×

NMB BANK
NIC ASIA

स्पेनमा बस्ने नेपालीको दुःखसुखमा साथ दिनेछु : सापकोटा (अन्तर्वार्ता)

कात्तिक २०, २०७४

NTC
Sarbottam
Premier Steels
Marvel

जुलाई २३ (साउन ८) अर्थात् यही आइतवार गैरआवासीय नेपाली संघ (एनआरएनए) स्पेनको पा“चौ राष्ट्रिय महाधिवेशन हुँदैछ । २००७ मा स्पेनको बार्सिलोनामा स्थापना भएको एनआरएनए नेपालीहरूको छाता संगठनको रूपमा काम गदै आएको संस्था हो । स्पेनको पाँचौं राष्ट्रिय महाधिवेशनको नेतृत्व लिन विभिन्न राजनीतिक संगठन र जातीय संस्था अनि समाजहरूले उम्मेदवारी घोषणा गरेका छन् । स्पेनका विभिन्न शहरहरूमा विभिन्न पेशा व्यवसाय गर्ने नेपाली विद्यार्थी तथा स्पेनमा अन्य मुलुक हुँदै आएर बसोबास गर्ने नेपालीको संख्या करीब दश हजार रहेको अनुमान गरिएको छ । स्पेनको पर्यटकीय तथा खेलकुदको राम्रो अवसर भएको बार्सिलोनामा मात्रै पाँचहजार नेपालीहरूको बाक्लो बसोबास रहेको छ ।

Muktinath Bank


एनआरएनका संस्थापक सदस्य तथा नेपाली कांग्रेसको भ्रातृसंगठन स्पेनका लागि जनसम्पर्क समितिका संस्थापक सभापति एवम् पर्यटकदूत समेत रहेका चिन्तामणि सापकोटाले एनआरएनएको अध्यक्षमा उम्मेदवारी घोषणा गरेर मैदानमा होमिएका छन् । युरोपमा २१ वर्षको बसाईंमा सापकोटाले स्पेनमा मात्रै १७ वर्ष बसोबास गरेका छन् । दुई दशक युरोप बसाईंमा पहिलोपटक एनआरएनएको अध्यक्षमा उम्मेदवारी घोषणा गरेका पर्यटकदूत सापकोटासँग अधिवेशन सन्दर्भमा लोकान्तरका युरोप प्रतिनिधि दीपेन्द्र गजुरेलले गरेको कुराकानीको सम्पादित अंश ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

एनआरएनए स्पेनको पाँचौं महाधिवेशनमा तपाईंको उम्मेदवारी किन ?
दुई दशकभन्दा लामो युरोप बसाइमा नेपालीहरूलाई भवितव्य परेको अवस्थामा, सामाजिक क्षेत्र लगायत भैपरी आउने हरेक दुःखसुखमा साथ र सहकार्य गरेको छु । म युरोप बस्दै गर्दा देशमा द्वन्द्वकाल चलिरहेको थियो । आफ्नो जीवनरक्षाका लागि विभिन्न मुलुक हुँदै स्पेन आउने नेपालीहरूको लागि बस्ने व्यवस्थासहित सहयोग गरेको छु । बार्सिलोनामा आउने नेपालीहरूमा सबैभन्दा पहिले भाषा, बस्ने, खाने, पाद्रोनामेन्तो जस्ता समस्या पहिलो चरणमा आउने समस्या हो । हरेक नेपालीको दुःखमा मैले आफैं बस्ने कोठामा ल्याएर होस्टलमा सुतेको जसरी तलमाथि गरेर भएपनि सुतेको छु । एकपटक सबैको सल्लाहमा मेरो सेवाको भावनाले उम्मेदवारी दिएको हुँ स्पेन आउने नेपालीहरूको लागि स्पेन सरकारको सहकार्यमा भाषामा आउने समस्याहरूलाई निराकरण गर्न मैले दोभासेको काम गरेर हजारौं नेपालीहरूलाई आफ्नो दायित्व निर्वाह गर्ने मौका पाएकामा खुशी लागेको छ ।


Advertisment
Nabil box
Kumari

नेपालमा भविष्य सुरक्षित नहुने भएकाले हजारौं नेपालीहरू युरोप आउने गरेका छन् । तिनै नेपालीको हकहितका लागि मैले उम्मेदवारी दिएको हुँ । स्पेनमा बस्ने सबै नेपालीहरूको बच्चा बाबुनानीहरूलाई आफ्नो मौलिकता जोगाउँदै शैक्षिक क्षेत्रमा यहाँको सरकारसँग समन्वय गरेर सकारात्मक सन्देश दिने प्रतिबद्धता रहेको छ । एनआरएनए स्पेनमा मेरो प्रवेशसँगै सबै सामाजिक संस्था लगायत राजनीतिक दलसँगको समन्वयमा स्पेनमा बस्ने कागजातविहीनदेखि पेपर भएका सबैलाई रोजगारीका लागि संघको तर्फबाट सूक्ष्म रूपमा प्रयास गर्ने लक्ष्य रहेको छ । एनआरएनए स्पेनमा नेपाल र नेपालीको साझा संस्था भनेर सबैको एकताका लागि सकारात्मक भूमिका रहने र एनआरएनएको आफ्नै घर बनाउने तथा संस्थालाई चुस्त राख्ने मेरो पहिलो प्राथमिकता रहेको छ ।

Vianet communication
Laxmi Bank

युरोपमा बस्ने नेपालीहरूको मुख्य समस्या र चुनौती तथा एनआरएनएको आफ्नै समस्या कस्तो छ ?
सुनौलो भविष्यको सपना बोकेर नेपाल छोडेका हामी जस्ता युवाहरू हजारौं छन् तर पनि समस्या जहाको त्यहीँ छ । मैले संस्थापक सदस्यबाट पाँचौं अधिवेशनसम्म आउँदा कुनै बेला पदका लागि भनेर हानथाप गरिनँ । अहिले एनआरएनएमा सकारात्मक परिवर्तनका लागि मेरो अध्यक्षतामा पहल हुने देखेर साथीहरूको सल्लाहमा अनि सबैको माया, हौसला तथा सहयोगमा मेरो उम्मेदवारी परेको छ । एनआरएनए स्पेनको स्थानीय राजनीतिक पहुँच नभएकाले संस्था पछि परेको हो । आफूलाई स्पेनवासी नेपालीले जिम्मा दिए ठूलो परिवर्तन गर्ने प्रतिबद्धता जनाउँछु ।


नेपाली समुदाय र नेपालीको हकमा तपाईंको मुख्य एजेडा के छ ?

स्पेनमा तीन दर्जनभन्दा बढी जातीय संघसंस्था तथा सामाजिक संस्थाहरू खुलेका छन् तर एनआरएनएप्रतिको मोह एकदमै घटेको अवस्था अहिले देखापरेको छ । स्पेनमा बस्ने सम्पूर्ण नेपालीको हितमा एनआरएनए लागिपर्ने मैले प्रतिबद्धता गरेको छु । ठूला मार्केट तथा स्थानीय नगरपालिकासँग समन्वय गरेर सामाजिक काम गर्ने नेपालीलाई एकताबद्ध बनाउँदै एनआरएनएको कार्यालयलाई व्यवस्थित गर्दै नेपालीहरूको लागि अनलाइन प्रणालीबाट सूचना प्रदान गर्ने पहिलो प्राथमिकता रहेको छ । चिन्तामणि सापकोटा एउटा दलविशेषको मात्र नभई परिर्वतनकारी नेपालीको सेवामा २४ घण्टा रहनेछ । मलाई अमूल्य मत दिएर विजयी बनाउन अनुरोध गर्दछु । मेरो विजयसँगै सबैसँग हातेमालो गर्दै सामाजिक कामहरूमा समन्वय गरेर परिर्वतन ल्याउनेमा स्पेनवासी नेपालीलाई आशावादी रहन आग्रह गरेको छु ।

तपाईंको दुई दशकभन्दा बढी युरोप बसाइमा नेपाली समुदायहरूलाई कस्तो कुराहरूमा सहयोग रह्यो ?
दुई दशकभन्दा बढी युरोप बसाईमा विभिन्न मुलुक हुदै आउने नेपालीका लागि दोभासेको काम देखि लिएर आफ्नै कोठामा ल्याएर पाद्रोनामेन्तो लगाएत कतिलाई घरमा राखेर स्कुले जिवन शैलिमा बसोबास गरियो । एउटा घरको फ्ल्याटमा तिन कोठामा १५ जना सम्म सतेर कागजपत्र बनाएर साथिहरू दाय“ा बाया“ गरेर संघर्ष पुर्ण बाध्यात्मक अवस्थामा जिवन बाचेको स्मरण गदै अव मैले गरेको जस्तो आउने नेपालीले गर्न नपरोस भनेर परिवर्तनको लागि बाहिर निस्केको छु सहयोगको लागि सबै क्षेत्रका सामाजिक संस्था संञ्चारकर्मीहरूलाई मेरो आग्रह रहेको छ ।

तपाईंलाई एनआरएनएमा जिताउनुपर्ने चाहिँ किन ?
एनआरएनएमा नेपाली समुदाय सबैको प्रतिनिधित्व र नेपालीहरूमा एकता,सामाजिक सहयोग तथा नेपालीहरूमा आउने उच्च समस्यालाई अध्यन गरेर सक्षम नेतृत्व दिन सक्ने विश्वास म माथि भएकाले मलाई जिताउनु पर्ने हो तर पनि म परिक्षामै छु त्यो आईतबार २३मा मेरो जित सुनिश्चित रहेको छ । एनआरएनएमा सक्षम नेतृत्वको आवश्यकता छ आलोकाँचोले स्पेनमा बस्ने करिब दश हजार नेपालीको प्रतिनिधित्व गर्न केहि असहजिलो हुने सम्भावना देखेर तिन दलको सहमतीमा मेरो उमेदवारी परेको छ ।

तपाईले जितेपछि गर्ने पहिलो ठोस काम के हो ?
मेरो नेपालीहरूको हितमा ठोस काम आवश्यकता हेरेर गर्ने छु त्यो स्पेनमा भएका सामाजिक संस्था,राजनितिक संस्थाहरूको समन्वयनमा आएको मुद्धा नै मेरो पहिलो काम हुनेछ ।


एनआरएनएको अहिलेको पहिलो मुख्य प्राथमिकता र चासोको विषय चाहिँ कुन हो ?

एनआरएनएको केन्द्रको नीति अनुरूप नेपालमा गएको महाभुकम्पको बेलामा सहयोग गर्ने योजना अनुरूप लाप्राकमा घरहरू बन्दैछ त्यस्तै नेपाल र नेपालीको छाता संगठनको रूपमा रहेको एनआरएनएले हरेक क्षेत्रमा स्वतस्फुर्त रूपमा भैपरि आउने काममा तत्काल निर्णय गर्ने भएकाले केन्द्रको निर्देशन र स्पेनको नेपालीको हकमा काम गर्ने योजना रहेको छ ।

एनआरएनए स्पेनले नेपालका लागि ठोस सहयोग गर्ने नीति के छ ?
एनआरएन स्पेन हामी नेपालीकै छाता संगठन भएकाले राष्ट्रमा आप्पती परेको बेलामा कुनैपनि सहयोग गर्न तयार छ । स्पेन एनआरएनले नेपालको विभिन्न भागमा विधालय,स्कुलबस देखी सामाजिक कामहरूमा सहयोग गदै आएको छ । नेपाली मनहरू नेपालीका लागि सधै कटिबद्ध रहेकोमा म अझ शसक्त रूपमा लाग्नेमा प्रतिबद्धता जनाउन चाहान्छु ।


अन्तिममा एनआरएनएको चुनावको विषयमा स्पेनवासी नेपालीहरूलाई केही भन्नुछ ?

स्पेनमा बस्ने सम्पुर्ण नेपाली बा–आमा दाजुभाई तथा दिदी बैनी सबैलाई मेरो नमन् गर्दछु । तपाईहरूको सहयोग सद्धभावले मलाई एक पटक हौसाला संगै एनआरएनए स्पेनमा मौका दिनु होला भनेर आशाबादी छु । तपाईको सहयोगले परिवर्तनका लागि म सधैभरी तपाई कै साथमा छु यात्रा गर्ने बेलामा कतै अन्जानमा गलत भएको भए क्षमायाचना गर्दछु । बार्सिलोना लगाएत स्पेनको कुनैपनि भागमा बस्ने सबै नेपालीलाई समेटेर लिएर हिड्ने प्रतिबद्धता सहित मेरो उमेदवारीमा तपाईको सानो सहयोगले परिवर्तन सम्भव छ हाम्रो एनआरएनमा आउनुहोस हात्तेमालो गरौ अगाडि बढौ भनेर आग्रह गर्न चाहान्छु । र सञ्चारकर्मी मित्रहरूलाई सहयोग गरिदिन आग्रह गरेको छु ।

hAMROPATRO BELOW NEWS
TATA Below
पुस ३, २०८०

बैतडीको झुलाघाटदेखि पाँचथरको चिवाभञ्ज्याङसम्म मध्यपहाडी यात्रा सकेर नेकपा एमालेको नेतृत्व काठमाडौं फर्किएको छ । संसद्को प्रमुख प्रतिपक्षी दल एमालेको नेतृत्वले मध्यपहाडी यात्राका दौरान सरकारको चर्को आलोचना गरेक...

चैत ३, २०८०

लेखक एवं निर्देशक प्रदीप भट्टराईका जति फिल्म प्रदर्शनमा आएका छन्, ती सबैले दर्शकको माया र समीक्षकबाट प्रशंसा पाएका छन् । ‘जात्रा’, ‘जात्रै जात्रा’, ‘शत्रुगते’ र ‘महापुरुष...

फागुन ३, २०८०

नेपाली कांग्रेसबाट धोका भएको र गठबन्धन सम्बन्धमा पुनर्विचार गर्नुपर्ने अवस्था आउन सक्ने प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको अभिव्यक्तिले राजनीति तरंगित छ ।  माओवादीको विधा...

जेठ २२, २०८०

प्राध्यापक डा. जयराज आचार्यले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को भारत भ्रमण फलदायी नभएको टिप्पणी गरेका छन् । देशको प्राथमिकतालाई पहिचान गर्न नसक्दा प्रधानमन्त्री चुकेको उनको टिप्पणी छ । ‘हा...

असार १, २०८०

बुधवार उच्च अदालत विराटनगर पुग्दा धरान उप–महानगरपालिकाका मेयर हर्क साम्पाङ एक वकिलसहित भेटिए । मुद्दाको पेशी भएकाले उनी आफैं उपस्थित भएका रहेछन् । धरान खानेपानी विकास बोर्डको बैठक नबोलाएको भन्दै सा...

असोज ३, २०८०

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल समाजवादी पार्टी (नेसपा)का एकजना अध्यक्ष महिन्द्र राय यादवलाई पार्टी एकताका लागि पत्र पठाएपछि नेसपामा खैलाबैला उत्पन्न भएको छ ।&nb...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x