×

NMB BANK
NIC ASIA

कसरी सम्भव भयो एमाले-माओवादी एकताको अध्याय ?

कात्तिक २०, २०७४

NTC
Sarbottam
Premier Steels
Marvel
काठमाडौं १६ असोज– एक महिना अघि सम्मपनि माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ एमालेलाई सिद्धाएपछि मात्र माओवादी पहिलो पार्टी बन्छ भन्दै थिए । स्थानीय तहको पहिलो चरणको चुनावमा कांग्रेससंग तालमेल गरेका प्रचण्डले कांग्र्रेससंगको सहकार्य दूरगामी महत्वको रहेको बताउदै आएका थिए ।


त्यसैकारण हुनसक्छ एमालेसंग चुनावी तालमेल र पार्टी एकताबारे छलफल गर्न माओवादीले प्रचण्ड सहित तीन जनाको समिति बनाएकोमा माओवादीका कार्यकर्ता र प्रसंशकहरु आश्चर्य मानिरहेका छन् । कतिपयले त आकार लिइनसकेको वामपन्थी एकीकरणप्रति सन्देह व्यक्त गरेका छन् ।

विगतमा ‘भ्यागुताको धार्नी’ भनेर टिप्पणी गर्ने गरिएको वामपन्थी एकता कति सम्भव हुनेछ भविष्यले बताउनेछ । तर तत्कालका लागि भने एमाले र माओवादी सहकार्यले राष्ट्रिय राजनीतिलाई तरंगित बनाइदिएको छ ।

नेपालमा एउटै मात्र कम्युनिष्ट पार्टी बनाउने चर्चा लामो समयदेखि चल्दै आएको थियो, तर व्यबहारमा त्यसो हुन सकिरहेको थिएन् । बेलाबखत प्रचण्ड स्यमले पनि वामपन्थी एकताको कुरा गर्ने गरेका थिए ।

कतिपयलाई आश्चर्य चकित तुल्याउनेगरी हुन लागेको एमाले–माओवादी सहकार्य र एकताका सुत्रधार एमाले उपाध्यक्ष वामदेव गौतम हुन् । गौतमले लामो समयदेखि ‘असम्भव’ ठानिएको काममा हात हालेका थिए ।
गत संविधानसभा चुनावमा धक्का खाएको माओवादीले पहिलो दल बन्ने आश मारिसकेको थियो । यस्तै निराशाका कारण प्रचण्डले बेला बखत माओवादी बिघठनको कुरा उठाउने गरेका थिए ।

उदेश्य के हो ?

बन्न लागेको वामपन्थी गठबन्धनको उदेश्य प्रष्ट पारिएको छैन, तैपनि आगामी चुनावमा बहुमत ल्याउनु प्रमुख उदेश्य रहेको छ ।

नयाँ संविधानमा प्रस्ताव गरिएको निर्वाचन प्रणालीका कारण अहिलेको शक्ति सन्तुलनमा कुनैपनि दलले बहुमत ल्याउन सक्ने सम्भावना देखिएको छैन् । प्रमुख दलहरु एक्ला एक्लै चुनाव लडेको खण्डमा नेपाली राजनीतिका आगामी दशक मिलिजुली ‘म्यादी सरकार’को गोलचक्करमा फस्ने निश्चित थियो ।

मंसिरमा हुने निर्वाचन पछि मुलुक झन झन राजनीतिक अस्थिरतामा फस्ने खतरा बढ्दै गएको कुराप्रति दलका नेताहरु चिन्तित थिए । वामपन्थी तालमेलका लागि यो एउटा कारण हो ।

सधैभरी राजनीतिक अस्थिरताका कारण देशमा अर्थिक विकास हुन नसकेको भनेर राजनीतिक दलको चर्को आलोचना हुने गरेको छ, नयाँ समीकरण बनाएर स्थिर सरकार बनाउने र विकास गर्ने एजेण्डामा दलहरु सहमत भएका छन् ।

कति दीगो होला गठबन्धन ?

एमाले र माओवादीबीच एउटै चुनाव चिन्ह बनाएर चुनाव लड्ने र चुनाव पछि पार्टी एकीकरण गर्ने सहमति भएको कुरा बाहिर आएको छ । यद्यपि एमालेसंग पार्टी एकीकरणको प्रस्तावले माओवादी कार्यकर्ता चिडिएका छन, सामाजिक सञ्जालमा ।

प्रचण्ड नेतृत्वको माओवादी एमालेमा एकीकरण भएमा असन्तुष्ट समूह मोहन बैद्य या नेत्रविक्रम चन्द विप्लवको पार्टीमा जाने सम्भावना रहन्छ ।

आकार लिइनसकेको वामपन्थी गठबन्धनको कार्यदिशा कस्तो हुनेछ, त्यसले पनि माओवादी कार्यकर्ताको भावी कदमको निर्धारण गर्नेछ ।

गणतन्त्रको संस्थागत विकासका लागि बहुदल आवस्यक हुन्छ, तर विकासका लागि धेरै दल आवस्यक हुदैन । विश्वका कयौ विकासित देशमा जस्तै एउटा कम्युनिष्ट या प्रगतिशील र अर्को कांग्रेस जस्तो दल भए पुग्छ ।
नेपालमा वन्न लागेको वामपन्थी गठबन्धनले राष्ट्रिय राजनीतिलाई चलायमान बनाउने चाहिँ पक्का छ ।

Muktinath Bank

Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

Advertisment
Nabil box
Kumari
Vianet communication
Laxmi Bank
hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर २६, २०८०

दुई–दुईपटक मिर्गौला फेरेको शरीर । मध्यजाडो नजिकिँदै गरेका मंसिरका चिसा दिन । त्यसमाथि वृद्धावस्था । यस्तो बेला ७० नाघेकाहरूको अधिकांश समय ओछ्यानमै बित्छ । नभए पनि घरको चार दिबारभित्र आराम गरेर अनि तात...

माघ १८, २०८०

चरम आर्थिक संकटबाट गुज्रिएको श्रीलंकाले सन् २०२२ को अन्त्यतिर औषधि किन्ने क्षमता पनि गुमाएको थियो । ५० अर्ब डलरभन्दा बढीको विदेशी ऋण 'डिफल्ट' भएको थियो भने लाखौंले रोजगारी गुमाएका थिए । दशौं लाख मान्छे...

माघ १८, २०८०

सत्ता र शक्तिको आडमा गैरकानूनी ढंगले सरकारी जग्गा हडप्ने नेपालको शक्तिशाली व्यापारिक घराना चौधरी ग्रुपमाथि राज्यको निकायले पहिलोपटक छानबिन थालेको छ । काठमाडौंको बाँसबारीमा ठूलो परिमाणमा सरकारी जग्गा...

मंसिर १९, २०८०

कुनै राजनीतिक संक्रमण वा अवरोध नभएको समयमा मन्त्रीहरूबीच कसले राम्रो काम गर्ने भनेर प्रतिस्पर्धा हुनुपर्ने हो । तर, विडम्बना ! सहज राजनीतिक अवस्थामा पनि झन्डै एक वर्षसम्म सरकारमा रहेका अधिकांश मन्त्रीको कार्यप्रगति ...

चैत १, २०८०

सर्वोच्च अदालतको परमादेशले प्रधानमन्त्रीबाट पदमुक्त भएपछि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली बालुवाटारबाट रित्तो हात फर्केका थिए, २०७८ असार ३० गते । संसद् विघटनको अवगाल छँदै थियो, लामो समय सँगै राजनीति गर...

माघ १५, २०८०

अन्तिम समयमा आएर कुनै फेरबदल नभएको खण्डमा सम्भवत: आज एनसेलको शेयर खरिद बिक्री सम्बन्धमा छानबिन गर्न सरकारले गठन गरेको समितिले आफ्नो अध्ययन प्रतिवेदन बुझाउने छ । बहस चरम उत्कर्षमा पुगेका कारण एक निजी कम्पनीको अप्...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x