीति घोषणा ग-यो जसले नेपालीभाषीलाई आक्रोशित तुल्यायो;अनि आन्दोलनको स्थिति आएको हो । विगतका कतिपय सन्दर्भमा नेपालीभाषी गोर्खाहरूले बंगालको आश्वासनबाट ठगिएको महसूस गरिरहेका बखत एक्कासि फेरि कलकत्ताबाटै भाषा विषयक गलत निर्णय आउनाले विरोध र विद्रोह उग्र तथा हिंसात्मक हुन पुगेको देखिन्छ । र, गोर्खाहरूको विशिष्ट चिनारीको बोध गणतन्त्र भारतको सम्पूर्ण भूभागमा होस् भन्ने आधारमा वर्षौं पहिले थालिएको बेग्लै गोर्खाल्याण्ड प्रान्त (राज्य) सम्बन्धी मागलाई तीव्र पार्न गोर्खा समुदाय बाध्य भएको हो ।
यस पृष्ठभूमिमा नेपालीभाषीहरूको मागप्रति नेपालबाट नैतिक समर्थन जनाइन्छ भने त्यसलाई नयाँ दिल्लीले अन्यथा ठान्नु हुँदैन । बरु गोर्खाहरूको साहसिलो योगदानबाट भारत सुरक्षित र लाभान्वित भएको यथार्थलाई जतिसकेको छरितो ढङ्गले मान्यता दिनुमै तत्कालीन समस्याको हल र दीर्घकालीन भलाइ हुने देखिन्छ । भारतको केन्द्रीय सरकारले समयको सङ्केतलाई चिन्ने अपेक्षा गरौं ।
कार्यभार सम्हालेको एक वर्ष पुगेको अवसरमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मंगलबार राष्ट्रका नाममा सम्बोधन गर्दै कार्यशैली परिवर्तनको घोषणा गरेका छन् । ४५ मिनेट लामो सम्बोधनमा प्रचण्डले एक वर्षमा...
काठमाडौं जिल्ला अदालतको एक आदेशका कारण बाँसबारी छालाजुत्ता कारखानाको सरकारी जग्गा घोटाला प्रकरणको अनुसन्धान यत्तिकै रोकिने हो कि भन्ने चिन्ता बढेको छ । जग्गा हिनामिनाबारे नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्...
जाजरकोटलाई केन्द्रबिन्दु बनाएर शुक्रवार मध्यरातमा गएको भूकम्पले कर्णाली प्रदेशका जिल्लामा धनजनको ठूलो क्षति पुर्यायो । आइतवार बिहानसम्म १ सय ५७ जनाको मृत्यु भएको छ भने सयौं घाइते भएका छन् । सयौंको संख्याम...
लामो समयको गृहकार्य र बहसपछि नेपाल आयल निगमले असार ३१ गते मध्यरातदेखि इन्धनको स्वचालित मूल्य प्रणाली कार्यान्वयनमा ल्याएको छ । स्वचालित प्रणाली कार्यान्वयनमा आएसँगै देशभर इन्धनको मूल्य घटेको छ । सर्वसाधार...
संघीयताप्रति नै वितृष्णा जगाउने गरी कोशी प्रदेशसभामा भइरहेको संविधानको खेलबाडमाथि सर्वोच्चले रोक लगाइदिएको छ । मुख्यमन्त्रीका रूपमा कांग्रेस संसदीय दलका नेता उद्धव थापाले प्रदेश सभामा लिएको विश्वासको मतसम्बन्...
लोकान्तर सञ्चार प्रालिद्वारा सञ्चालित लोकान्तर डट्कम (Lokantar.com) स्थापनाको सात वर्ष पूरा गरेर आजदेखि आठौं वर्षमा प्रवेश गरेको छ । यस अवसरमा सबैभन्दा पहिला हामी हाम्रा समस्त पाठक, विज्ञापनदाता र शुभेच्छुकहरूप्...
सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...
रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन । सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...
कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...