×

NMB BANK
NIC ASIA

नेपाली मौलिकताको सामाजिक सञ्जाल

फैलिँदै सगुन, सात वर्षमा संसारकै अग्रणी बन्ने लक्ष्य

कात्तिक २०, २०७४

NTC
Sarbottam
Premier Steels
Marvel

भनिन्छ संसार जित्नेहरुको हो र जीत संघर्षशील मानिसको पक्षमा हुन्छ । यही भनाईलाई आत्मसात गर्दै एक नेपाली युवा, संसारलाई एक गराउने एक शसक्त छुट्टै सामाजिक सञ्जाललाई संसारकै एक नम्बर बनाउने संघर्षको दौडमा रहेका छन् ।  इ–कमर्स स्टार्टअप कम्पनी सगुन अमेरिकी बजारमा रिटेल इन्भेस्टरका रुपमा बजारमा ल्याएपछि शुरु भएको संघर्षशील नेपाली गोबिन्द गिरीको दौड बिगत चार वर्षदेखि निरन्तर जारी छ ।  

Muktinath Bank

चार वर्षदेखि चलिरहेको अनव्रत दौड गन्तव्यमा पुग्नेमा उनी विश्वस्त छन्, आगामी करिब ७ वर्ष वर्षभित्रमा सगुन संसारको एक नम्बर सामाजिक सञ्जाल बन्छ भन्नेमा । ‘सगुनले सामाजिक सञ्जालमै समय गुजारेर आफ्नो महत्वपूर्ण समय खेर फालिरहेका युवाहरुलाई सही बाटो देखाउने काम गर्नेछ ।’ बिगत २५ वर्षदेखि अमेरिकामा बस्दै आएका गिरीले लोकान्तरसँगको कुराकानीमा भन्छन्, ‘अहिलेका लगानीकर्ताहरुलार्ई सय प्रतिशत नै जोखिम छ, यो जोखिम मोल्न सक्नेहरु भविष्यमा राम्रो नाफा कमाउन सक्छन् ।’ 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

के हो सगुन ?
सगुन फेसबुक जस्तै सामाजिक सञ्जाल हो । तर यसमा रहेका फिचरहरु फेसबुकका भन्दा भिन्नै छन् । सगुनमा खाता खोलेकाहरुले ‘माई डे’ (दैनिक काम मिलाउने), ‘मुड टक’ (मुड अनुसार कुराकानी गरिने), र ‘ओपन सेक्रेट’ (आफ्नो गोप्य कुराहरु शेयर गर्ने) फिचरहरू छन् । सगुनले छिट्टै आफ्नो एप्लिकेसन सार्वजनिक गर्ने तयारी गरेसँगै हाल रहेका १० लाख प्रयोगकर्ताबाट ह्वात्तै बढ्ने कम्पनीको विश्वास छ ।  


Advertisment
Nabil box
Kumari


जोखिम पनि उस्तै, सम्भावना पनि उस्तै
विश्वमा बढ्दो समाजिक सञ्जालको प्रयोगलाई दुरुपयोग गरिरहेको परिवेश उजार गर्दै सगुनले युवाहरुको समय उत्पादनशील बनाउने अवधारणा ल्याएको छ । अमेरिकाको रक्षा मन्त्रालयको सिस्टम इन्जिनियरको जागिर छाडेर सगुनको विकासका लागि लागिपरेका गिरी प्रयोगकर्तालाई पनि आफ्नो सञ्जाल प्रयोग गरेबापत नाफाको ५ प्रतिशतसम्म दिने अवधारणामा यसलाई अघि बढाएको बताउँछन् । भन्छन्, ‘हाम्रोमा लगानी गर्न रिस्क हुन्छ । तर, हामीजस्ता नयाँ कम्पनीमा लगानी गर्दा यो राम्रो गतिमा गयो भने अहिले १ सय डलर लगानी गर्नेले ३ वर्षमा १ मिलियन डलरसम्म कमाएका उदाहरण छन् । तर, यसको ग्यारेन्टी नभएकाले डुबिहाले जीवन जोखिममा पर्ने गरी लगानी नगर्न आग्रह गर्छौं ।’ 

Vianet communication
Laxmi Bank

लगानीकर्ता बढ्दै
अन्तराष्ट्रिय शेयर बजारमा एक नेपालीले स्थापना गरेको, नाममै नेपालीपन झल्कने, नेपालमा समेत कार्यालय भएको कम्पनीले शेयर निस्कासन गरेकाले विदेशमा बस्ने नेपाली उत्साहित भएर लगानी गरिरहेको दाबी गर्दै सगुनका संस्थापक गिरीले भने, ‘अमेरिका, भारत, मिडिल इस्ट, जापान, कोरिया, क्यानाडालगायतका मुलुकबाट उल्लेख्य लगानीकर्ता आइरहेका छन् ।’ 

विश्व परिवेशमा ठूलो सम्भावना र जोखिम बोकेर अघि बढिरहेको सगुन इंकले नेपालीलाई लगानीका अवसर दिएको छ । अहिले विश्वरभरबाट सामाजिक सञ्जाल सगुनको मिनी आईपीओमा नेपालीहरुले लगानी गरिरहेका छन् । तर, आगामी नोभेम्बर ३० मा बन्द गर्ने तयारीे सगुनको मिनी आईपीओबारे अहिले धेरै नेपालीहरु अन्योलमा नि ? पत्रकारको प्रश्नमा संस्थापक गिरी भन्छन्, ‘जोखिम उठाउन सक्ने जो सुकैले पनि संसारको जुन देशमा रहेर पनि लगानी गर्न सक्छ तर नेपालमा रहेका नेपालीहरुले भने नेपालको बैदेशिक लगानीको नीति नभएका कारण लगानी गर्न पाउँदैन । किनभने नेपालबाट बिदेशका कुनै पनि कम्पनीमा लगानी गर्न पाउँदैन ।’ 


एक वर्ष अमेरिकासँग लडाई गरेर यस्तो अवसर जुटाउन सफल भएकोमा गिरी खुशी व्यक्त गर्दै भन्छन्, ‘अमेरिकाले सन् २०१२ बाट मात्रै स्टार्ट अप कम्पनीलाई यस्तो आईपीओ जारी गर्न दिने गरी कानून ल्याएको थियो । यसका लागि मैले एक वर्ष फाइट गरेको छु ।’

‘यो एक निकै सकारात्मक कदम हो, फेसबुक र ट्वीटर लगायतका अन्य सामाजिक सञ्जालमा सर्वसाधारणले सुरुवातमै यस्तो लगानी गर्न पाएका थिएनन् । त्यही बाटोमा अघि बढिरहेको सगुनमा भने नेपालीहरुलाई समेत लगानीको ठूलो अवसर हो तर जोखिम एक सय एक सय प्रतिशत नै छ ।’ गिरीले खुशी व्यक्त गरे ।

लगानी गर्ने तरिका
सगुनले अहिले सर्वसाधारणको लागि जारी गरेको मिनी आईपिओ अर्थात् सानो परिमाणमा प्राथमिक शेयरबारे धेरै नेपाली अन्योलमा छन् । हाल यस कम्पनीको मूल्याङ्कन ९३ मिलियन डलर बराबर छ । कम्पनीका अनुसार सगुनले अहिले २ करोड डलर बराबारको ८ लाख ६९ हजार ५ सय ६५ कित्ता (२१ प्रतिशत) शेयर जारी गरेको छ । जुन प्रतिकित्ता २३ डलर रहेको छ । 

विदेशमा कानुनसम्मत तरिकाले बसोबास गरेका र स्थानीय बैंकमा बैंक खाता खोलेका नेपालीले मात्र यसमा लगानी गर्न पाउँछन् । तर नेपालमा बसेका नेपालीहरुले भने यसमा लगानी गर्न पाउँदैनन् । विदेशमा रहेका नेपालीले भने चाहेको परिमाणसम्म शेयरमा लगानी गर्न पाउने छन् ।

शेयरमा लगानी गर्न www.sagoon.com/invest बाट आवेदन दिन सकिनेछ । कम्पनीले आवेदन गर्न समस्या पर्नेहरुलाई लाइभ कलबाट पनि सहयोग गर्ने जनाएको छ । 

कम्पनीलाई शेयर जारी गर्न अमेरिकी धितोपत्र कारोबार आयोगले अनुमति दिएको हो भने त्यहाँको जब्स एक्ट २०१२ को प्रावधान अनुसार शेयर निष्कासन भएको हो । कम्पनीले जारी गरेको शेयर तत्काल भने अमेरिकी शेयर बजारमा सूचीकृत हुने छैन । तर यसपछि गर्ने प्राथमिक शेयर निष्कासन लगत्तै भने अमेरिकी शेयर बजारमा कम्पनीको शेयर सूचीकृत हुने कम्पनीले जनाएको छ ।

आगामी योजना 
कम्पनीले डिसेम्बरसम्म भारतबाट विश्वव्यापी रुपमा मोबाइल एप्लिकेशन पनि सार्वजनिक गर्ने तयारी गरिरहेको छ । सगुनमा प्रत्येक प्रयोगकर्तालाई ५ प्रतिशत शेयर स्वामित्व दिने योजनाअनुसार नेपालमै रहेकाहरुले समेत पाउने व्यवस्थाको लागि तयारी भइरहेको गिरीले बताए । त्यस्तै, भविश्यमा बैंक, ग्राहकको लागि अमेरिका लगायतका देशका कम्पनीहरुले दिने छुट, उपहारहरु सम्बन्धित व्यक्तिलाई पठाउन सकिने गरि स्मार्ट कार्डको विकास गरेर सेवा दिने समेत योजना बनाएको छ ।

सगुनले आफ्नो सोसियल स्मार्ट कार्डलाई प्रयोगकर्ताहरु माझ ल्याउने योजना बनाएको छ । सगुनमा प्रोफाइल बनाउँदा र सगुनमा आबद्ध भए पछि सगुन प्रयोगकर्ताले निःशुल्क रुपमा स्मार्ट कार्ड पाउने कम्पनीले जनाएको छ । उक्त स्मार्ट कार्ड पाए पछि सगुनमा खाता भएका प्रयोगकर्ताहरुले आफ्नो साथीभाई वा परिवारलाई उपहार र गिफ्ट कार्ड खरिद गरेर दिन सक्ने अवधारणा पनि छ । तर सो स्मार्टकार्ड छिटो ल्याउने तयारी भइरहेको कम्पनीले जनाएको छ ।  

hAMROPATRO BELOW NEWS
TATA Below
फागुन २६, २०७५

भारत- भारतीय लोकसभा निर्वाचनको मिति घोषणा भएको छ ।  बीबीसी हिन्दीका अनुसार भारतीय लोकसभाको निर्वाचनको सात चरणमा हुने भएको छ । लोकसभा निर्वाचन ११ अप्रिलबाट शुरू भएर १९ मे सम्पन्न हुने भारतीय सञ्च...

चैत १९, २०७५

काठमाडौं – अफ्रिकी मुलुक मोजाम्बिकमा इडाइ आँधीको प्रकोपपछि हैजा फैलिएको छ ।  आँधीप्रभावित क्षेत्रमा कम्तीमा १ हजार ५२ जना प्रभावित भएका छन् । विगत चार दिनदेखि संक्रमण तीव्र गतिमा फैलिएको छ ।&nbs...

माघ ७, २०७४

लस एन्जेलस, ७ माघ - अमेरिकाको क्यालिफोर्नियास्थीत मरुभूमिमा हेलिकोप्टर दुर्घटना हुँदा दुई जना अमेरिकी सैन्य विमान चालकको मृत्यु भएको छ ।  शनिबार बिहान प्रशिक्षणका क्रममा उक्त हेलिकोप्टर दुर्घटनामा प...

कात्तिक १४, २०७५

जर्मनी- जर्मनीका एक जना पूर्व नर्स नेल्स होएगेलले आफ्नो जिम्मेवारीमा रहेका १०० बिरामी मारेको मङ्गलबार स्वीकार गरेका छन् ।  जर्मनीको विश्वयुद्धपछिको इतिहासमा सबैभन्दा ठूलो मानिएको क्रमवद्धरूपमा भएको हत्याका आर...

चैत १९, २०७५

काठमाडौं – रुसी उड्डयन उद्योगकी प्रभावशाली महिलाको नातालिया फिलेवा दक्षिणपश्चिम जर्मनीस्थित एजेलवाश शहरमा भएको विमान दुर्घटनामा परी निधन भएको छ ।  ६ सीट भएको विमानमा पाइलटसँगै नातालिया र उनका...

माघ २०, २०७४

काठमाडौं, २० माघ– भारत पञ्जाबको मुक्तसर जिल्लामा एक व्यक्तिले फेसबुक लाइभको क्रममा आत्महत्याको प्रयास गरेका छन् । मुक्तसर जिल्लाको भुट्टीवाला गाउँका गुरुतेज सिंहले फेसबुक लाइभको क्रममा आफैंलाई गोली हानेर आ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

बैशाख १, २०८१

आत्मिक शुद्धताका पक्षपाती दार्शनिक सुकरात चौबाटोमा उभिएर एथेन्सबासीलाई आह्वान गरिरन्थे– ‘तपाईं नीति, सत्य र आत्माको शुद्धताका लागि किन ध्यान दिनुहुन्न ?’ उनका अर्थमा त्यो जीवन बाँच्न योग्य हुँदैन...

x