मंसिर २, २०८०
गोपाललाई सानैदेखि धूमपानको लत बसेको थियो, शायद संगतको प्रभाव भनेको यही हुनुपर्छ । घरमा बाबुदाजुहरू हुक्का तान्थे । त्यति बेलाको चलन के भने सबैभन्दा सानोले तमाखु भर्नुपर्ने । त्यतिसम्म त ठीकै थियो, सल्काएर समे...
शिवराज आचार्य कौण्डिन्न्यायन नेपालको विद्वत्परम्परामा विशिष्ट स्थान राख्ने लेखक हुन् । नेपाली,संस्कृत र हिन्दी भाषामा ४० वटाभन्दा बढी कृति नेपाली वाङ्गमयलाई सुम्पिने सामर्थ्य जो कोहीसित हुने कुरै आएन । आचार्यको अध्ययन र अनुसन्धान गहन भएको प्रमाण निजका प्रकाशित कृतिहरू नै हुन् । वेद र वेदमा आधारित वैदिक धर्मबारे विशद व्याख्या एवं निरुपण गर्ने क्षमता भएका थोरै विद्वान्हरूमा आचार्यको नाम उल्लेख हुनेगर्छ । “उनले आफ्नो जीवनको करिव चार दशक वेदान्त विषयको प्राध्यापनमा बिताए,” सुनील सिटौलाको १६ भाद्रको फेसबुक लेखोट (पोस्ट) पढेका पाठकले आचार्यबारे यी र यस्तै जानकारी पाइसकेको हुनुपर्छ ।
नेपालले एक मूर्धन्य विद्वान् गुमाएको छ । कलेजोसम्बन्धी रोगले चापेको केही महिनापछि भाद्र १५ गते (३१ अगष्ट) मा काठमाडौंमा आचार्यको निधन भयो । वि.सं. १९९७ साल माघ २० गते शिवराज आचार्यको जन्ममिति रहेछ, त्यसको हिसाब गर्दा ७७ वर्षको आयु देखिन्छ । ५० वर्षभन्दा लामो त लेखनजीवन भएको सिटौलाको भनाइ छ ।
डा. जयराज आचार्यको कथन छ: शिवराज आचार्यलाई पूर्वीय विद्वत्परम्परा र पाश्चात्य परम्परालाई गहिराइमा बुझेर विश्लेषण गर्नसक्ने अद्वितीय विद्वान् मान्नुपर्छ । संस्कृतका रचनामध्ये ‘काव्यप्रकाश’ उनको उल्लेख्य कृति हो ।
‘भानुभक्तकृत भाषारामायण’ (जसको प्रथम संस्करण २०६७ मा प्रकाशित भएको देखिन्छ) स्वर्गीय शिवराज आचार्यका नेपाली कृतिमध्येको गहकिलो रचना हो । मूल ग्रन्थ ‘एक् दिन् नारद सत्यलोक् पुगिगया लोक्को गरू हीत् भनी’ बाट आरम्भ भएको रामायण हो तर यसमा भानुकै जीवनचरित्र र उनका अन्य कृतिसमेत समावेश गरिएको छ । उस बखतको भाषामा चलन गरिएका साह्रा-गाह्रा-अप्ठेरा शब्दहरूलाई अर्थ्याइदिने काम पनि सम्पादक शिवराज आचार्यबाट भएको छ । भानुका विषयमा समकालीन र पछिका कविहरूले पोखेका उद्गारमध्येको यो निकै रोचक देखिन्छ :---
रामायण् छ अगम्य संस्कृतमाँहाँ पुग्दैन सब्को गती
भाषाश्लोक बनाइदिन्छु र पढुन् लागोस् हरीमा मती ।
एस्तो सुर् गरि भानुभक्त कविले भाषा बनाइदिया
थर् आचार्य छ घर् त हो तनहुँमा साह्रै दयालु थिया ।।
पढाउने सन्दर्भमा शिवराज आचार्य वेद, वेदान्तमा केन्द्रित भएपनि लेखनको परिप्रेक्ष्यमा उनको सिर्जनाको फाँट निकै फराकिलो थियो: नेपाली भाषा, व्याकरण, ध्वनिविज्ञान,संस्कृतशिक्षा, संस्कृतध्वनिविज्ञान, वेदाङ्गज्योतिष, वैदिक धर्म । आदि, इत्यादि । संस्कृत ग्रन्थ एवं पध्दतिको संग्रह र व्याख्यामा पनि आचर्यको ठूलो योगदान रहेको छ । लेखकका यी बहुमूल्य कृतिहरूले नेपाली समाजले उनको सम्झना चिरकालपर्यन्त गरिरहला ।
गोपाललाई सानैदेखि धूमपानको लत बसेको थियो, शायद संगतको प्रभाव भनेको यही हुनुपर्छ । घरमा बाबुदाजुहरू हुक्का तान्थे । त्यति बेलाको चलन के भने सबैभन्दा सानोले तमाखु भर्नुपर्ने । त्यतिसम्म त ठीकै थियो, सल्काएर समे...
सानीमा भेट्न चितवन गएको थियो गोपाल चार दिन हिँडेर । राप्ती किनार नजिकको सानो गाउँमा बस्दै आएकी थिइन् उनी, जो पहाडमा खान लाउन नपुगेपछि केही वर्ष अघि पुगेकी हुन् त्यतातिर । त्यतिबेला अहिलेजस्तो यातायातको साधन...
त्यो शिक्षकले पढायो, नेता बन्न सिकायो र त आज देशको बागडोर चलाइरहेका छौ । त्यो शिक्षकले पढायो, कर्मचारी बन्न सिकायो र त आज देशको प्रशासन चलाइरहेका छौ । त्यो शिक्षकले पढायो, डाक्टर बन्न सिकायो र त आज हजारौ...
असोज तेस्रो साता बिहीबार, बुकीबाट गोठ औल झर्ने दिन । लाहुरेहरू आउनु र बुकीबाट गोठालाहरूको हुल गाउँमा झर्नु दशैंको रौनक हो । ‘भोलि साँझ डाँफे चराउन जाने’, सुत्ने बेला गोठमा सल्लाह भयो । घर...
लेखक एवं पत्रकार अखण्ड भण्डारीको उपन्यास ‘बोरा’ विमोचन भएको छ । अन्नपूर्ण पोस्ट दैनिकका प्रधान सम्पादक भण्डारीको ‘बोरा’ उपन्यास शुक्रवार काठमाडौंमा आयोजित कार्यक्रममा विमोचन गरिए...
गुणराज ढकाल सामाजिक सञ्जालमा अभ्यस्त हुन थालेपछि अध्ययन गर्ने बानी निकै घटेको छ । सामाजिक सञ्जालमा आउने टिप्पणीबाटै हामीले आफ्नो दृष्टिकोण बनाउने गर्दछौं । विषयको गहिराइसम्म पुगेर अध्ययन तथा विश्लेषण गर...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...
एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...