×

NMB BANK
NIC ASIA

निर्वाचन क्षेत्रः संसद् १६५, प्रदेश ३३०, कुन जिल्लामा कति निर्वाचन क्षेत्र ?

कात्तिक २०, २०७४

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौँ, १५ भदौ - प्रधानमन्त्री शेरबहादुर देउवासमक्ष निर्वाचन क्षेत्र निर्धारण आयोगले बुधबार प्रतिवेदन बुझाएको छ । आयोगले सङ्घीय अर्थात् प्रतिनिधिसभाको लागि १६५ र प्रदेश सभाको लागि ३३० सदस्य क्षेत्र सीमा निर्धारणसहित प्रतिवेदन बुझाएको हो ।7-pradesh
प्रधानमन्त्री निवास बालुबाटारमा आयोगका अध्यक्ष कमलनारायण दासले प्रतिवेदन प्रधानमन्त्री देउवालाई बुझाएका हुन् । त्यस अवसरमा अध्यक्ष दासले प्रतिवेदन तयारीका क्रममा अवलम्बन गरिएको प्रक्रिया र प्रतिवेदनको सार विवरण जानकारी गराएका थिए । उनले सरकारको कार्यादेशअनुसार सकेसम्म सबै पक्षसँग सुझाव लिएर तोकिएको समय सीमाभित्रै प्रतिवेदन बुझाइएको स्पष्ट गरे , गोरखापत्रमा खबर छ ।


नेपालको भौगोलिक अवस्था, जनसङ्ख्याको वितरण र सामाजिक विविधतालाई दृष्टिगत गरेर जनसङ्ख्यालाई ९० प्रतिशत र भूगोललाई १० प्रतिशत भार दिएर क्षेत्र निर्धारण गरिएको आयोगले जनाएको छ । थप भएका दुई जिल्लासहित ७७ जिल्लालाई समेटेर तयार पारिएको आयोगको प्रतिवेदनअनुसार प्रतिनिधिसभाको लागि प्रदेश नम्बर १ मा २८, प्रदेश नम्बर २ मा ३२, प्रदेश नम्बर ३ मा ३३ , प्रदेश ४ मा १८, प्रदेश ५ मा २६, प्रदेश ६ मा १२ र प्रदेश ७ मा १६ वटा सङ्घीय
निर्वाचन क्षेत्र निर्धारण गरिएको छ । प्रदेशसभामा भने प्रतिनिधिसभामा कायम भएका सदस्यको दोब्बर सदस्य रहने संवैधानिक व्यवस्था छ ।
आयोगले सबैभन्दा बढी काठमाडौँमा १० निर्वाचन क्षेत्र कायम गरेको छ भने मोरङमा छ वटा क्षेत्र निर्धारण गरिएको छ । त्यस्तै झापा, रूपन्देही र कैलाली गरी तीन जिल्लामा पाँच÷पाँच निर्वाचन क्षेत्र निधारण गरिएको छ । तराईका नौ जिल्लामा चार÷चार निर्वाचन क्षेत्र निर्धारण गरिएको छ । ती जिल्लाहरू सुनसरी, सप्तरी, सिराहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा र पर्सा छन् ।
त्यस्तै २१ जिल्लामा दुई निर्वाचन क्षेत्र निर्धारण गरिएको छ । ती जिल्ला क्रमशः इलाम उदयपुर, सिन्धुली, सिन्धुपाल्चोक, काभ्रेपलान्चोक, भक्तपुर, नुवाकोट, धादिङ, मकवानपुर, गोरखा, तनहुँ, स्याङ्जा, नवलपरासी वर्दघाट सुस्तापूर्व, नवलपरासी वर्दघाट सुस्तापश्चिम, पाल्पा, गुल्मी, बाग्लुङ, बर्दिया, सुर्खेत, दैलेख र अछाम छन् ।
आयोगले बाँकी ३५ जिल्लामा एउटा निर्वाचन क्षेत्र कायम गरेको छ । ती जिल्लामा पाँचथर, तेह्रथुम, धनकुटा, ताप्लेजुङ, सङ्खुवासभा, भोजपुर, खोटाङ, ओखलढुङ्गा, सोलुखुम्बु, रामेछाप, दोलखा, रसुवा, लमजुङ, मनाङ, मुस्ताङ, म्याग्दी, पर्वत, अर्घाखाँची, प्युठान, रोल्पा, सल्यान, रुकुम पूर्व, रुकुम पश्चिम, जाजरकोट, जुम्ला, डोल्पा, मुगु, कालिकोट, बाजुरा, हुम्ला, डोटी, बझाङ, डडेलधुरा, बैतडी र दार्चुला रहेका छन् ।

Muktinath Bank

Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

Advertisment
Nabil box
Kumari
Vianet communication
Laxmi Bank
hAMROPATRO BELOW NEWS
TATA Below
माघ २४, २०८०

कास्की प्रहरीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेसहित थप १८ जनाविरुद्ध अनुसन्धान  सुरु  गरेको  छ  ।  पोखराको  सूर्यदर्शन  बचत तथा ऋण सहकारी ठगी प्रकरणमा ...

कात्तिक २३, २०७८

विशेष  आर्थिक  क्षेत्र  (सेज)भित्र मदिरा,  सुर्तीजन्य  र  विस्फोटक  पदार्थ  उत्पादन  गर्ने  उद्योग स्थापना  गर्न  नपाइने  भएको  छ।  विश...

मंसिर ४, २०८०

नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) सँग  एकता  गर्न  नेपाल  समाजवादी  पार्टीका  अध्यक्ष डा. बाबुराम भट्टराईलाई पार्टीभित्रबाट नेताहरूले दबाब दिन थालेका छन् । पार्टीका अर्का अध्य...

माघ ३, २०८०

चालुु  आर्थिक  वर्ष  २०८०/८१  मा  नेपाली  श्रमिकका लागि मलेसियाको रोजगारी घटेको छ । गत आव २०७९/८० मा पहिलो श्रम गन्तव्य देश बनेको मलेसिया चालुु आवमा क्रमशः घटेर तेस्रो र चौथो ...

माघ २५, २०८०

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डिआइजी) अर्जुन चन्दले राजीनामा दिएको चर्चा झन्डै एक साता चल्यो तर प्रहरी प्रधान कार्यालयले चन्दको राजीनामा नभई सोमबार १० दिनको बिदा स्वीकृत ग...

कात्तिक २४, २०८०

सवारीसाधन  सुविधा  प्राप्त  गर्ने  कर्मचारीलाई  इन्धनबापत नगद उपलब्ध गराउन सरकारले निर्देशिका जारी गरेको छ । सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन, २०६४ को दफा ४५ ले दिएको अधिकार प्रयोग ...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

बैशाख १, २०८१

आत्मिक शुद्धताका पक्षपाती दार्शनिक सुकरात चौबाटोमा उभिएर एथेन्सबासीलाई आह्वान गरिरन्थे– ‘तपाईं नीति, सत्य र आत्माको शुद्धताका लागि किन ध्यान दिनुहुन्न ?’ उनका अर्थमा त्यो जीवन बाँच्न योग्य हुँदैन...

दाम्पत्य जीवनको दाम्लो

दाम्पत्य जीवनको दाम्लो

चैत २४, २०८०

दाम्पत्य जीवनको मूलभूत आधार भनेको विवाह संस्कार हो ।  यस संस्कारले उमेर पुगेका केटाकेटीलीलाई आपसमा मिलेर जीवनरथ अघि बढाउने स्वीकृति दिएको हुन्छ । यसो त संस्कारहरू धेरै छन् । तिनमा १६ संस्कार विशेष महत्व...

x