×

NMB BANK
NIC ASIA

काठमाडौंका मेयरको हुँकार : म केशव स्थापित जस्तो हल्ला गर्दिनँ

कात्तिक २०, २०७४

NTC
Sarbottam
Premier Steels
Marvel
काठमाडौं, २२ भदौ – काठमाडौं महानगरपालिकाका नगरप्रमुख (मेयर) विद्यासुन्दर शाक्यले पदभार ग्रहण गरेको सय दिन पूरा भएको छ । उनले मेयरको पदभार ग्रहण गरेलगतै महानगरमा मोनोरेल केदाउने, धूलो नियन्त्रणदेखि स्मार्ट सिटी बनाउने लगायत कैयौं योजनाहरू सार्वजनिक गरेका थिए ।

सडकको खाल्डाखुल्डी पुर्ने, ट्राफिकजाम हटाउने, धरहराको गुरुयोजना बनाई कार्यावन्यन गर्ने, रानीपोखरीको पुनर्निर्माण गर्ने, डेरामा बस्नेलाई आवासको व्यवस्था गर्ने लगायत ‘एकसे एक योजना’हरू पूरा गर्ने प्रतिबद्धता गरेका थिए ।

काठमाडौंका मेयरले दाबी गरेजस्तो प्रतिबद्धता पूरा नभएको भन्दै सामाजिक सञ्जालमा उनको चर्को आलोचना भइरहेको छ । महँगो मोबाइल बाँड्ने योजना र डेढ करोडको गाडी चढ्न लागेको भन्दै सामाजिक सञ्जालमा मेयर शाक्यले चर्को आलोचना खेप्नुपर्यो ।

कांग्रेसकी उपमेयर हरिप्रभा खड्गी र अन्य वडाअध्यक्षसँग तालमेल नहुँदा बोर्डको बैठकसमेत स्थगन गर्नुपरेको खबरले उनलाई काम गर्न चुनौती भएको आंकलन गर्न सकिन्छ । मेयरको सयदिन पूराभएको र उनले गरेका महत्वकाक्षी योजना कहिले पूरा हुन्छन भनेर लोकान्तरले शाक्यसँग मंगलवार कुराकानी गरेको थियो ।
शाक्य भन्छन्–म केशव स्थापित होइन् !

‘चुनावको समयमा नै ममाथि नबोल्ने उम्मेदवार भन्थे सबैले । हो म कम बोल्ने गर्छु । काम गर्नको लागि हल्ला गर्नुपर्दैन । म नबोल्ने भएरै होला सबैजना मसँग चिढिएको । मैले नबोल्दा यो ठूलो मान्छे बन्यो भनेर पनि प्रतिक्रिया दिए । म कुराभन्दा बढी काममा विश्वास राख्दछु । शुरुमा त सबैले काठमाडौंमा पूर्वमेयर केशव स्थापित नै चाहियो भनेको समेत मेरो कानमा पर्यो । स्थापित बोल्न रुचाउँछन्, म धेरै बोल्दिन । सबैको आआफ्नो स्वभाव हुन्छ । म केशव स्थापित पनि होइन ।’

कता व्यस्त भए विद्यासुन्दर ?

मेयरलाई भेट्न कति गाह्रो छ भन्ने कुरा मिडियालाई थाहा छ । तीनचार दिन कुरेर पनि मेयरलाई भेट्न नपाएको मिडियाकर्मीहरू सुनाउँछन् । मिडियासँग त्यति खुलेर बोल्न नरुचाउने उनी पनि यो कुरा स्वीकार्छन् । उनको मोबाइलमा फोन गर्दा नउठ्ने समस्याबाट पीडित बनेको पत्रकारवृत्तमा चर्चामा छ ।

महानगरका अन्य योजनाका कुरामा व्यस्त रहनुपरेका कारण मिडियासँग अन्तक्र्रिया गर्न नपाएको शाक्यले जिकिर गरे । चुनाव जितेदेखि व्यक्तिगत कुरामा लाग्न नपाएकोे उनले सुनाए । बेला बेलामा हुने कार्यक्रममा व्यस्त रहनु पर्ने र महानगरको योजना कार्यावन्यनमा व्यस्त रहनु परेका कारण कारण पनि सञ्चारमाध्यमसँग कुरा हुन नपाएको उनी दाबी गर्छन् । यसको व्यवस्थापनको लागि आगामी दिनमा मिडिया कोर्डिनेटर राखेर नै मिडियासँग सहकार्य गर्ने उनले बताए ।

वडासँग समवन्य किन हुन सकेन ?

वडा अध्यक्षहरू कर्मचारी सरुवाका बिषयमा असन्तुष्टि जनाइरहेका छन् । मेयरले मनपरी रुपमा एकलौटी निर्णय गरेको भन्दै उपमेयर हरिप्रभा खड्गी लगायत अन्य वडाअध्यक्षहरू समेत उनीसँग असन्तुष्ट छन् । कर्मचारी सरुवा गर्दा कार्यक्षमता हेरेर नै गरेको उनले दाबी गरे । यस विषयमा वडास्तरीय रुपमा छलफल गर्न नसकेको उनले स्वीकारे ।

सबै विषयमा वडासँग छलफल गर्न सम्भव नहुने भन्दै उनले त्यस्तो अवस्थामा केन्द्रिय तहबाटै निर्णय गर्ने बताए । ‘वडामा सचिव सरुवा हुँदा वहाँहरू मसँग रिसाउनु भयो । मैले आफ्नो व्यक्तिगत रुपमा गरेको निर्णय होइन’ शाक्यले भने ।

एउटा कर्मचारी एक व्यक्तिलाई मनपर्ने र अर्कोलाई मन नपर्ने हुन्छ । त्यस्तो भन्दैमा कर्मचारी सरुवा व्यक्ति हेरेर गर्ने होइन कर्मचारीकोे कार्यक्षमता र योग्यताका आधारमा कार्यक्षेत्रमा खटिन्छन् ।

‘कर्मचारीको सरुवा कुनै मन्त्री वा सांसद्को भनसुनमा हुने होइन् । कतिपय साथीहरू त्यतातिर पनि लागेका छन् । यसमा मेरो विरोध छ । कर्मचारी सरुवा गर्ने विषय नितान्त नगरपालिकासँग सम्बन्धित कुरा हो । र, खटाइएका कर्मचारी फिर्ता बोलाउने कुरा उचित देखिँदैन’ मेयर शाक्य भन्छन्, ‘प्रत्येक वडामा एकजना अनिवार्य प्राविधिक चाहिएको माग आएको छ । वडामा प्राविधिक पठाउनको लागि केन्द्रमै माग अनुसारको जनशक्तिको अभाव छ । त्यसैले अहिले नै वडाले मागेको जस्तो प्राविधिक पठाउन सकिराखेको छैनौं ।’

काठमाडौंको सडकका खाल्डा किन पुरिएन ?

मेयर शाक्यका अनुसार काठमाडौंमा मेलम्ची खानेपानी योजनाले ढल खन्ने योजना पूरा गरेको छैन । योजना पूरा नहुँदै महानगरले खाल्डो पुर्ने नाममा हस्तक्षेप पनि गर्नुहुँदैन । महानगरले खाल्डो पुर्नेको नाममा त्यसरी बिना योजना काम गरेमा त्यसको नतिजा भोलि राम्रो हुँदैन । त्यसैले पनि खाल्डो पुर्ने काम समयमा नसकेको उनले बताए ।

‘म हिजोमात्रै बानेश्वर गएको थिएँ । बिहान जाँदासम्म केही नभएको पीच बेलुकी जाँदा खानेपानीको लागि खाल्डो खनिरहेको थियो ।’ मेयर शाक्यको प्रश्न छ,‘के त्यस्तो अवस्थामा महानगरले खाल्डो पुरेन भनेर गाली मात्रै गरेर हुन्छ ।’

उनले खाल्डो खन्दा आयोजनाले महानगरलाई जानकारी नगराएकोका दुःख व्यक्त गरे । बिना सूचना खाल्डो खन्दा यस्तो समस्या आइपरेको उनले बताए ।

‘पानी परेको बेला हिलोमा पिच नगरौं भनेर हामीले भन्यौं । यसोभन्दा प्रधानमन्त्रीको निर्देशन पालना नगरेको हामीमाथि आरोप लगाइयो । पानी पर्न रोकिएपछि बर्षापछि मात्रै पीच गरौं भनेका हौं ।ं जसका कारण पीच टिक्ने थियो ।’

काठमाडौंमा फोहर थुप्रिदाँ सबैले मेयरलाई गाली गर्छन् । तर फोहर व्यवस्थापन गर्न सरकारले समवन्यकारी भूमिका निभाएको देखिँदैन । सरकारले सहयोग नगर्दा यस्तो समस्या आएको शाक्यले बताए । काठमाडौंको फोहरफाल्ने सिसिडोलका स्थानीयले अवरोध गर्दा काठमाडौंको फोहर डम्पिङ गर्न नसकिएको हो । र,यो पुरानो समस्या पनि हो । मेयर शाक्यका अनुसार यस्ता समस्या समाधान महानगरले मात्र गर्न सक्दैन त्यसका लागि सरकारको पनि भूमिका हुन्छ ।

महानगरका कर्मचारी फोहरको गाडी लिएर सिसिडोल जाँदा उनीहरूको सुरक्षामाथि खतरा छ । उनीहरूको सुरक्षाको प्रत्याभूति सरकारले गरेमात्रै फोहर डम्पिङ गर्न सकिन्छ । यी सबै व्यवस्थापन समवन्यकारी रुपमा सम्बन्धित पक्षबाट सहयोग नभएसम्म यस्तो समस्या रहने गर्छ ।

सय दिने प्रतिवद्धता अनुसार काम अगाडि बढेको छ

सय दिनमा एक सय एक कामको सूची सार्वजनिक गरेका मेयर शाक्यले काम गर्न नसकेको भनेर चर्कै आलोचना भएको छ । तर उनी यसलाई स्विकार गर्दैनन् । उनी नीति निर्माणमा जुटेको र प्रतिवद्धता अनुसार काम भइरहेको दाबी गर्छन् ।

‘गर्न नसकेको कुरा गरे भन्नु मिल्दैन । चुनाव जितेपछि मैले गरेका प्रतिवद्धतामा कामै नभएको भने होइन । सबैले महानगरको मेयरले काम पूरा गरेनन् भन्ने मात्रै गुनासो गरिरहन्छन् । प्रतिबद्धता अनुरुप कति काम अगाडि बढेको छ भने कति कार्यावन्यनमै छन् ।’

काठमाडौं राजधानी शहर पनि हो । यहाँ सिंहदरबारदेखि सबै क्षेत्रहरू केन्द्रीकृत भएका छन् । मुलुकको प्रधानमन्त्रीदेखि मन्त्री लगायत ६०१ सभासद् यहाँ बस्ने गर्छन् । सबैकुरामा मेरो जति जिम्मेवारी छ त्यति नै वहाँहरूको पनि जिम्मेवारी छ, शाक्य भन्छन् ।

आफूमाथि प्रश्न चिह्न तेस्राउनेलाई मूल राजनीतिक नेतृत्व र सरकारले जारी गरेका प्रतिवद्धका पूरा भए वा भएनन् भन्ने हेक्का राख्न मेयर शाक्यले आग्रह गरे ।

‘आज सबैले मैले काम पूरा गरेन् भन्ने मात्र गुनासो गरिरहन्छन् । तर ती प्रधानमन्त्री र मन्त्रीले बोलेका र प्रतिबद्धता गरेका कुराहरू कति पूरा भएका छन् त त्यसमा कसैले हेक्का राखेका छ्रैनन् । खाली एकोहोरो ममाथि मात्रै नियोजित रुपमा खेदो खन्ने कार्य भएको छ । मेरो जिम्मेवारीमा नभएको कुरापनि ममाथि नै दोष थोपर्ने काम भएको छ । मेरो पीडा कसले बुझ्ने ?’

काठमाडौंभित्र काम गर्दा सबै निकायहरूको उतिकै समवन्यकारी भूमिका रहने गर्छन् । काठमाडौंमा सिंहदरबारदेखि सबै मन्त्रालयहरू छन् । यसमा सिंहदरबार टुलुटुल हेरेर बस्ने र दोषजति महानगरलाई थोपर्ने काम जायज होइन् ।
सबैले आआफ्नो तर्फबाट जिम्मेवारीपूर्वक सोचौं महानगरले मात्रै सबै अधिकार लिएर बसेको छैन् । महानगरलाई राम्रो बनाउन सबै निकायहरूको उतिकै भूमिका हुन्छ ।

मिडिया एकपक्षी रुपले खनिए !

सञ्चार माध्ययमहरू एकपक्षीय रुपमा आफूप्रति खनिएकोप्रति उनले गुनासो पोखे । सडकका ट्राफिक लाइटहरू व्यस्थापन गर्नेदेखि सबैकुरालाई व्यस्थापन मिलाउनको लागि सबै सम्बन्धित निकायहरूसँग आपसी समवन्यकारी भूमिकाको आवश्यकता पर्ने भएपनि मेयर र महानगरपालिका विरुद्धमात्र सञ्चारमाध्यम र सर्वसाधारण खनिएको मेयरको भनाइ छ ।

समन्वयका विषयमा गृहमन्त्रीसँग पनि छलफल भइरहेको मेयर शाक्यले जानकारी दिए । आपसी समवन्यकारी भूमिका नभएका कारणले एकजुट भएर विकासका काममा लाग्न नसकेको मेयर शाक्यले स्वीकारे ।

प्रस्तुतीः अशोक महर्जन

Muktinath Bank

Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

Advertisment
Nabil box
Kumari
Vianet communication
Laxmi Bank
hAMROPATRO BELOW NEWS
TATA Below
माघ २०, २०८०

नृत्यका पारखीहरूका लागि लुम्बिनी प्रदेशमा लोकप्रिय नाम हो किशोर थापा । रुपन्देहीका किशोरको परिचय खाली नृत्यकार (डान्सर)मा मात्र सीमित छैन । उनी नृत्य निर्देशक, गायक, मोडल र फूटबल खेलाडीको रूपमा समेत उत्तिकै च...

फागुन २६, २०८०

पोखराका अशोक खड्काको पारिवारिक वातावरण सानैदेखि उद्यमशीलताको थियो । उनका बुवा सधैं एकै सुझाव दिइरहन्थे– नेपालमै केही गर्नुपर्छ । उनको बालमस्तिष्कमा त्यही छाप पर्यो । विदेश जाने सोच कहिल्यै बनाएनन् । नेप...

फागुन ५, २०८०

श्रीमान्–श्रीमती नैं शाखा अधिकृत, त्यो पनि एकसाथ । यस्तो सुखद संयोग सरकारी सेवामा प्रवेश गर्न चाहनेमध्ये कमैलाई मात्र जुर्ने गर्छ । तर, गुल्मीको धुर्कोट गाउँपालिका वडा नम्बर–६ का सुरेन्द्र पाण्डे र रमित...

माघ १३, २०८०

रोल्पाका देवराज बुढामगर गाउँकै साधारण किसान हुन् । परिवर्तन गाउँपालिका–४ पाथावाङ निवासी देवराजका ६ छोरी र एक छोरा सरकारी जागिरे छन् । छोराको आसमा ६ छोरी जन्माए देवराज र उनकी श्रीमती नन्दाले । हुन पन...

कात्तिक १९, २०८०

समय : आइतवार बिहान ७ बजे  स्थान : नलगाड नगरपालिका, १ चिउरी, जाजरकोट (भूकम्पले सबैभन्दा धेरै क्षति पुर्‍याएको ठाउँ)  ‘मेरी आमालाई किन यस्तो भयो ? मलाई पनि बाँच्न मन छैन,...

मंसिर १४, २०८०

प्रगतिशील राजनीतिको 'फ्रन्टलाइन'मा देखिने नेताहरू जति कठोर हुन्छन्, त्यो भन्दा बढी ‘इमोसनल र सेन्टिमेन्टल’ पनि हुन्छन् । त्यस्तै ‘इमोसनल फिलिङ्स’का बाबजुद परिस्थितिले कठोर बन्दै गएक...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

बैशाख १, २०८१

आत्मिक शुद्धताका पक्षपाती दार्शनिक सुकरात चौबाटोमा उभिएर एथेन्सबासीलाई आह्वान गरिरन्थे– ‘तपाईं नीति, सत्य र आत्माको शुद्धताका लागि किन ध्यान दिनुहुन्न ?’ उनका अर्थमा त्यो जीवन बाँच्न योग्य हुँदैन...

x