×

NMB BANK
NIC ASIA

‘पागल’ भनेर तिरस्कार गरिएकाहरू सामान्य जीवनमा फर्कंदै

कात्तिक २०, २०७४

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं, २४ असाेज – केही समयअघिसम्म काठमाडौंको सडक र गल्लीमा फोहोर शरीर, जिङरिङ्ग कपाल, झुत्रे कपडा लगाएर फोहोर कुरा गर्दै हिँड्ने मानसिक सन्तुलन गुमाएका महिलाहरू सामान्य जीवनतिर फर्कन प्रयासरत रहेका छन् ।

Muktinath Bank
snehi-kakh-6
हनुमानढोकाबाट उद्धार गरिएकी एक महिला अघि र पछि

ललितपुरको थसिखेलमा रहेको ‘नेपाल स्नेही काख’मा रहेका मानसिक सन्तुलन गुमाएका पाँच महिलाहरू सामान्य जीवनमा फर्कन प्रयासरत छन् । स्नेही काखले थसिखेलस्थित खाली जग्गामा जस्ताको टहरामुनि मानसिक सन्तुलन गुमाएकाहरूलाई स्याहार गर्दै नियमित औषधि, खानेबस्ने सबै ब्यवस्था मिलाएको छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

snehi-kakh-1


Advertisment
Nabil box
Kumari

सडकबाट मैलो अवस्थामा ल्याइएका तिनीहरूलाई नुहाउन लगाएर, कपाल काटेर र नयाँ कपडा लगाएर जीवनमा परिवर्तन ल्याउँदैछ । मानसिक समस्याबाट सुधार हँुदै गरेका महिलाहरू आफ्नो नाम समेत यही हो भनेर किटेर भन्न असमर्थ छन् तर कापी कलम दिएर केही लेख्न लगाउँदा भने सामान्य विद्यार्थीझंै राम्रो अक्षरमा धेरै कुरा लेख्न जान्दछन् उनीहरू ।

Vianet communication
Laxmi Bank
snehi-kakh-7
उद्धार गर्नुपूर्व सडकमा एक महिला

snehi-kakh-8उद्धारपछि स्नेही काखमा लेख्दै

काठमाडौंको हनुमानढोकाबाट उद्धार गरेर नेपाल स्नेही काखमा पु-याइएकी अन्दाजी २०/२२ वर्षकी जस्ती देखिने एक महिला शुरूमा ल्याउँदा एकदमै फोहोरी र कसैसँग नबोल्ने खालकी थिइन् । अहिले उनी सफाचट देखिन्छिन् ।

snehi-kakh-9

उनको अवस्थामा सुधार आउँदै जाँदा बास्केटबल खेल्नदेखि साथीहरूसँग गफिन उनी खुबै रमाएको देखिन्छिन् । चिकित्सकले उनलाई निको हुन गाह्रो छ भनेपनि त्यहाँ रहेका अरूभन्दा छिटो छिटो प्रगति भइरहेको नेपाल स्नेही काखका अभियन्ता नेहा पोखरेलले बताइन् ।

snehi-kakh-10

भर्खर स्नेही काखमा ल्याइएकी एक ४० बर्षीय तामाङ महिलालाई मेरी नाम दिइएको छ । उनीसँग दोहोरो कुराकानी गर्न गाह्रो छ । कुनै कुरा सोध्दा पनि अर्कोतिर फर्केर हाँसीमात्र राख्छिन् । स्नेही काखको आँगनमा डुलेर एक्लै त्यसै हाँसिरहने बानी छ उनको ।

snehi-kakh

उनलाई ललितपुरको हात्तीवनबाट उद्धार गरेर स्नेही काखमा ल्याएकी हुन् । उनको अवस्थामा पनि क्रमशः सुधारका लक्षणहरू देखिँदैछन् । १७/१८ वषर्की झंै देखिने नाम बिर्सेकी एक महिलालाई मूलपानीबाट उद्धार गरिएको थियो । उनी नौलो मान्छे देख्नेबित्तिकै निकै डराउँछिन् । पढाईमा निकै तीक्ष्ण देखिने उनको अंग्रेजी लेखाई राम्रो छ । उनी सामान्य विद्यार्थीझैं आफ्नो सबै कुरा अंग्रेजीमा लेखेर दिन्छिन् ।

snehi-kakh-5

अर्की ५०/५५ वर्षकी झैं देखिने एक महिला कुराकानी गर्न निकै बाठी देखिन्छिन् । खुट्टाको समस्याका कारण सिधा उभिन गाह्रो हुने उनलाई अहिले उठ्दै हिँड्न थालेको देख्न सकिन्छ । चार वर्षदेखि नियमित औषधोपचार र रेखदेखमा रहेकी ३५ वर्षीया सिर्जना तामाङ भने सामान्य भइसकेकी छिन् । काठमाडौंको बालुवाटारबाट उद्धार गरिएकी ती महिलाले लोकान्तरसँग आफ्नो बारेमा खुलेरै कुरा गरिन् ।

snehi-kakh-4

उनले आफ्नो जन्मघर काभ्रेको भूमिडाँडामा रहेको बताइन् । उनले सानो हुँदा घरबाट लुकीलुकी श्री कुशादेवी माविमा कक्षा चारसम्म पढेकी थिइन् । उनले आफ्नो नाम र ठेगाना भने नेपाली अक्षरमा प्रस्टै लेखेर दिइन् ।

snehi-kakh-3काभ्रे भुमिडाँडाकी सिर्जना तामाङ

सानो उमेरमा बिहे भएका उनले निकै कष्ट सहनुप-यो । सिर्जनाका श्रीमानको जण्डिस बिग्रेर मृत्यु भएको थियो । उनका एक छोरा र एक छोरी धादिङको छत्रेदेउरालीमा छन् । सिर्जनालाई घर फर्केर आफ्ना छोराछोरीसँगै सामान्य जीवन बिताउने रहर छ । घाँटीमा भएको गलगाँडका कारण भने उनी अहिले कष्ट भोगिरहेकी छिन् ।

snehi-kakh1

स्नेही काखका नेहा पोखरेल,रमिला पोखरेल,प्रसादी प्रसाद,संगीता राई, दृष्टि र सोनमले मानसिक सन्तुलन गुमाएका ती महिलाहरूको स्याहारमा लागेका छन् । मानसिक सन्तुलन गुमाएका व्यक्तिहरूलाई सामान्य जीवनमा फर्काउने कठिन तर पवित्र काममा उनीहरू प्रयासरत छन् ।

snehi-kkakh2

‘समाजले पागल भनेर तिरस्कार गरेका दिदीहरूको जीवनमा परिवर्तन ल्याउन पाउँदा हामीलाई सन्तुष्टि लागेको छ,’ स्नेहीकी अभियन्ता नेहाले भनिन्, ‘उपचार गरे मानसिक रोग लागेकाहरू पनि निको हुन्छन् ।’

snehi-kakh-2उद्धार गरिएकी महिलाहरुका वीचमा स्नेही काखकी अभियन्ता नेहा पोखरेल लगायत अन्य अभियन्ता[/caption]

पवित्र उद्देश्यसहित स्नेही अभियानमा लागेका अभियन्ताहरू मानसिक सन्तुलन गुमाएकाहरूलाई पागल भनेर तिरस्कार गर्ने गलत परम्परा मेटाउन लागिरहेका छन् । ‘मानसिक समस्यामा परेकाहरूलाई हेला र तिरस्कार होइन, स्नेह चाहिएको छ, उनीहरू सामान्य जीवनमा फर्किन सम्भव छ,’ नेहाले भनिन् ।

अर्काइभबाट : सन्दर्भ विश्व मानसिक स्वास्थ्य दिवस

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

कात्तिक २१, २०८०

पाल्पामा दुईवटा खोलामा डुबेर मंगलवार दुई जनाको ज्यान गएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३ मा रहेको तिनाउ खोलाको ड्याममा डुबेर घुम्न आएकी भारतीय युवती महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पाल्पाक...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x