×

NMB BANK
NIC ASIA

यी हुन् संसद्ले गरेका सम्झन र बिर्सन लायक १० काम

कात्तिक २०, २०७४

NTC
Sarbottam
Premier Steels
Marvel
काठमाडौं २८ असोज– रुपान्तरित व्यवस्थापिका संसदको कार्यकाल शनिवार मध्यरातबाट सकिदैछ । २०७० मंसिर ४ गते सम्पन्न दोस्रो संविधानसभा निर्वाचनपछि गठन भएको संविधानसभाको पहिलो बैठक ०७० माघ ७ मा बसेको थियो । सोही सभाले व्यबस्थापिका संसदको भूमिकामा समेत कामगर्दै आएको थियो ।

२०७२ असोज ३ गतेसंविधान जारी भएपछि संविधानसभा कामचलाउ संसदमा रुपान्तरिक भएको थियो । यही जनप्रतिनिधि सभाले नेपालको इतिहासमा पहिलो पटक जनताले बनाएको संविधान जारी गरेको थियो । शनिवार म्याद सकिएन लागेको जनप्रतिनिधिको सर्वोच्च सभाले गरेका राम्रा र नराम्रा काम यस्ता छन ।

केही सम्झन लायक काम

१, जनताको आकाक्षा बमोजिमको प्रगतिशील संविधान जारी गर्नु यो सभाको मुख्य सफलता रह्यो । प्रमुख तीन दल नेपाली कांग्रेस, नेकपा एमाले र माओवादी केन्द्रबीच भएको १६ बुँदे समझदारीपछि संविधान जारी गर्न सफल भयो । पहिलो संविधानसभा असफल भएपछि गठन भएको दोस्रो संविधानसभाले संविधान जारी गर्न सफल रह्यो । यो नेपालको इतिहासमा नमेटिने घटना भएको छ ।

२, नयाँ संविधान कार्यान्वयनका लागि गणतन्त्र कार्यान्वयन सम्बन्धी झण्डै तीन सय कानून बनाउनु आबस्यक थियो । केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक लगायत गणतन्त्र कार्यान्वयन र संविधान कार्यान्वय सम्बन्धी कानून बनाउनु यो सभाको दोस्रो उपलव्धी रह्यो । नियमावली मिचेर भएपनि यो सभाले कयौ कानून पारित गरेको छ ।

३, दुइ दशकदेखि हुन नसकेको स्थानीय चुनाव सम्पन्न गर्नका लागि कानूनी र राजनीतिक आधार तयार गर्नु यो सभाको अर्को उपलव्धी रह्यो । यस्तै आशन्न प्रदेश र प्रतिनिधि सभाको चुनावका लागि पनि यही संसदले कानूनी आधार तयार गरिदिएको छ ।

४, दशकौं पुरानो मुलुकी ऐनलाई संशोधन गरी समयानुकुल परिमार्जन गर्नु यो संसदको अर्को महत्वपूर्ण काम थियो । यही संसदले श्रम विधेयक, योजनामा आधारित सामाजिक सुरक्षा विधेयक र स्वास्थ्य विमा जस्ता जनतालाई प्रत्यक्ष सरोकार राख्ने विधेयक पारित गर्यो ।

५, यही संसदले राष्ट्रपति, उपराष्ट्रपति चारवटा प्रधानमन्त्री र सभामुखको निर्वाचन गर्र्यो । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी चारबर्षको कार्यकालमा संसदले केही महत्वपूर्ण काम गरेको बताउछन् । ‘यो संसदीय व्यबस्थाबाट धेरै अपेक्षा गर्नु त हुँदैन, तर केही कानून पारित गर्ने र चारजना प्रधामनन्त्री बनाउनु पनि संसदको उलपव्धी मान्नु पर्यो’ केसीले लोकान्तरसंग भने ।

बिर्सन लायक केही काम
जनताको सर्वोच्च जनप्रतिनिधि मुलक संस्था भएपनि यो सभामा केही त्रुटिपूर्ण काम भएका छन् । ती यस प्रकार छन् ।

१, संविधान निर्माणको क्रममा दलहरुबीच असमझदारी बढेका कारण संविधानसभामा कुर्सी र माइक तोडफोडको अबस्था सृजना भयो । संविधानसभा अध्यक्षले प्रक्रिया अगाडी बढाउन लागेको भन्दै माओवादी सांसदहरुले २०७१ साल माघ महिनामा संसदका कुर्सी भाचेको घटना बिर्षन लायक घटना भयो ।

२, राजनीतिक दलहरुबीच सहमतिय प्रणाली छाडेर बहुमतीय व्यबस्थाको खेल यही संसदले शुरु गर्र्यो । राजनीतिक दलहरुबीचको ध्रुबीकरणले संविधान कार्यान्वयनलाई जटिल तुल्यायो । संसदको अंकगणितका कारण दलहरुले सहमतिय राजनीति त्यागेर बहुमतीय प्रणालीको अध्याय शुरु गरे ।

३, तत्कालिन प्रधानमन्त्री केपी ओलीविरुद्ध अविश्वासको प्रस्ताव ल्याउने र सरकार ढाल्ने तथा नौ महिने म्यादी सरकार गठनका लागि संसद सरकार फेरबदल गर्ने मैदान बन्यो । यसले राजनीतिक अस्थिरता मात्र निम्ताएन अस्थिरतासंगै आर्थिक विकासमा बाधक बन्यो । ‘ओली नेतृत्वको प्रगतिशील सरकारलाई बिचमै ढाल्ने काम यो संसदको गम्भीर गल्ती थियो’ एमाले सांसद चूडामणि जंगली स्मरण गर्छन ।

४, नेपालले आफ्नो संविधान आफै बनाएको बिरोधमा भारतले नेपालमाथि लगाएको नाकाबन्दीबारे मौन रहनु यो संसदको गम्भीर गल्ती र कमजोरी रह्यो । नेपाल माथि लगाएको नाकाबन्दीको बिषयमा भारतको संसदमा बरु छलफल भयो, तर नेपालको संसदमा यसबारे छलफलको कार्यसूची नै बनाइएन । नेमकिपाका सांसदहरुले पटक पटक छलफल गर्न माग गरेपनि सभामुखले यो बिषय सुनेको नसुनै गरिन ।

५, संविधान संशोधन विधेयक पारित गर्ने बिषयलाई लिएर संसदमा लामो समय बिबाद चलिरह्यो । यही बिषयलाई लिएर मधेस केन्द्रित दलहरुले लामो समय संसदको बैठक बहिस्कार गरे । संविधान संशोधन विधेयकलाई सयमै टुंगो लगाउन नसक्नु संसदको कमजोरी रह्यो ।

संसदले धेरै विधेयक पारित गरेपनि केही त्रुटिपूर्ण विधेयक पनि पारित गरेको छ भने केही जरुरी विधेयक पनि पारित गर्न सकेन । सक्षम र प्रतिष्पर्धी युवालाई शिक्षब बन्ने बाटो थुनेर शिक्षा विधेयक पारित गर्नु यो संसदको कमजोरी रहयो । त्यसैगरी राष्ट्रिय सभा सम्बन्धी विधेयक र डा गोविन्द केसीको माग अनुसारको चिकित्सा शिक्षा सम्बन्धी विधेयक पारित गर्न नसक्नु यो संसदको कमजोरी रह्यो ।

Muktinath Bank

Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

Advertisment
Nabil box
Kumari
Vianet communication
Laxmi Bank
hAMROPATRO BELOW NEWS
TATA Below
पुस १८, २०८०

देशका विभिन्न शहरमा गरिब–मजदूरहरूले छाक काटेर सहकारीमा जम्मा गरेको पैसा बदनियतपूर्ण ढंगले हिनामिना गरेर टेलिभिजनमा लगानी गरेको विषयले बजार तातिरहेको छ, जसमा जोडिएका छन् रास्वपा सभापति रवि लामिछाने...

माघ १८, २०८०

सत्ता र शक्तिको आडमा गैरकानूनी ढंगले सरकारी जग्गा हडप्ने नेपालको शक्तिशाली व्यापारिक घराना चौधरी ग्रुपमाथि राज्यको निकायले पहिलोपटक छानबिन थालेको छ । काठमाडौंको बाँसबारीमा ठूलो परिमाणमा सरकारी जग्गा...

मंसिर १०, २०८०

सरकारमा सहभागी मन्त्रीको कार्यक्षमतालाई लिएर प्रश्न उठेपछि अहिले सरकारमा रहेका मन्त्रीलाई फिर्ता बोलाएर मन्त्रिमण्डल पुनर्गठन गर्न सत्तारुढ दलहरूभित्र दबाब बढ्न थालेको छ । अपवादबाहेक सरकारमा सहभागी मन्त्रीले जनअपे...

मंसिर २६, २०८०

दुई–दुईपटक मिर्गौला फेरेको शरीर । मध्यजाडो नजिकिँदै गरेका मंसिरका चिसा दिन । त्यसमाथि वृद्धावस्था । यस्तो बेला ७० नाघेकाहरूको अधिकांश समय ओछ्यानमै बित्छ । नभए पनि घरको चार दिबारभित्र आराम गरेर अनि तात...

माघ १८, २०८०

चरम आर्थिक संकटबाट गुज्रिएको श्रीलंकाले सन् २०२२ को अन्त्यतिर औषधि किन्ने क्षमता पनि गुमाएको थियो । ५० अर्ब डलरभन्दा बढीको विदेशी ऋण 'डिफल्ट' भएको थियो भने लाखौंले रोजगारी गुमाएका थिए । दशौं लाख मान्छे...

चैत १, २०८०

सर्वोच्च अदालतको परमादेशले प्रधानमन्त्रीबाट पदमुक्त भएपछि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली बालुवाटारबाट रित्तो हात फर्केका थिए, २०७८ असार ३० गते । संसद् विघटनको अवगाल छँदै थियो, लामो समय सँगै राजनीति गर...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x