×

NMB BANK
NIC ASIA

बर्माबाट नेपाल आइपुगे रोहिंग्या शरणार्थी, भन्छन्– रातभरी रोएर बस्छौं !

कात्तिक २०, २०७४

NTC
Sarbottam
Premier Steels
Marvel

11काठमाडौं २५ भदौ- म्यानमारबाट लखेटिएका अल्पसंख्यक रोहिंग्या समुदायका केही शरणार्थी नेपालमा आइपुगेका छन् । म्यानमार सरकारको सेनाले दमन पूर्वक धपाएपछि उनीहरु शरण खोज्दै १२ दिनअघि नेपाल आइपुगेका हुन् । बर्माबाट लखेटिएका रोहिंग्याहरु बंगलादेशबाट भारत हुँदै नेपाल आइपुगेका हुन् ।

उनीहरु अहिले काठमाडौंको कपनमा आएर बसेका छन् । रोहिंग्या समुदायका झण्डै १ सय ९० जना एक बर्षदेखि कपनमा बस्दै आएका छन् । म्यानमारबाट परिवारसहित लखेटिएपछि आफन्त खोज्दै नेपाल आएका ३२ बर्षका रोहिंग्या आजी जुल्हकले लोकान्तरलाई बताए । ‘नेपाल आएको १३ दिन भयो, ज्यान जोगाउन सकें, तर रातभरी सुत्न सकेको छैन्’ उनले भने । शरणार्थी शिविरमा बसेका रोहिंग्या समुदायका अन्य सदस्यका अनुसार पारिवारिक बिछोडका कारण उनी रातभर रुने गरेका छन् ।

बर्माबाट लखेटिएका उनीहरु केही दिन बंगलादेशमा काम गरेर बाटो खर्च जुटाएर भारतको कोलकत्ता हुँदै नेपाल भित्रिएका हुन् । उनीहरुले आफ्नो मुलुकमा शान्ति भएर बाँच्नसक्ने अवस्था भए भोली नै स्वदेश फर्किने बताएका छन् । बर्माबाट भागेर नेपाल आएकी तमोना बेगनले आफूहरु स्वदेश फर्किन चाहेको बताइन् । ‘घरमा आगो लगाइदिएपछि नदी तरेर बंगलादेशसम्म आइपुग्यौं, त्यहाँबाट नेपाल आइपुग्यौ’ बेगनले भनिन, ‘स्वदेश फर्किने मन छ, शान्ति भए भोली नै बर्मा फर्किने ।’

म्यान्मारमा केहीदिन यता सरकारी सेनाले गरेको दमनको विश्वभर विरोध भइरहेको छ । त्यसको बाछिटा नेपालसम्म आइपुगेको छ ।

Muktinath Bank

Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

Advertisment
Nabil box
Kumari
Vianet communication
Laxmi Bank
hAMROPATRO BELOW NEWS
TATA Below
माघ १३, २०८०

रोल्पाका देवराज बुढामगर गाउँकै साधारण किसान हुन् । परिवर्तन गाउँपालिका–४ पाथावाङ निवासी देवराजका ६ छोरी र एक छोरा सरकारी जागिरे छन् । छोराको आसमा ६ छोरी जन्माए देवराज र उनकी श्रीमती नन्दाले । हुन पन...

कात्तिक १९, २०८०

समय : आइतवार बिहान ७ बजे  स्थान : नलगाड नगरपालिका, १ चिउरी, जाजरकोट (भूकम्पले सबैभन्दा धेरै क्षति पुर्‍याएको ठाउँ)  ‘मेरी आमालाई किन यस्तो भयो ? मलाई पनि बाँच्न मन छैन,...

माघ ५, २०८०

मनीषा जीसीको वास्तविक नाम विष्णु घर्ती क्षेत्री हो । गुल्मीको धुर्कोट गाउँपालिका– ३ हाडहाडेकी विष्णुलाई धेरैले मनीषा भनेर चिन्छन् । उनै मनीषा लोक सेवा आयोगले लिएका पाँचवटा परीक्षामा एकसाथ नाम निकालेर अह...

माघ २०, २०८०

नृत्यका पारखीहरूका लागि लुम्बिनी प्रदेशमा लोकप्रिय नाम हो किशोर थापा । रुपन्देहीका किशोरको परिचय खाली नृत्यकार (डान्सर)मा मात्र सीमित छैन । उनी नृत्य निर्देशक, गायक, मोडल र फूटबल खेलाडीको रूपमा समेत उत्तिकै च...

मंसिर १४, २०८०

प्रगतिशील राजनीतिको 'फ्रन्टलाइन'मा देखिने नेताहरू जति कठोर हुन्छन्, त्यो भन्दा बढी ‘इमोसनल र सेन्टिमेन्टल’ पनि हुन्छन् । त्यस्तै ‘इमोसनल फिलिङ्स’का बाबजुद परिस्थितिले कठोर बन्दै गएक...

फागुन ५, २०८०

श्रीमान्–श्रीमती नैं शाखा अधिकृत, त्यो पनि एकसाथ । यस्तो सुखद संयोग सरकारी सेवामा प्रवेश गर्न चाहनेमध्ये कमैलाई मात्र जुर्ने गर्छ । तर, गुल्मीको धुर्कोट गाउँपालिका वडा नम्बर–६ का सुरेन्द्र पाण्डे र रमित...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x