×

NMB BANK
NIC ASIA

प्रदेश नम्बर ४ को हिसाब – बाबुराम भट्टरार्इदेखि दीपक मनाङ्गेसम्म कसको कति मत ?

कात्तिक २०, २०७४

NTC
Sarbottam
Premier Steels
Marvel
काठमाडौं, ११ कात्तिक– मंसिर १० मा पहिलो चरणमा हुन लागेको निर्वाचनका लागि राजनीतिक दलहरु चुनावी प्रचारप्रसार मा जुटेका छन् ।

प्रदेश नम्बर चार अन्तर्गतका ६ वटा जिल्लामा पनि चुनावी सरगर्मी बढेको छ । प्रदेश नम्बर चारका मुस्ताङ, म्याग्दी, बाग्लुङ, मनाङ, लमजुङ र गोरखा मा मंसिर १० मा चुनाव हुँदैछ । दोस्रो चरणमा नवलपरासी, तनहुँ, कास्की, स्याङजा र पर्वतमा मंसिर २१ मा निर्वाचन हुँदैछ ।

पहिलो चरणमा चुनाव हुने ६ वटा प्रदेशमध्ये चार नम्बर प्रदेश सवैको चासोमा रहेको छ । ३२ जिल्ला मध्येको गोरखा पहिलो चरणको चुनावी केन्द्रविन्दुमा पर्ने धेरैको अनुमान छ ।

पूर्व प्रधानमन्त्रीसमेत रहेका नयाँ शक्ति पार्टीका संयोजक बाबुराम भट्टराई र उनका पूर्वसहयोद्धा नारायणकाजी श्रेष्ठ चुनावी प्रतिस्पर्धामा छन् ।

शुरुमा वाम गठवन्धनमा पुगेका बाबुराम भट्राई गोरखाबाट उम्मेदवार बन्न नपाउने अवस्था आएपछि नेपाली कांग्रेससँग नजिकिएका थिए ।

कांग्रेको साथ पाएका उनले गोरखामा जित्छन् कि हार्छन् सवैको चासो बनेको छ ।

पहिलो चरणमा चुनाव हुने प्रदेश नम्बर चारका ६ जिल्लाका स्थानीय तहमा राजनीनित दलहरुले पाएका मतको आधारमा कसको अवस्था कस्तो रहने छ भन्ने हिसावकिताब गरिरहेका छौं ।

यसअघि हामीले प्रदेश नम्बर १, प्रदेश नम्बर ३ को चुनावी अवस्थाबारे अध्ययन प्रस्तुत गरेका थियौं ।

मुस्ताङमा कसले मार्ला बाजी ?

पाँच स्थानीय तह रहेको मुस्ताङमा स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेसल तीन स्थानीय तहमा जित निकाल्दा नेकपा एमालेले एक स्थानीय तहमा जीत निकालेको थियो भने एक स्थानीय तह स्वतन्त्र उम्मेदवारले जितेका थिए ।

स्थानीय तहको चुनावमा नेपाली कांग्रेसले २ हजार ६ सय ५ मत ल्याएको थियो भने नेकपा एमालेले १ हजार ७ सय ६१ र माओवादी केन्द्रले २ सय ६२ मत पाएको थियो । यस आधारमा वाम गठवन्नको २ हजार २३ मत छ जुन नेपाली कांग्रेसको भन्दा ५ सय २८ मत कम हो ।

मुस्ताङमा नेपाली कांग्रेसबाट रोमी गौचन र वाम गठवन्धनका तर्फबाट एमालेका प्रेमप्रसाद तुलाचन उम्मेदवार बनेका छन् ।

दीपक मनाङ्गेले के गर्लान् ?

दीपक मनाङेको उम्मेदवारी परसँगै चर्चामा रहेको मनाङमा आगामी निर्वाचनका लागि ५ हजार ८ सय ८० मतदाता रहेका छन् ।

नेपाली कांग्रेसका तर्फबाट टेकबहादुर गुरुङ र वाम गठवन्धनका तर्फबाट एमालेका पाल्तेङ गुरुङबीच चुनावी प्रतिस्पर्धा हुने भएको छ ।

चार वटा स्थानीय तह रहेको मनाङमा नेपाली कांग्रेस र नेकपा एमालेले दुई दुई स्थानीय तहमा जीत निकालेका थिए ।

जहाँ नेपाली कांंग्रेसले १२ सय १८ मत पाउँदा नेकपा एमालेले १३ सय ३९ तथा माओवादी केन्द्रले ५ सय १६ मत पाएका थिए । यस हिसावमा वाम गठवन्धनको १८ सय ५५ मत रहेको छ जुन नेपाली कांग्रेसको भन्दा ६ सय ३७ मत वढी हो ।

बाबुराम र नाराणकाजीको लडाई

पहिलो चरणको चुनावको केन्द्रमा पर्ने सम्भावना रहेको गारखा जिल्लामा दुई निर्वाचन क्षेत्र रहेको छ । एक क्षेत्र नयाँ शक्तिले पाएको छ भने अर्को क्षेत्र नया शक्तिको सहयोगमा नेपाली कांग्रेसले पाएको छ ।

पहिलो संविधानसभा निर्वाचनमा माओवादी का उम्मेदवार रहेका बाबुराम भट्टराईले सवैभन्दा धेरै मत ल्याएर पहिला भएका थिए । उनै बाबुराम अहिले माओवादी केन्द्रका उम्मेदवार नारायाणकाजी श्रेष्ठ विरुद्ध नेपाली कांग्रेसको समर्थनमा उम्मेदवार बनेका छन् ।

स्थानीय तहको चुनावमा गोरखामा नेपाली कांग्रेस सवैभन्दा ठूलो दल बनेको थियो ।

११ स्थानीय तह रहेको गोरखामा माओवादी कन्द्रले दुई स्थानीय तहमा जितेको थियो भने नेपाली कांग्रेसले ९ स्थानी तहमा जित निकाल्दा नयाँ शक्ति पार्टीले कुनै पनि स्थानीय तहमा जित निकाल्न सकेको थिएन ।

नेपाली कांग्रेसले ३८ हजार ५ सय ५६ मत पाएको थियो भने माओवादी केन्द्रले ३५ हजार २७ मत पाएको थियो त्यस्तै नेकपा एमालेले १७ हजार ८ सय ४६ मत पाएको थियो । नयाँ शक्तिले १४ हजार २ सय ६३ मत पाएको थियो ।

माओवादी र एमालेले वाम गठवन्धन गरेसँगै उनीहरुको मत ५२ हजार ८ सय ७३ हुन जान्त भने नेपाली कांग्रेस र नयाँ शक्तिको मत जोड्दा ५२ हजार ८ सय १९ हुन्छ । यस हिसावमा नयाँ शक्ति पार्टी ५४ मतले पछाडि छ ।

देव गुरुङ बलिया

१ लाख १५ हजार ४ सय ५६ मतदाता रहेको लमजुङमा एक निर्वाचन क्षेत्र रहेको छ । वाम गठवन्धनका तर्फबाट माओवादी केन्द्रले उम्मेदवारी दिएको लमजुङमा माओवादीका देव गुरुङलाई कांग्रेसका दीलबहादुर घर्तीले चुनौती पेश गरेका छन् ।

आठ वटा स्थानीय तह रहेको लमजुङमा ५ स्थानीय तह एमालेले जितेको थियो । नेपाली कांग्रेसले दुई स्थानीय तहमा जित निकाल्दा एक स्थानीय तहमा माओवादी केन्द्रले जितेको थियो ।

म्याग्दीमा कसको दबदबा

६ स्थानीय तह रहेको म्याग्दीमा नेपाली कांग्रेसले ४ स्थानीय तहमा जित्दा नेकपा एमालेले दुई स्थानीय तहमा जित निकालेको थियो ।

नेपाली कांग्रेसका खामबहादुर गर्जुबा र वाम गठवन्धनका तर्फबाट भुपेन्द्रबहादुर थापाबीच चुनावी प्रतिस्पर्धा देखिएको छ ।

स्थानीय तहको चुनावमा वाम गठवन्धनका दलहरुले २६ हजार ३ सय २६ मत पाएका थिए भने नेपाली कांग्रेसले १६ हजार १ सय ३९ मत पाएका थिए ।

बागलुङमा वाम बलिया

१० वटा स्थानीय तह रहेको बागलुङमा नेपाली कांग्रेस र नेकपा एमालेले ४÷४ स्थानीय तहमा जीत निकालेका थिए । माओवादी केन्द्रले एक स्थानीय तहमा जित्दा राजमोले एक स्थानीय तहमा जित निकालेको थियो ।

वाम गठवन्धनमा नेकपा एमाले, माओवादी केन्द्र र राजमोसमेत सहभागी भएसँगै बागलुङमा जित निकाल्न नेपाली कांग्रेसलाई हम्मेहम्मे पर्ने देखिएको छ ।

Sagarmatha Cement
Muktinath Bank

Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

Advertisment
Nabil box
Kumari
Vianet communication
Laxmi Bank
hAMROPATRO BELOW NEWS
TATA Below
माघ १५, २०८०

अन्तिम समयमा आएर कुनै फेरबदल नभएको खण्डमा सम्भवत: आज एनसेलको शेयर खरिद बिक्री सम्बन्धमा छानबिन गर्न सरकारले गठन गरेको समितिले आफ्नो अध्ययन प्रतिवेदन बुझाउने छ । बहस चरम उत्कर्षमा पुगेका कारण एक निजी कम्पनीको अप्...

माघ १८, २०८०

सत्ता र शक्तिको आडमा गैरकानूनी ढंगले सरकारी जग्गा हडप्ने नेपालको शक्तिशाली व्यापारिक घराना चौधरी ग्रुपमाथि राज्यको निकायले पहिलोपटक छानबिन थालेको छ । काठमाडौंको बाँसबारीमा ठूलो परिमाणमा सरकारी जग्गा...

माघ २, २०८०

आफ्नो तेस्रो कार्यकालको दोस्रो वर्षलाई प्रभावकारी बनाउने भनी दाबी गरेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कांग्रेस महामन्त्री गगन थापालगायत केही नेतासँग नियमित सल्लाह सुझाव लिन थालेका छन् । रा...

माघ १८, २०८०

चरम आर्थिक संकटबाट गुज्रिएको श्रीलंकाले सन् २०२२ को अन्त्यतिर औषधि किन्ने क्षमता पनि गुमाएको थियो । ५० अर्ब डलरभन्दा बढीको विदेशी ऋण 'डिफल्ट' भएको थियो भने लाखौंले रोजगारी गुमाएका थिए । दशौं लाख मान्छे...

पुस १८, २०८०

देशका विभिन्न शहरमा गरिब–मजदूरहरूले छाक काटेर सहकारीमा जम्मा गरेको पैसा बदनियतपूर्ण ढंगले हिनामिना गरेर टेलिभिजनमा लगानी गरेको विषयले बजार तातिरहेको छ, जसमा जोडिएका छन् रास्वपा सभापति रवि लामिछाने...

पुस ६, २०८०

एकाधबाहेक अधिकांश मन्त्रीले प्रभावकारी कार्यसम्पादन गर्न नसकेपछि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ स्वयंले मन्त्रीहरूलाई प्रस्ट चेतावनी दिएका छन् । नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका ला...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x