१६० वर्ष पुरानो यो तस्वीरमा लुकेको छ तर्साउने एक सत्य !

कात्तिक १९, २०७४

काठमाडौं, १९ कात्तिक — सामाजिक सञ्जालमा अचेल एउटा फोटो खुबै शेयर भइरहेको छ । आजभन्दा १६० वर्षअघि आयरल्यान्डको बेल्फास्टमा खिचिएको यो श्यामश्वेत तस्वीरलाई ध्यान दिएर हेर्नुस् त, त्यसमा लुकेको छ डरलाग्दो रहस्य ।


यो तस्वीर एउटा मिलमा खिचिएको थियो । तस्वीरमा महिलाहरूले क्यामरामा पोज दिइरहेको देखिन्छ ।

तस्वीरमा देखिएकी एक महिलाकी नातिनीले १६० वर्षपछि आफ्नी हजुरआमा समेत भएको फोटो फेसबूकमा शेयर गरिन् ।

झट्ट हेर्दा तस्वीर सामान्य देखिन्छ तर ध्यान दिएर हेर्दा यसमा भाइरल हुने एउटा कुरा छ । फोटोमा एक महिलाको काँधमा एकजनाको हात मात्र देखिन्छ तर मानिस नै देखिन्न । त्यो भूतको हात हो कि यो कुनै ट्रिक फोटोग्राफी हो ?


मानिसहरू यसमा अनेकथरी अनुमान लगाइरहेका छन् । तपाईंलाई के लाग्छ ?

एजेन्सी


कात्तिक १९, २०७४ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा समाचार