×

NMB BANK
NIC ASIA

देउवाले चुनाव सार्ने तयारी गरेकै हुन् कि जनार्दन शर्माले झुटो बोले ?

कात्तिक २०, २०७४

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं ३१ असोज– मुलुकको शान्ति सुरक्षाको जिम्मा पाएका र चुनाव गर्नका लागि महत्वपूर्ण भूमिकामा रहने गृहमन्त्रीको अभिव्यक्तिले ४० दिन पछि हुन गइरहेको प्रदेश र प्रतिनिधि सभा चुनाववारे संशय पैदा गरेको छ । मंगलवार दिउसो मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा गृहन्त्री जनार्दन शर्माले प्रधानमन्त्री देउवाले चुनाव सार्न लागेको सूचना चुहाएका हुन् ।

सरकारका बहालवाला गृहमन्त्रीले नै प्रधानमन्त्रीले चुनाव सार्ने तयारी गर्दैछन् भनेपछि आम सर्वसाधारणमा आशंका पैदा हुनु अस्वभाविक भएन । मन्त्री शर्माको अभिव्यक्तिले पाँच दिनपछि हुन लागेको प्रदेश र प्रतिनिधि सभा चुनावको उम्मेदवारी मनोनयन के हुन्छ भन्ने आशंका बढेको छ ।

जिम्मेवार व्यक्तिको गैरजिम्मेवार अभिव्यक्ति

प्रधानमन्त्रीले चुनाव सार्ने तयारी गरेका छन् भन्ने गृहमन्त्री शर्माको अभिव्यक्तिले सरकार र कांग्रेसभित्र भुइँचालो आएको छ । कृषिमन्त्री एवं कांग्रेस नेता रामकृष्ण यादव गृहमन्त्रीको अभिव्यक्ति पूर्णतया मिथ्या भएको बताउँछन् ।

‘निर्वाचन आयोग लगायत संवैधानिक निकायहरु चुनावको तयारीमा लागेको बेला चुनावको शान्ति सुरक्षाको नेतृत्व गर्नुपर्ने व्यक्तिबाट यस्तो गैर–जिम्मेवार अभिव्यक्ती आउनु दुखद कुरा हो’ मन्त्री यादवले लोकान्तरसंग भने, ‘चुनाव सार्ने भन्ने कुरा मिथ्या हो । सरकार तोकिएको समयमै चुनाव गराउन प्रतिबद्ध छ ।’

गृहमन्त्रीले हचुवा कुरा गर्न मिल्छ ?

प्रधानमन्त्री देउवा साच्चिकै चुनाव सार्ने तयारी गरेका हुन भने उनले जनतालाई आश्वस्त पार्नुपर्छ, होइन भने यस्तो निराधार आरोप लगाउने मन्त्रीलाई बिभागिय कारबाही गर्नु पर्छ । चुनाव सार्ने षडयन्त्र भइरहेको कुरा बाहिर ल्याएका हुन भने गृहमन्त्रीको प्रशंशा गर्नुपर्छ । होइन सरकारमा बसिराख्ने बाहानाका लागि त्यस्तो गैरजिम्मेवार कुरा गरेका हुन भने उनले जवाफ दिनुपर्छ ।

सत्तारुढ दलका नेताहरु माओवादीले सरकारमा बसिराख्न गृहमन्त्रीले बाहानाबाजी गरेको आरोप लगाउछन् । तर गृहमन्त्री शर्माले भने निर्वाचन सुनिश्चितता भए आफूहरु एक मिनेट पनि सरकारमा नबस्ने बताएका छन । 'हामीलाई मन्त्री खान लोभ छैन, तर निर्वाचन सुनिश्चितता हुनुपर्छ ।' मन्त्री शर्माले पत्रकार सम्मेलनमा भने ।

सरकारमा बसिराख्ने बाहाना : लेखक

कांग्रेस नेता रमेश लेखक प्रधानमन्त्रीले चुनाव सार्ने तयारी गर्दैछन भन्ने गृहमन्त्री शर्माको अभिव्यक्ती सत्तामा टिकीराख्ने माओवादीको बाहाना भएको बताउछन् ।
‘माओवादीलाई सरकारमा बसिराख्ने बाहाना चाहिएको छ, त्यसैले गृहमन्त्रीले झुटो बोले’ लेखकले लोकान्तरसंग भने, ‘प्रधानमन्त्रीज्यू तोकिएको मितिमै चुनाव गराउन प्रतिबद्ध हुनुहुन्छ, चुनाव सार्ने कुरा सोच्न पनि सकिदैन ।’

*अद्याबधिक गरिएको
प्रधानमन्त्री देउवाले मन्त्री शर्माको जिम्मेवारी खोसेर विनाविभागिय बनाएका छन् ।

Muktinath Bank

Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

Advertisment
Nabil box
Kumari
Vianet communication
Laxmi Bank
hAMROPATRO BELOW NEWS
TATA Below
पुस ६, २०८०

एकाधबाहेक अधिकांश मन्त्रीले प्रभावकारी कार्यसम्पादन गर्न नसकेपछि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ स्वयंले मन्त्रीहरूलाई प्रस्ट चेतावनी दिएका छन् । नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका ला...

माघ १८, २०८०

सत्ता र शक्तिको आडमा गैरकानूनी ढंगले सरकारी जग्गा हडप्ने नेपालको शक्तिशाली व्यापारिक घराना चौधरी ग्रुपमाथि राज्यको निकायले पहिलोपटक छानबिन थालेको छ । काठमाडौंको बाँसबारीमा ठूलो परिमाणमा सरकारी जग्गा...

मंसिर २६, २०८०

दुई–दुईपटक मिर्गौला फेरेको शरीर । मध्यजाडो नजिकिँदै गरेका मंसिरका चिसा दिन । त्यसमाथि वृद्धावस्था । यस्तो बेला ७० नाघेकाहरूको अधिकांश समय ओछ्यानमै बित्छ । नभए पनि घरको चार दिबारभित्र आराम गरेर अनि तात...

चैत १, २०८०

सर्वोच्च अदालतको परमादेशले प्रधानमन्त्रीबाट पदमुक्त भएपछि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली बालुवाटारबाट रित्तो हात फर्केका थिए, २०७८ असार ३० गते । संसद् विघटनको अवगाल छँदै थियो, लामो समय सँगै राजनीति गर...

माघ १५, २०८०

अन्तिम समयमा आएर कुनै फेरबदल नभएको खण्डमा सम्भवत: आज एनसेलको शेयर खरिद बिक्री सम्बन्धमा छानबिन गर्न सरकारले गठन गरेको समितिले आफ्नो अध्ययन प्रतिवेदन बुझाउने छ । बहस चरम उत्कर्षमा पुगेका कारण एक निजी कम्पनीको अप्...

माघ १८, २०८०

चरम आर्थिक संकटबाट गुज्रिएको श्रीलंकाले सन् २०२२ को अन्त्यतिर औषधि किन्ने क्षमता पनि गुमाएको थियो । ५० अर्ब डलरभन्दा बढीको विदेशी ऋण 'डिफल्ट' भएको थियो भने लाखौंले रोजगारी गुमाएका थिए । दशौं लाख मान्छे...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x