×

NMB BANK
NIC ASIA

कहाँ जान्छ तस्करीको सुन ? तीन वर्षमै समातियो पाँचसय किलो !

कात्तिक २०, २०७४

NTC
Sarbottam
Premier Steels
Marvel
काठमाडौं, २७ भदौ – सुरक्षा कमजोरीको फाइदा उठाउँदै तस्करहरुले नेपाललाई ‘ट्रान्जिट प्वाइन्ट’ बनाएर अबैध रुपमा ठूलो परिमाणमा सुन तस्करी गरिरहेका छन् । अवैध रुपमा चीनसँगका विभिन्न खुल्ला नाका र त्रिभुवन विमानस्थलबाटै सुन नेपाल भित्र्याउने र भारतसँगै तेस्रो बजारमा  कारोबार भइरहेको छ । पछिल्ला वर्षमा विभिन्न नाकाबाट भन्सार छल्दै ल्याएका सुन पक्राउ पर्ने क्रम पनि बढेको छ ।  


पछिल्ला तीन आर्थिक वर्षमा तस्करबाट ठूलो परिमाण (१ किलोग्रामभन्दा माथि)मा पक्राउ परेको ३ सय ९२ किलोग्राम भन्दा बढी (३९२.३२९)  सुन राष्ट्र बैंकको ढुकुटीमा जम्मा भइसकेको छ । यो गत आर्थिक वर्ष सम्मको मात्रै तथ्यांक हो ।

यही भदौ १९ गते काठमाडौंको क्षेत्रपाटीबाट अहिलेसम्मकै बढी परिमाणमा ८८ किलोग्राम सुन पक्राउ गरेको छ भने यसअघि भदौ १५ गते काठमाडौं र जनकपुरबाट प्रहरीले १५ किलोग्राम सुन पक्राउ गरेको थियो । सो सुन समेत राष्ट्र बैंकले राखेको भए पनि अनुसन्धानका क्रममा भएकाले गलान नभएको राष्ट्र बैंक मुद्रा व्यवस्थापन टक्सार महाशाखाले जनाएको छ ।
 
आर्थिक वर्ष २०७१/०७२ मा विभिन्न नाकाबाट १ किलोग्राम भन्दा बढी मात्रामा पक्राउ परेको सुन राष्ट्र बैंकको ढुकुटीमा २ सय ६४ किलोग्राम रहेको छ ।  जसमा विभिन्न मितिमा राष्ट्रिय अनुसन्धान विभाग पुल्चोकले राष्ट्र बैंकलाई बुझाएको सुन ३३ दशमलव ७ किलोग्राम रहेको राष्ट्रबैंक टक्सार महाशाखाले जनाएको छ ।

सो आर्थिक वर्षमा तातोपानी भन्सार नाकाबाट ६८ दशमलव २३८ किलोग्राम सुन राष्ट्र बैंकको ढुकुटीमा जम्मा भएको छ ।  यस्तै आव २०७१÷०७२ मै तस्करबाट समातेको ६४ दशमलव ५५६ किलोग्राम सुन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयले राष्ट्रबैंकलाई बुझाएको उल्लेख छ ।

राष्ट्र बैंकको ढुकुटीमा जम्मा गरेको सुनको तथ्यांकमा राजस्व अनुसन्धान कार्यालय इटहरीले सोही आर्थिक वर्षमा ७ दशमलव ९९६ किलोग्राम सुन राष्ट्र बैंकको ढुकुटीमा जम्मा गरेको छ ।  यसैगरी सोही आर्थिक वर्षमा पथलैया भन्सार कार्यालयले  १० दशमलव २३४ किलोग्राम सुन राष्ट्र बैंकलाई बुझाइएको छ ।  यसैगरी गौर भन्सार कार्यालयबाट सोही आर्थिक वर्षमा ५ दशमलव ३२९ किलोग्राम सुन प्राप्त भएको राष्ट्र बैंकले जनाएको छ ।

यस्तै सोही आर्थिक वर्षमा विभिन्न नाकाबाट अबैध रुपमा नेपाल ल्याइएको ७४ दशमलव ९५६ किलोग्राम सुन सम्बन्धित भन्सार कार्यालय तथा अन्य निकायले राष्ट्र बैंकलाई बुझाएको तथ्यांक छ ।
 
आर्थिक वर्ष २०७२/०७३ मा ठूलो परिमाण (१ किलोग्रामभन्दा माथि) ३३ दशमलव ३७३ किलोग्राम सुन राष्ट्रबैंकले आफ्नो ढुकटीमा जम्मा भएको छ ।  

राष्ट्र बैंकको तथ्यांकअनुसार आर्थिक वर्ष २०७३/०७३ मा अबैध रुपमा नेपाल ल्याइएको ठूलो परिमाण (१ किलोग्राम भन्दा माथि) ९४ दशमलव २०३ किलोग्राम सुन राष्ट्र बैंकको ढुकुटीमा जम्मा भएको छ ।

जसमध्ये  सबैभन्दा धेरै परिमाणमा काठमाडौं जिल्ला अदालतले ४७ दशमलव ८८४ किलोग्राम सुन राष्ट्र बैंकको ढुकुटीमा जम्मा भएको तथ्यांक छ ।  यस्तै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयले ३१ दशमलव १०६ किलोग्राम बुझाएको राष्ट्रबैंकले जनाएको छ ।

यसैगरी सोही आर्थिक वर्षमा रसुवा भन्सार कार्यालयबाट प्राप्त ६ दशमलव ३८४ किलोग्राम सुन पनि राष्ट्रबैंकको ढुककुटीमा जम्मा भएको छ । राजस्व अनुन्धान विभाग पुल्चोक कार्यालयले पनि विभिन्न समयमा गरी ५ दशमलव ६१३ किलोग्राम सुन राष्ट्रबैंकको ढुकुटीमा जम्मा गरेको छ ।

सोही आर्थिक वर्षमा भन्सार कार्यालय पथलैयाले २ दशमलव ६९८ किलोग्राम सुन राष्ट्रबैंकलाई बुझाएको छ भने भन्सार कार्यालय भैरहवाले १ दशमलव १६९ किलोग्राम सुन बुझाएको तथ्यांक छ ।  यस्तै सोही आर्थिक वर्षमा विभिन्न कार्यालयबाट ३ दशमलव २१४ किलोग्राम सुन पनि राष्ट्रबैंकको ढुकुटीमा जम्मा भएको छ ।
 
चालु आर्थिक वर्षमा प्रहरीले अहिलेसम्मकै ठूलो परिमाणमा सुन पक्राउ गरेको छ ।  काठमाडौंको  क्षेत्रपाटीबाट यही भदौ १९ गते प्रहरीले ८८ किलो सुन समातेको थियो । सो सुन पनि राष्ट्र बैंकसँगै रहेको छ । यसअघि भदौ १५ गते काठमाडौं र जनकपुरबाट प्रहरीले पक्राउ गरेको १५ किलोग्राम सुन समेत राष्ट्र बैंकले राखेको छ ।  

यद्यपि पछिल्लो सुनबारे सम्बन्धित निकाय अनुसन्धानकै क्रममा रहेकाले गलान भइनसकेको राष्ट्र बैंकले जनाएको छ ।  

नेपाललाई ट्रान्जिट प्वाइन्ट बनाएर सुन तस्करी पञ्चायतकालबाटै शुरु भएको विज्ञहरु बताउँछन् । २०४२ सालदेखि नै पञ्चहरु सुन तस्करीको विवादमा मुछिएका तथ्यांकहरु भेटिन्छन् । अहिलेसम्म विभिन्न समसयमा पक्राउ परेको  ४ हजार किलोग्राम भन्दा बढी सुन रहेको राष्ट्र बैंकले जनाएको छ । 

राष्ट्र बैंकले के गर्छ सुन ?

विभिन्न भन्सार नाका वा प्रहरीले पक्राउ गरेको ठूलो परिमाण (१ किलोग्राम भन्दा माथि) अबैध सुन नेपाल राष्ट्र बैंकले राख्ने गर्छ । राष्ट्र बैंक टक्सार महाशाखा प्रमुख सत्येन्द्र तिमिल्सेनाका अनुसार विभिन्न निकायले तस्करीबाट पक्राउ परेको सुन राख्न दिए पनि सम्बन्धित निकायले भनेपछि मात्रै गलाउने गर्छ ।

विभिन्न निकायले तस्करीमा समातेको सुनको अनुसन्धान पश्चात राष्ट्र बैंकलाई सुन गलाउन र किन्न भन्ने गर्छ । राष्ट्र बैंकले सुनको गुणस्तर जाँच गरेपछि गुणस्तरकै आधारमा सम्बन्धित निकायलाई पैसा तिर्ने गर्छ ।

तिमिल्सेनाकाअनुसार राष्ट्र बैंकले सुनको गुणस्तर जाँचपछि सोही दिनको अन्तर्राष्ट्रिय मुल्यमा ५ प्रतिशत प्रोत्साहन स्वरुप (रिवार्ड) थपेर दिने गर्छ ।

तर, नेपाल राष्ट्र बैंकसँग सुन आएकोबारे खास तथ्यांक भने नरहेको भेटिएको छ  । लोकान्तरले राष्ट्र बैंकसँग तस्करीबाट प्राप्त सुनको तथ्यांक माग्दा मिति र प्राप्त कार्यालयको नाम नै उल्लेख नगरिएको बताइएको छ ।   

तस्करीको ट्रान्जिट प्वाइन्ट नेपाल किन ?

खुल्ला सीमा, राजनीतिक संक्रमणका कारण देखिएको सुरक्षा कमजोरीको फाइदा उठाउँदै सुन तस्करहरुले नेपाललाई सुरक्षित ट्रान्जिट प्वाइन्ट बनाएको अधिकारीहरु बताउँछन् ।

प्रहरी अधिकारीहरुका अनुसार अहिले नेपाललाई ट्रान्जिट प्वाइन्ट बनाएर तस्करहरुले तीन तहमा काम गर्ने गर्छन् । पछिल्लो समय अनुसन्धानमा संलग्न प्रहरी अधिकृतहरुकाअनुसार पहिलो तहका कारोबारी युएइ, कतार, हङकङ, चीन, तिब्बतमा रहन्छन् ।

उनीहरुले त्यहाबाट सुन किनेर नेपालका विभिन्न नाका तथा विमानस्थलसम्म पुर्याउने काम गर्छन् । दोस्रो तहमा भरियाहरु हुन्छन् । उनीहरुले सहयोगीमार्फत भन्सार कटाउने काम गर्छन् । यो तहमा मध्यस्तकर्ता पनि हुन्छन् ।
उनीहरुको सुनमा लगानी हुदैन । तेस्रो तहका कारोबारी भने काठमाडौं, वीरगन्ज, भैरहवा, सुनौली क्षेत्रमा क्रियाशिल हुन्छन् ।  विदेशका जुनसकै माध्यमबाट आएको भए पनि सुरक्षित रुपमा काठमाडौंमा रहेको काँचो सुन स्थलमार्ग हुँदै नेपाली बजार र भारतीय कारोबारीसम्म पुर्याउने जिम्मा लिएका हुन्छन् । खासरी दोस्रो र तेस्रो तहमा रहेर काम गर्नेहरु कमिसनका लागि काम गर्ने गर्छन् । सुनमा उनिहरुको खास लगानी रहदैन ।

प्रहरी अधिकारीहरुका अनुसार यस्तो सुन तस्करीमा संलग्न खास कारोबारी नेपाल र भारतका धनाड्य व्यापारी हुन् ।
यस्ता तस्कर र तस्करीका संलग्नहरुलाई सहयोग गर्नेहरुमा भन्सारका कर्मचारी वा राजनीतिक रुपमा प्रभाव राख्ने व्यक्ति पनि रहेको बताइनछ । उनिहरुले राजनीतिक प्रभाव (पावर) र कमिसनको लोभका कारण नाकाहरुबाट सुन भित्र पठाउने काम गर्छन् ।

सामान्यतया यति ठूलो परिमाणको सुन नेपालमा खपत नहुने भएकाले थोरै मात्र नेपाली बजारमा राखेर अरु भारतीय बजार लगिन्छ । त्यहाँ लैजान अप्ठ्यारो हुँदा मात्रै स्थानीय बजार खोजिन्छ । तस्करहरुले काठमाडौ उपत्यकालाई केन्द्रविन्दु बनाएर यहाँबाट सिधै सीमापार गराउने गरेको प्रहरी अधिकारीहरु बताउँछन् ।

Muktinath Bank

Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

Advertisment
Nabil box
Kumari
Vianet communication
Laxmi Bank
hAMROPATRO BELOW NEWS
TATA Below
पुस २०, २०८०

मकवानपुरको साबिक हर्नामाडी गाविसका रुद्रप्रसाद खतिवडाले २०८० साल कात्तिक २३ गते यातायात कार्यालय चितवनबाट 'ए' र 'बी' वर्ग (मोटरसाइकल, स्कूटर कार, जीप, भ्यान)को लाइसेन्स नवीकरण गराएका छन्...

मंसिर १५, २०८०

धनुषाको शहीदनगर नगरपालिकाका तत्कालीन शिक्षा संयोजक धनेश्वर यादवले झण्डै २ करोड पेस्की लिएर विभिन्न कार्यक्रमका नाममा नक्कली बिल भर्पाइ पेस गरि अनियमितता गरेको पाइएको छ । धनुषाको लक्ष्मीनियाँ गाउँपालिका...

चैत ७, २०८०

पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माण अनियमितता प्रकरणमा समेत अर्थमन्त्री वर्षमान पुनको भूमिका शंकास्पद देखिएको छ । २०६८ सालमा अर्थमन्त्री रहेका बेला पुनले प्रचलित कानून, विधि र मापदण्डविपरीत विमानस्थल ...

मंसिर ५, २०८०

संसदीय लोकतन्त्रलाई आदर्श मान्ने नेपाली कांग्रेसका सभापति एवं संसदीय दलका नेता शेरबहादुर देउवादेखि नयाँ दलको रूपमा उदाएको रास्वपाका सांसद स्वर्णिम वाग्ले तथा शिशिर खनालसम्मले महिनामा एकदिन पनि हाजिरी नग...

माघ २४, २०८०

काठमाडौं महानगरपालिका वडा नम्बर– ३ बाँसबारीमा शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रनजिकै सञ्चालनमा छ, द चाँदबाग स्कूल । विनोद चौधरी नेतृत्वको सीजी ग्रुपअन्तर्गत सीजी एजुकेसनले सञ्चालन गरेको उक्त स्कू...

पुस २६, २०८०

यातायात व्यवस्था विभागका महानिर्देशक उद्धवप्रसाद रिजालसहितको टोली सवारी चालक अनुमति पत्र (लाइसेन्स)मा प्रयोग हुँदै आएको स्मार्ट कार्डको गुणस्तर अनुगमनका लागि भन्दै जर्मनी जान लागेका छन् । टोलीमा विभा...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x