×

NMB BANK
NIC ASIA

विकृतिहरूको पर्दाफास गर्ने पुस्तक ‘निसङ्कोच अभिव्यक्ति’ लिएर आए डा. संग्रौला

कात्तिक २०, २०७४

NTC
Sarbottam
Premier Steels
Marvel
काठमाडौं १५ भदौ – संविधानविद् तथा प्रखर लेखक/साहित्यकार डा. युवराज संग्रौलाको नयाँ शैली र विषयवस्तु रहेको पुस्तक ‘निसंकोच अभिव्यक्ति’ बिहीवारदेखि बजारमा आएको छ ।

आफ्नो ३१ वर्षको कानूनी शिक्षण क्षेत्रमा सँगालेका बौद्धिक प्राध्यापकीय अनुभूतिको सारसँगै महान्यायाधिवक्ता, विभिन्न उच्च प्रशासनिक क्षेत्रका कानुनी सल्लाहकार हुँदै सामाजिक तल्लो एकाइसम्मका कार्यानुभव, यथार्थ, तथ्य र समस्याका चुरोसहित तिनको समाधानको बाटोलाई औँल्याउने एउटा विशेष कृति बनेको छ संग्रौलाको ‘निसंकोच अभिव्यक्ति’ ।

वर्तमानमा नेपाली राष्ट्रवाद मूल २ धारमा विभक्त भई चर्चामा रहेका छन् । एकातिर यो निराशावादको पराकाष्ठा र अर्कातिर आदर्शवादी भुलभुलैयामा तैरिरहेको छ । डा. संग्रौलाले यिनै विरोधाभाषभित्रका गम्भीर विकृति र विसङ्गतिका तथ्यहरूलाई पस्कँदै, राष्ट्र एउटा चुनौतीपूर्ण मोडमा उभिएको तर त्यसको अवसान अल्पचेत भएका निराशावादीहरूले भनेजसरी कदापि हुन नसक्ने सन्देश प्रस्तुत गरेका छन् ।

कृतिले विश्व मानव सभ्यता र सामाजिक विकास शृङ्खलाका पूर्व र पश्चिम दुवै धारभित्रका सत्य र मिथ्याकरणहरूलाई स्रोत सन्दर्भहरूसहित प्रस्ट पार्दछ । दर्शनको मन्थन, दार्शनिक वाद र विचारहरूको केस्राङ्कन, मूल्याङ्कन र त्यसको पर्गेल्याइसँगै कानुनको उत्पत्ति, विकास, सदुपयोग, दुरूपयोग, परिणाम र वर्तमानलाई इतिहासले छोडेका असरका छिर्काहरूको प्रस्तुतीकरणका सन्दर्भमा लेखकको विज्ञता र क्षमताको नमुना पुस्तकमा आउन सकेको छ ।

प्रस्तुत कृति विधातात्विक महत्वका हिसाबले एउटा विचित्रको संयोजन पनि हो । कृतिकारको आत्मजीवनीको मूल धारभित्र बहुविधागत सिर्जनाबान्कीको प्रयोग भएको छ । निबन्धात्मकता कृतिको भाषिक शक्ति बनेको छ ।

आख्यानात्मकताले प्रस्तुतिलाई आकर्षक बनाएको छ । लेखकीय भावनात्मकताले काव्यात्मकताको छनक दिएको छ भने अनुभव अनुभूति र यथार्थको तथ्यपरक संयोजनले इतिहास, समाजशास्त्र, दर्शन, ज्ञान र समाजको मीमांसा गरेको छ ।

कृतिको परिच्छेद/खण्डको स्वरूप, संरचना र सन्दर्भसामग्रीको विवरणले पाठ्य सामग्रीको छनक दिएको छ । यात्रावृत्तान्त/संस्मरणले विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय परिवेश समेटेको र अन्वेषणले शोधपरक प्रस्तुतिलाई पनि प्रयोग गरेका कारण समग्र विधागत अन्तर्घुलनयुक्त कृति बन्न पुगेको छ ।

जम्मा ८ परिच्छेदयुक्त ५०० पृष्ठको गहकिलो आयतनमा नेपालको न्यायपालिका, राजनीति, शिक्षा प्रणाली, लैङ्गिकलगायत सामाजिक स्वतन्त्रता र सहभागिताको पाटोभित्रका समग्र विकृति विसंगति र तिनको जडलाई आफ्नो भोगाइ र यथार्थसहित निडर भई लेखकले दृष्टान्तहरू पस्केका छन् ।

यी समग्र विसंगतिलाई चिर्दै अजेय, अमर शास्वत् तथा सनातन पहिचानको इतिहास बोकेको मुलुकका रूपमा नेपाल राज्यलाई अकण्टक राख्नका निम्ति यसको कूटनीतिक ऐतिहासिक अवस्थाको विश्लेषण, त्यसको सुधार, नेपाली चेतनास्तरको अवस्था र त्यसको सुदृढीकरणका उपायहरूमा छलफल गरेका छन् ।

राष्ट्रिय सुरक्षामाथिको अतिक्रमणका सन्दर्भ रहेका ज्यादा संवेदनशील पक्ष र तिनको मजबुतीकरणका ठोस आधार रहेको यस कृतिको मूल चुरो राष्ट्रको समृद्धिमा सच्चा राष्ट्रवादी नेपालीको भूमिकाको खाँचोलाई उजागर गर्नु रहेको देखिन्छ । चीन तथा विशेषतः तिब्बतसँगको मित्रताको ठोस र प्रामाणिक इतिहाससहित हाम्रो इतिहास र त्यसका कमजोरीहरूलाई सच्याउनु पर्ने बाटो पनि लेखकले इङ्गित गरेका छन् ।

कृतिमा विशेषतः नेपाली न्यायपालिका, कार्यपालिका (प्रशासन) र राजनीतिक वृत्तका आम मानिसले थाहा नपाएका कतिपय रोचक र विशेष आन्तरिक कुराहरू लेखकका संस्मरणहरूभित्र आएकाले पनि सबैका लागि पठनीय र रुचिकर हुनसक्ने देखिन्छ । भाव र विषय दुवै पक्षमा कृति निकै गहन रहेको छ । यो पुस्तक लेखक संग्रौलाको उच्च बौद्धिक चेतना र प्राज्ञिक अनुभव तथा अनुभूतिहरूको उपज हो भन्ने कुरा पुस्तकले प्रस्तुत गर्न सकेको छ ।
– रामचन्द्र फुयाल

Muktinath Bank

Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

Advertisment
Nabil box
Kumari
Vianet communication
Laxmi Bank
hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर २, २०८०

गोपाललाई सानैदेखि धूमपानको लत बसेको थियो, शायद संगतको प्रभाव भनेको यही हुनुपर्छ । घरमा बाबुदाजुहरू हुक्का तान्थे । त्यति बेलाको चलन के भने सबैभन्दा सानोले तमाखु भर्नुपर्ने । त्यतिसम्म त ठीकै थियो, सल्काएर समे...

कात्तिक २८, २०८०

गोपी मैनाली   कविहरूले केका लागि कविता लेख्छन् भन्नेमा मत्यैक्यता पाइँदैन । कोही आनन्दका लागि भन्छन्, त कोही उपयोगिताका लागि । अझ कोही त अभिव्यञ्जनाको अर्को उद्देश्य नै हुँदैन भन्ने गर्छन् ।  ...

मंसिर ४, २०८०

विसं २०७९ को मदन पुरस्कार प्राप्त गरेको ‘ऐँठन’ उपन्यासका लेखक विवेक ओझालाई गृहनगर टीकापुरमा विभिन्न संघसंस्थाले सम्मान गरेका छन् । ओझालाई नेपाल रेडक्रस सोसाइटी टीकापुर उपशाखा, उद्योग वाणिज्य सङ्घ, ...

असोज ६, २०८०

सानीमा भेट्न चितवन गएको थियो गोपाल चार दिन हिँडेर । राप्ती किनार नजिकको सानो गाउँमा बस्दै आएकी थिइन् उनी, जो पहाडमा खान लाउन नपुगेपछि केही वर्ष अघि पुगेकी हुन् त्यतातिर । त्यतिबेला अहिलेजस्तो यातायातको साधन...

असोज ३, २०८०

त्यो शिक्षकले पढायो, नेता बन्न सिकायो र त आज देशको बागडोर चलाइरहेका छौ । त्यो शिक्षकले पढायो, कर्मचारी बन्न सिकायो र त आज देशको प्रशासन चलाइरहेका छौ । त्यो शिक्षकले पढायो, डाक्टर बन्न सिकायो र त आज हजारौ...

कात्तिक १३, २०८०

वरिष्ठ पत्रकार तथा साहित्यकार आचार्य कमल रिजालद्वारा लिखित उपन्यास ‘सुकर्म’को अंग्रेजी संस्करण ‘डीप क्वेस्ट' प्रकाशित भएको छ । २०६९ सालमा नेपालीमा प्रकाशित उक्त उपन्यासको अंग्रेजी संस्करणलाई स...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x