कात्तिक ३०, २०८०
कमेडी क्लब चलाउने मुन्द्रे उपनाम गरेका एकजना मान्छे छन्। एकै श्वासमा चारवटा प्रश्न सोध्न सक्ने क्षमता भएका जानेमाने पत्रकार ऋषि धमलाको कार्यक्रममा पुगेर तिनले भन्न भ्याए, 'यो टिकटकका कारण मान्छेहरू अल्छी भए, कुन...
आदरणीय बाबुराम भट्टराई ज्यु,
तपाई राजनीतिको केन्द्रमा नभए पनि मिडियाहरुको केन्द्रमा हमेसा बसिरहनु हुन्छ । आलोचनालाई बाल नदिने र आफ्नो तरिकाले अघि बढ्ने, भए सबै ठीक, नत्र सबै बेठीक भन्ने धेरै नेताहरुमध्ये तपाईं पहिलो नम्बरमा पर्नुहुन्छ ।
तपाईंलाई अब के गर्नुपर्ला भनेर सुझाव दिन यो पत्र लेखिएको होइन । किन भने, एक लाख कार्यकर्ता जम्मा गरेर दियो माथी हात राखेर खाएको कसम दुई वर्षमै भताभुङ्ग बनाउने व्यक्तिले आम जनताको सुझाव र सल्लाह सुन्लान् भनेर आशा राख्नु मूर्खतापूर्ण काम हो भन्ने यो पंक्तिकारले राम्रोसंग बुझेको छ ।
यद्यपि त्यतिबेला खाएको कसमसँग पंक्तिकार भनौं या अन्य लाखौं जनता र शुभचिन्तकहरु खुसी चाहिँ थिएनन् । संविधान बनेपछी त्यसलाई निश्चित आकारमा ढाल्नुपर्ने बेलामा संसदको सदस्य पदबाट राजीनामा दिएर नयाँ शक्तिको रटान लगाउने पहिलो कदम नै प्रत्युत्पादक थियो तपाईंका लागि । दोश्रो चाहिँ, तपाईलाई निरन्तर लागिरहने भारतीय खुफिया एजेन्सीको सदस्य भएको आरोपको खण्डन नगरी जसरी लतारिरहनु भयो त्यो घातक बन्यो ।
आम शंका उपशंका निवारण गर्नुपर्ने काम तपाइँको थियो, तर पंक्तिकार के कुरामा बिश्वस्त छ भने, तपाईंको पहिलाको पार्टीभित्र जबरजस्त दुई लाइन संघर्ष चल्दा मोहन वैद्य, रामबहादुर थापाहरुले पूर्वाग्रह पूर्ण रूपमा भनेका ‘भारतीय दलाल’ भन्ने शब्दलाई अहिले म्याग्निफाई गरेर ‘भारतीय एजेन्ट’ भन्न शुरु गरिएको हुनुपर्छ । त्यो बाहेक अन्य कुनै लेनदेन भएको भए, गुह्य कुरा चाहिँ या त तपाईंलाई थाहा होला, या त तपाइँको राजनीतिक गुरु एसडी मुनीलाई थाहा होला ।
मैले बारम्बार भन्दै आईरहेको कुरा के हो त भन्दा बाबुराम जी, तपाईं एक कुशल प्रसाशक हो, कुशल शासक होइन । तपाईंलाई बनाईएको माटो मै शासन गर्ने कला थपिएको छैन । अहिले त घैंटो बनिसक्नु भयो, फुटालेर जतिसुकै उम्लेको पानीमा खन्याएर जाँतोमाथी राखेर घुमाए पनि आकार प्रकार परिवर्तन हुन सक्ला तर त्यसको गुण कहिल्यै परिवर्तन हुन सक्दैन । उतिखेरै चर्किएर काम नलाग्ने हुने सम्भावना त छँदैछ ।
बाम गठबन्धनमा तपाई पनि सामेल हुनुभएको कुराले केही संशयसहित नै सहि, पंक्तिकारलाई केही खुसी लागेको थियो । लाग्थ्यो, तपाईंको राजनीतिक फिर्ती सवारी भयो । तर एउटा कुरा के सत्य हो भने, जुन रुपमा तपाईंले भूमिका खोजिरहनु भएको छ, सानो दलबलको नेतृत्व गरेर छोटे भए पनि राजा नै बन्नुपर्ने, त्यसमा तपाइँको योग्यता र ब्याक्तित्व दुइवटै पुग्दैन ।
गोर्खाबाट चुनाव लड्न नदिएर तपाईंलाई काठमाडौंमा ल्याउने प्रपन्च चलिरहेको जस्तो देखियो । काठमाडौं तपाईको आफ्नो कहिल्यै भएन किनकी कहिले सडक फराकिलो पार्छु भन्दै डोजर लिएर हिँड्नु भयो, त्यति मात्रले नपुगेर बागमतीका सुकुम्बासी माथी पनि डोजर चलाईदिनु भयो । तपाईले डोजर चलाएको काठमाडौं कसरी तपाइँको हुन सक्थ्यो ? गोर्खाबाट चुनाव लड्न नदिने निर्णय एकातिर आफैमा गठबन्धनको नैतिकता बिरुद्ध त थियो थियो तर त्यो भन्दा बढी नैतिक संकट त तपाईंले रातारात निर्णय गरेर गठबन्धनमा हातेमालो गर्न जानुले निम्त्याएको थियो । अनि अर्को आफ्नो एउटा सीटको बार्गेनिङमा हठात् गठबन्धन छोड्नुमा देखाएको तपाईको अधैर्यताले पुष्टि गर्दछ । खासमा भन्ने हो भने, तपाईंको ब्याक्तित्व नै नैतिक संकटको उपज हो ।
बाबुराम जी, प्रत्यक्ष निर्वाचित कार्यकारीको माग राखेर तत्कालीन माओवादीले संबिधानका कैयौं धाराहरुमा नोट अफ डिसेन्ट लेख्दा ताका तपाईं एउटा शक्तिशाली पोर्टफोलियोमा हुनुहुन्थ्यो । संविधान बनिसके पछि देश नयाँ चरणमा प्रवेश गरिसकेको थिएन, जसरी नयाँ चरणमा नयाँ शक्ति निर्णायक हुन्छ भन्दै तपाईं बाहिरिनु भएको थियो, त्यसरी देश नयाँ चरणमा प्रवेश गरेकै थिएन । तपाईलाई थाहा हुनुपर्ने हो, नयाँ चरणमा प्रवेश गर्दा देशको ब्यबस्थापन गर्ने टीम नयाँ हुनुपर्थ्यो । पुरानो रक्सीलाई नयाँ ब्रान्डको लेवल लगाइदिएर नयाँ भन्ने धृष्टता जसरी तपाईंले गर्नुभो, तपाईं त्यसको गुनेगार त हुनै पर्छ । होइन भने दुई वर्ष पछि लुरु लुरु पुरानै बिरासत बोकेका भनिएका ‘साँढे’ पार्टीहरुको जुधाईमा ‘बाच्छो’ बनेर मिचिन जानुहुन्थेन तपाईं ।
बाबुराम जी,
तपाईंले ट्वीटरमा आफ्नो आँखा खुलेको भनेर लेख्नुभएको रहेछ । अब मलाई र पाठकहरुलाई भन्दिनुस कि, त्यत्रो युद्ध, आर्थिक क्षति, १७ हजारको बलिदानीको तपाईंले आँखा चिम्म गरेर नेतृत्व गर्नुभएको थियो ? १४० शब्दमा सबैलाई होच्याउने किन ?
पश्चिमतिरको एउटा कुनै कार्यक्रममा तपाईले माओवादी केन्द्र र अध्यक्ष प्रचण्डलाई खर्बौं घोटाला गरेको भनेर भाषण गरेको भिडियो अहिले पनि सामाजिक संजालमा छ्यापछ्याप्ती पाईन्छ । मैले त्यो गलत हो भनेर प्रचण्ड र माओवादी केन्द्रको सहानुभूति लुट्नु छैन तर सहि हो भने त्यो दिन वाम गठबन्धनको नाउँमा प्रचण्ड्को हात समातेर किन जुरुक्क उचाल्नुभएको ? कि तपाईंको हातले प्रचण्डको हात पनि शुद्ध पारिदियो ?
हजारौं सामाजिक संजाल प्रयोगकर्ताहरुले धेरै नपढेकोमा आफुलाई भाग्यमानी ठान्छन, पढेको भए ‘बाबुराम’ बनिने डर रैछ भन्छन् । यो कुरा सुन्दा हास्यास्पद लाग्ला, तर यसको अर्थ कति गहन छ भनेर तपाईंले घोत्लिएर पत्ता लगाएको दिन, तपाईं पुनः हिरो बन्नुहुने छ ।
तमाम पार्टीहरु एक भैरहेका छन्, ध्रुवीकरण तीव्र छ । सहि छ या गलत भन्ने कुरालाई निर्क्योल गर्न इतिहासलाई जिम्मा दिउँ, तर तपाईंले एकता गर्ने भनिएको कुनै पनि ध्रुवीकरणको हिस्सा तपाईं हुनै नसक्ने कारण के हो ? तपाईंले नेपालको राजनीति नबुझेको कि, राजनीतिले तपाईंलाई प्रयोग गर्न खोजेको भुमिकाको तालमेल नमिलेको हो ? खासमा अहिले चर्चा चलिरहेको वाम र लोकतान्त्रिक ध्रुवीकरणमा तपाईंको कित्ता कतापट्टि हो स्पष्ट पार्नुपर्ने जरुरी छ ।
आदरणीय भट्टराई ज्यु,
बैकल्पिक राजनीतिलाई बुझ्न र पचाउन सक्ने इन्द्रियहरुको बिकास अहिलेका प्रायः सबै युवाहरुमा भैसकेको छ । पुरानाहरुबाट पार लाग्दैन भन्ने कुरा पनि साँचो हो । तर बिचारलाई पुरानो भन्नेहरुले मान्छेलाई पुरानो नदेख्नु चाहिँ अहिलेको रोग नै हो । त्यो हटेको दिन, पुरानाहरु हट्छन, त्यसको लिस्टमा तपाईं पनि निसंकोच पर्नुहुनेछ ।
म तपाईंलाई कुनै राजनीतिक पूर्वाग्रहको आधारमा कसैको एजेन्ट भनेर बिल्ला लगाइदिएर वाहवाही बटुल्न चाहन्न । नेपालमा बिकसित हुने हरेक घटनाक्रमहरुको जिम्मेवारी स्वयं नेपाली नेताहरु नै लिनुपर्छ भन्ने मान्यता राख्ने आम नेपाली हुँ । यद्यपि राजनीतिक स्वार्थ टिकाइराख्न भौगोलिक छिमेकी र आकाशे छिमेकी गुहार्ने प्रचलन छँदैछ । राजनीति गर्नेहरुले बिस्तारवाद, साम्राज्यवाद जे जे भनेर पुकारे पनि, हामीजस्ता आम नागरिकले हस्तक्षेप भनेर बुझ्छौं । यदि तपाईंलाई लागेको एजेन्टको आरोप सही छैन भने, तपाईले गर्ने खण्डन किन कतै भेटिन्नन ? यहाँ समृद्धि समृद्धि भनेर एकोहोरो रटान लगाएर मात्र हुँदैन डाक्टर साहेब, राष्ट्रिय स्वार्थसहितको समृद्धि चाहिएको छ । हामी भोकै बस्न सक्ने तर स्वाधीनता बेचेर रोटी किन्न नसक्ने जनता पर्यौं ।
राष्ट्रिय राजनीतिमा तपार्इंको अडानहरुले बारम्बार फेल खाए । समानता, न्यायपूर्ण समाजको परिकल्पना, समावेशी लोकतन्त्र, समृद्धि जस्ता तपाईंका नाराहरु वास्तविक रुपमा लागू हुन सम्भव छन् तर गलत राजनीतिक संस्कार र धरातलको पृष्ठभूमिमा होइन । सहमत भए सबै राम्रा, असहमत भए सबै नराम्रा भन्ने तपार्इंको राजनीतिक थ्योरी घातक थ्योरी हो । केही दिनदेखी सामाजिक संजालमा देखिइरहेको छ, तपाईको हरेक कदमलाई नयाँ र महत्वपूर्ण भनेर छारो हाल्दै सकसपूर्ण जीवन यापन गरिरहेका अनुचरहरुको माया लागेर आउँछ । बिज्ञान बिषय पढेको नाताले म पनि यति कुरा भन्न चाहन्छु कि, लम्बाई चौडाई र उचाई जस्तै चौथो आयाम पनि हुन्छ ब्राह्मण्डमा, त्यसलाई ‘समय’ भनिन्छ । अग्लो भयो भन्दैमा दिल्लीबाट सगरमाथा देखिँदैन र सगरमाथाको चुचुरोबाट चन्द्रमा छिटो पुग्न पनि सकिँदैन ।
भट्टराई ज्यु, तपाईं समृद्धिको नयाँ लडाई लड्नुस, नयाँ सोच र सिद्धान्तको लडाइँ लड्नुस् हाम्रो कहिँ नियमापत्ती छैन । चाहे गोर्खाबाट लड्नुस्, चाहे काठमाडौबाट लड्नुस् । तर नयाँको नाममा पुरानो र मक्किएको राजनीतिक स्वार्थ लिएर नलड्नुस् । केही दलबलसहित छोटेराजा बन्ने सपनाबाट माथि उठ्नुस । मेरो शुभकामना छ ।
–ईश्वर अर्याल
कमेडी क्लब चलाउने मुन्द्रे उपनाम गरेका एकजना मान्छे छन्। एकै श्वासमा चारवटा प्रश्न सोध्न सक्ने क्षमता भएका जानेमाने पत्रकार ऋषि धमलाको कार्यक्रममा पुगेर तिनले भन्न भ्याए, 'यो टिकटकका कारण मान्छेहरू अल्छी भए, कुन...
उमेरले ३५ वर्ष पुग्नै लाग्दा मैले लोकसेवा आयोगको फाराम भरें । ३५ वर्ष कटेको भए फाराम भर्न पाउँदैनथें, तर नियुक्ति लिँदा भने ३५ वर्ष कटिसकेको थिएँ । लोकसेवा आयोगको सिफारिशअनुसार क्षेत्रीय सिञ्चाइ निर्देशनालयले...
केही वर्षअघि विद्वान प्राध्यापक डा. अभि सुवेदीले कान्तिपुरमा लेख्नुभएको एउटा प्रसंगबाट आजको चर्चा शुरू गर्नु उपयुक्त हुनेछ । त्यस प्रसंगमा नेपाली कांग्रेसका वर्तमान सभापति शेरबहादुर देउवाले पूर्व प्रधानमन्त्रीको हैस...
डिसेम्बर पहिलो साता एनसेलको माउ कम्पनी आजियाटाले आफ्नो रेनोल्ड होल्डिङ्स यूकेको शतप्रतिशत स्वामित्व गैरआवासीय नेपाली सतिशलाल आचार्यको कम्पनी स्पेक्ट्रलाइट यूकेलाई बेच्न गरेको सम्झौताबारे समाचार बाहिरिएको झन्डै ३ हप्...
धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले राष्ट्रपति र प्रधानमन्त्रीको फोटो नगरपालिकाबाट हटाएको विषय अहिले निकै चर्चामा छ । २०५४ मा त्यही प्रकृतिको क्रियाकलाप गरेका थिए, लीला थापा मगरले । जिल्ला विकास समिति...
गरिबको घरआँगन कसैलाई मन पर्दैन । गरिबको लुगाफाटो कसैलाई मन पर्दैन । गरिबले ठूला कुरा गरेको कसैलाई मन पर्दैन । गरिब नाचेको, गरिब हाँसेको कसैलाई मन पर्दैन । यतिखेर गरिबले लडेको जनयुद्ध दिवस पनि कसैलाई मन ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...
एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...
आत्मिक शुद्धताका पक्षपाती दार्शनिक सुकरात चौबाटोमा उभिएर एथेन्सबासीलाई आह्वान गरिरन्थे– ‘तपाईं नीति, सत्य र आत्माको शुद्धताका लागि किन ध्यान दिनुहुन्न ?’ उनका अर्थमा त्यो जीवन बाँच्न योग्य हुँदैन...