×

NMB BANK
NIC ASIA

कुनैबेला कुकुर देख्दा मुन्टो बटार्ने स्नेहा एउटै घटनाले बदलिइन्

कात्तिक २०, २०७४

NTC
Sarbottam
Premier Steels
Marvel

विशाल भट्टराई

काठमाडौं, १ कात्तिक – ‘जुट्न त दैनिक कुकुरकै सेवामा जुटेकी छु, तर कुकुर तिहारको दिन मीठो मसिनो खुवाउने कार्यक्रम छ,’ भन्छिन्, ‘अढाई वर्षदेखि कुकुरसँग यस्तो प्रेम बस्यो, टुट्नै नसक्ने ।’

Muktinath Bank

snehas_care_dog_care_nepal-1सडकमा छोडिएका, गाडीको ठक्करबाट घाइते भएका, रोगले थलिएका लगायत समस्या बेहोरिरहेका कुकुर अहिले पनि उनको सेल्टरमा छन् । काठमाडौंकी स्नेहा श्रेष्ठ साढे दुई वर्षदेखि यसरी नै कुकुरको सेवामा जुटेकी छन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

कुकुर तिहारको अघिल्लो दिन लोकान्तरसँग कुराकानी गर्दै उनले कुकुरसँगको आफ्नो प्रेम सुनाइन् । उनको नामसँग जोडिएको स्नेही भाव उनले कुकुरको लालनपालनमा पोखेकी छन् ।snehas_care_dog_care_nepal-7


Advertisment
Nabil box
Kumari

‘पहिले केनल क्लबमा राखेर कुकुरको सेवा गर्थें,’ भन्छिन्, ‘केनल क्लबमा राख्दा साह्रै महंगो परेपछि अहिले कुकुरको लागि सेल्टर नै बनाएकी छु ।’

Vianet communication
Laxmi Bank

उनको सेल्टरमा रहरले पालिएका कुकुरहरू छैनन्, उनले त सडकमा दुःख पाइरहेका कुकुरलाई सेल्टरमा ल्याएर राखेकी छन् । अहिले पनि उनीसँग ७५ वटा कुकुर सेल्टरमै छन् ।

‘सडकबाट उठाएका घाइते कुकुरलाई केही महिना यहाँ राखेर उपचार गर्छौं,’ उनले भनिन्, ‘त्यसपछि वन्ध्याकरण गरेर छोडिदिन्छौं ।’snehas_care_dog_care_nepal-5

हात्तीवनस्थित उनको घरमा पनि अहिले सातवटा कुकुर छन् । चोभारको मञ्जुश्री पार्कनजिकै स्नेहाज केयर नामक संस्था खोलेर कुकुरको सेवा गरिरहेकी छन् ।

‘पहिला सबै खर्च व्यक्तिगत रूपमै गरेर कुकुरको सेवा गर्थें,’ उनले भनिन्, ‘अहिले चाहिँ डोनेसन पनि आउँछ, डोनेसन गर्ने धेरै नेपाली नै छन् ।’

कुकुरको लालनपालनमा मासिक पाँच लाखसम्म खर्च हुने उनको भनाई छ । पहिले स्नेहा ठमेलमा ट्राभल एजेन्सी खोलेर बसेकी उनले यता कमाएको पैसा कुकुरको स्याहारमा खर्च गर्थिन् । ‘अहिले त केही कर्मचारीहरू नै राखेर काम गरेका छौं,’ उनले भनिन्, ‘पशुको स्याहारमा लाग्दा राम्रो नै लागेको छ ।’

उनीसँग जोडिएको कुकुरप्रेमको किस्सा भने हृदयस्पर्शी छ । पहिले–पहिले उनलाई कुकुर मन पर्दैनथ्यो । उनका पतिले आफ्नो घरमा पाल्नको लागि ल्याएको कुकुरलाई पनि उनले खासै स्याहार गरिनन् ।

‘कुकुर स्याहार नपाउँदा झाडापखाला लागेर म–यो,’ भन्छिन्, ‘त्यस दिनदेखि मलाई खुब नरमाइलो लाग्यो ।’ मृतक कुकुरको माया बिर्सन नसकेपछि घरमा अर्को कुकुर किनेर ल्याइन् ।snehas_care_dog_care_nepal-4

‘त्यतिमात्र कहाँ हो र, त्यसपछि घरमा ल्याइएको अर्को कुकुरलाई छिमेकीले विष हालेर मारिदिए,’ उनी भन्छिन्, ‘त्यसपछि म कुकुरको सेवामा जुटेकी हुँ ।’ उनले त्यसपछि घरमा कुकुर पाल्ने भन्दा पनि सडकमा दुःख पाइरहेका कुकुरलाई सेवा गर्न थालिन् ।

‘शुरू–शुरूमा सडकका कुकुरलाई बिस्कुट खुवाउथें,’ उनले भनिन्, ‘अनि बिस्तारै सडकमा भेटिएका बिरामी कुकुरलाई घरमा लगेर उपचार गर्न थालेकी हुँ ।’ यसरी आफू थाहै नपाइकन पीडित कुकुरहरूको संरक्षण र पुनःस्थापनामा लागेको उनी बताउँछिन् ।

उनले कुकुरको सेवामा जुटेपछि माछामासु खाने आफ्नोे पहिलेको स्वभावलाई पनि त्यागेकी छन् । ‘कुकुर पाल्ने मान्छेले पनि किनेर भन्दा सडककै कुकुरलाई लगेर पालेमा राम्रो हुने थियो,’ उनले भनिन्, ‘बाटोको कुकुरलाई माया गर्दा उचित हुन्छ ।’snehas_care_dog_care_nepal-2

श्रेष्ठ आफ्नो संस्थामार्फत अहिलेसम्म एक हजारभन्दा बढी कुकुरलाई उपचार गरेको बताउँछिन् । दीर्घरोगी कुकुरहरूलाई भने उपचारपछि पनि बेवारिसे अवस्थामा छोड्न नमिल्ने उनी बताउँछिन् । स्नेहाको स्नेहयुक्त अभियानसँग जोडिन ‘स्नेहाज् केयर’ नामक उनको संस्थाको फेसबुक पेजमा पुग्दा हामीले प्राणीप्रेमसँग जोडिएका धेरै कुरा भेट्टाउनेछौं ।

  snehas_care_dog_care_nepal-3

प्रथमपटक शनिवार १३ कात्तिक २०७३ मा प्रकाशित

hAMROPATRO BELOW NEWS
TATA Below
माघ ५, २०८०

मनीषा जीसीको वास्तविक नाम विष्णु घर्ती क्षेत्री हो । गुल्मीको धुर्कोट गाउँपालिका– ३ हाडहाडेकी विष्णुलाई धेरैले मनीषा भनेर चिन्छन् । उनै मनीषा लोक सेवा आयोगले लिएका पाँचवटा परीक्षामा एकसाथ नाम निकालेर अह...

मंसिर ३०, २०८०

बुधवार काभ्रेको धुलिखेलस्थित काठमाडौं विश्वविद्यालयका १ हजार ८३८ जना विद्यार्थीमाझ सनम ढकाल दृश्यमा आए । एमबीबीएसमा सर्वोत्कृष्ट भएर गोल्ड मेडल ल्याउँदै सनम दीक्षित भएसँगै सबैमाझ परिचित भएका हुन् ।  काठम...

माघ २७, २०८०

भगवान् गौतम बुद्धको जन्मस्थल लुम्बिनी विश्वकै लागि शान्तिक्षेत्र हो । यो क्षेत्र आउँदो महिना विशेष हुने भएको छ । विश्वकै प्रतिष्ठित र ठूलो पुरस्कार मानिने नोबेल पुरस्कार विजेताहरूको जमघट हुने भएपछि विशेष हुन लागेक...

फागुन ५, २०८०

श्रीमान्–श्रीमती नैं शाखा अधिकृत, त्यो पनि एकसाथ । यस्तो सुखद संयोग सरकारी सेवामा प्रवेश गर्न चाहनेमध्ये कमैलाई मात्र जुर्ने गर्छ । तर, गुल्मीको धुर्कोट गाउँपालिका वडा नम्बर–६ का सुरेन्द्र पाण्डे र रमित...

कात्तिक २५, २०८०

बुटवलका कुलचन्द्र पाण्डे सफल पर्यटन व्यवसायी हुन् । कुनै समय भारतको एउटा कम्पनीमा काम गरेका पाण्डे अहिले रूपन्देहीमा ‘एसियन ब्राण्ड’ चम्काउने ‘टुरिजम’ उद्यमीका रूपमा चिनिन्छन् । तीन दशकअघि...

मंसिर १४, २०८०

प्रगतिशील राजनीतिको 'फ्रन्टलाइन'मा देखिने नेताहरू जति कठोर हुन्छन्, त्यो भन्दा बढी ‘इमोसनल र सेन्टिमेन्टल’ पनि हुन्छन् । त्यस्तै ‘इमोसनल फिलिङ्स’का बाबजुद परिस्थितिले कठोर बन्दै गएक...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x