×

NMB BANK
NIC ASIA

खास कारण के हो जसले माओवादी–एमाले एकीकरण सम्भव तुल्यायो ?

कात्तिक २०, २०७४

NTC
Sarbottam
Premier Steels
Marvel
काठमाडौं १७ असोज– यसअघि एक अर्काको अस्तित्व स्वीकार नगर्ने नेकपा एमाले र माओवादी केन्द्रबीच चुनावी तालमेल हुँदै पार्टी एकीकरणको कुराले राष्ट्रिय राजनीतिमा हलचल पैदा गरेको छ ।

विगतमा माओवादीले एमालेलाई नाम मात्रको कम्युनिष्ट पार्टी भन्ने गरेको थियो भने एमालेले माओवादीलाई उग्र वामपन्थीको आरोप लगाउने गरेको थियो । यी दुइ पार्टीका नेताहरुबीच बेलाबखत वाकयुद्ध चल्ने गर्दथ्र्यो ।

विगतका तितो बिर्षदै मूलधारका दुई कम्युनिष्ट पार्टीहरुबीच चुनावी तालमेल र एकीकरणको कुराले यतिवेला राष्ट्रिय राजनीतिलाई तरंगीत मात्र गराएको छैन, राजनीतिक समीकरणमा समेत फेरबदल ल्याउने संकेत देखिएको छ ।

नयाँ गठबन्धन बनेसंगै कांग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वको सरकार नैतिक संकटमा परेको छ ।

दुई कित्ताका वामपन्थी पार्टीहरुबीच एकीकरण गर्ने सहमति कसरी सम्भव भयो त ? नेकपा एमालेका केन्द्रीय सदस्य रवीन्द्र अधिकारी राजनीतिक स्थिरता र विकास वामपन्थी गठबन्धनको मुख्य उदेश्य रहेको दावी गर्छन् । दुई पार्टी एकताको सुत्राधार वामदेव मानिएका छन् ।

‘अहिलेको राजनीतिक प्रणाली र अस्थिर राजनीति मुलुकको विकास र समृद्धिको बाधक बन्यो । राजनीतिक स्थिरताका लागि धु्रबीकरण जरुरी थियो’ अधिकारीले मंगलवार लोकान्तरसंग भने, ‘नयाँ गठबन्धनले स्थिर सरकारसंगै समृद्धि र विकास दिनेछ ।’

संविधानमा गरिएको निर्वाचन प्रणालीका कारण कुनै पार्टीले बहुमल ल्याउन नसक्ने र फेरिपनि संसदीय विकृति बढ्ने खतरालाई नयाँ गठबन्धनले अन्त्य गर्ने उनको दावी छ ।

प्रत्यक्ष कार्यकारी प्रमुख मिलन विन्दु ?

माओवादी–एमालेबीच आगामी निर्वाचनमा दुइतिहाइ बहुमत ल्याएर संविधानमा प्रत्यक्ष कार्यकारी राष्ट्रपतिको व्यबस्था गर्ने बिषयमा समेत भद्र सहमति भएको स्रोतको दावी छ । तर एमाले केन्द्रीय सदस्य अधिकारी भने अहिले नै त्यो विन्दुमा नपुगेको बताउछन् ।

‘प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुखको बिषयमा पनि कुनै दिन सहमतिमा पुग्न सकिएला, अहिले संविधान कार्यान्वयन नै गठबन्धनको उदेश्य हो’ अधिकारीले भने ।


माओवादीले पहिलो संविधान सभामा प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतिको एजेण्डा बोकेर चुनावमा गएको थियो । पहिलो संविधान सभाको कार्यकालमा नेकपा एमालेले पनि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीय प्रणालीको वकालत गरेको थियो ।

दुई पार्टीबीच सहकार्य र एकीकरण गराउनुमा प्रत्यक्ष निर्वाचित कार्यकारीको एजेण्डा एउटा कारण रहेको दुवै पार्टीका नेताहरु स्वीकार्छन ।

माओवादीको खस्किदो जनमत !

स्थानीय तहको चुनावमा तेस्रो दल बनेको माओवादी केन्द्र प्रदेश र संसदको चुनावमा एक्लै लड्न हिच्कचाइरहेको थियो । गत संविधानसभा चुनावमा प्रत्यक्ष तर्फ २६ सिट जितेको माओवादीले यसपटक चुनावको माहौल सृजनागर्न सकेको थिएन् ।

माओवादीका सामु कांग्रेस या एमालेसंग चुनावी गठबन्धन गर्नु बाध्यता जस्तो थियो । स्थानीय तहको चुनावमा कांग्रेसंग चुनावी तालमेल गरेपनि अपेक्षित नजिता आएको थिएन ।

कांग्रेसको संस्थापन पक्ष चुनावी तालमेलमा सकारात्मक भएपनि रामचन्द्र पौडेल समूहले सहयोग नगर्ने माओवादीको निश्कर्ष रह्यो । माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चितवनबाट चुनाव लड्ने घोषणा गरेको भोलिपल्टै कांग्रेसका जिल्ला नेताले पटक पटक माओवादीलाई भोट नहाल्ने प्रतिक्रिया दिए । यस्ता नअ‍ेकन कारणले माओवादी एमालेसंग तामेलका लागि राजी भयो ।

यद्यपी एमाले माओवादी एकताको खास कारण बाहिर आउन सकेको छैन् ।

Muktinath Bank

Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

Advertisment
Nabil box
Kumari
Vianet communication
Laxmi Bank
hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर २६, २०८०

दुई–दुईपटक मिर्गौला फेरेको शरीर । मध्यजाडो नजिकिँदै गरेका मंसिरका चिसा दिन । त्यसमाथि वृद्धावस्था । यस्तो बेला ७० नाघेकाहरूको अधिकांश समय ओछ्यानमै बित्छ । नभए पनि घरको चार दिबारभित्र आराम गरेर अनि तात...

मंसिर १९, २०८०

कुनै राजनीतिक संक्रमण वा अवरोध नभएको समयमा मन्त्रीहरूबीच कसले राम्रो काम गर्ने भनेर प्रतिस्पर्धा हुनुपर्ने हो । तर, विडम्बना ! सहज राजनीतिक अवस्थामा पनि झन्डै एक वर्षसम्म सरकारमा रहेका अधिकांश मन्त्रीको कार्यप्रगति ...

माघ १८, २०८०

चरम आर्थिक संकटबाट गुज्रिएको श्रीलंकाले सन् २०२२ को अन्त्यतिर औषधि किन्ने क्षमता पनि गुमाएको थियो । ५० अर्ब डलरभन्दा बढीको विदेशी ऋण 'डिफल्ट' भएको थियो भने लाखौंले रोजगारी गुमाएका थिए । दशौं लाख मान्छे...

माघ १८, २०८०

सत्ता र शक्तिको आडमा गैरकानूनी ढंगले सरकारी जग्गा हडप्ने नेपालको शक्तिशाली व्यापारिक घराना चौधरी ग्रुपमाथि राज्यको निकायले पहिलोपटक छानबिन थालेको छ । काठमाडौंको बाँसबारीमा ठूलो परिमाणमा सरकारी जग्गा...

पुस १८, २०८०

देशका विभिन्न शहरमा गरिब–मजदूरहरूले छाक काटेर सहकारीमा जम्मा गरेको पैसा बदनियतपूर्ण ढंगले हिनामिना गरेर टेलिभिजनमा लगानी गरेको विषयले बजार तातिरहेको छ, जसमा जोडिएका छन् रास्वपा सभापति रवि लामिछाने...

पुस ६, २०८०

एकाधबाहेक अधिकांश मन्त्रीले प्रभावकारी कार्यसम्पादन गर्न नसकेपछि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ स्वयंले मन्त्रीहरूलाई प्रस्ट चेतावनी दिएका छन् । नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका ला...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x