एनआइसी एशिया बैंक २० औं बर्षमा प्रवेश, पूर्ण अनलाइन सेवा शुरु गर्ने

साउन ४, २०७४ काठमाडौं,४ साउन– एनआइसी एशिया बैंकले  २० औं बर्ष प्रवेशको अवसरमा सेवाग्राहीलाई लक्षित गरी पूर्णतया अनलाइन प्रविधि मार्फत सेवा प्रदान गर्ने भएको छ ।

२० औं बर्ष प्रवेश गरेको अवसरमा बैंकले राजधानीमा बुधवार पत्रकार सम्मेलनको आयोजना गरी पूर्णतया अनलाइन सेवाको बारेमा जानकारी दिएकाे हाे ।

१९ बर्ष अघि विराटनगरमा क्षेत्रीय बैंकको रुपमा स्थापित यस बैंकले २०७० सालमा बैंक अफ एशिया नेपाल लिमिटेडसँग गाभिइ एनआइसी एशिया बैंकको रुपमा सञ्चालनमा ल्याएको थियो ।  बैंकले हालसम्म मुलुकका १ सय १९ ठाउँमा शाखा कार्यालय, चार वटा विस्तारित काउण्टरहरु, ७० एटीएम तथा ४ हजार रेमिट्यान्स काउण्टरका मार्फत सेवा पु–याउँदै आएको छ ।  Fullscreen capture 7192017 100440 PM

ग्राहकहरुलाई छिटो छरिटो तरिकाले सेवा सुविधा पु–याउन आगामी दिनमा बैंकले पूर्णतया अनलाइन सेवा शुरु गर्न लागेको सीइओ रिसालले बताए । यस प्रविधिमा इन्टरनेटको मार्फतबाट कर्जा योग्यता हेर्न मिल्ने तथा कर्जा स्वीकृतीको प्रकियाका बारे जानकारी लिनसक्ने उनले बताए ।image001

विद्युतीय बैकिङलाई अझै प्रभावकारी रुपमा अघि बढाउन पूर्णतया अनलाइन ‘एएसबीए’ प्रणाली मार्फत शेयर आवेदन, पूर्णतया अनलाइन खाता खोल्ने सुविधाहरु विस्तार गर्ने तथा कर्जा स्वीकृतीका लागि ‘स्कोर कार्ड मोडल’ लागु गर्न लागेको बैंकका सीइओ रिसालले जानकारी दिए ।
साउन ४, २०७४ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस