×

NMB BANK
NIC ASIA

विश्वका सबैभन्दा अनौठा ८ शहरहरु, के हुन् कारण ?

कात्तिक २६, २०७४

NTC
Sarbottam
Premier Steels
Marvel

विकासका पूर्वाधारहरु बढ्दै जाँदा विश्‍वका धेरै गाउँहरु शहरमा परिणत हुँदै गएका छन्। गाउँबाट शहरीकरण हुने प्रकिया अहिले पनि जारी नै छ। तर विश्वका यस्ता शहरहरु जुन अरु शहरभन्दा निक्कै अनौठा प्रकारका छन्। ती कुन कुन शहर हुन त ?

Muktinath Bank


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

१.कूबर पेडी, अस्ट्रेलिया
अस्ट्रेलियाको कूबर पेडी जमिन मुनि बसाइएको शहर हो। यो शहर दूध जस्तो देखिने ढुंगाको लागि प्रसिद्ध छ। यो शहरलाई ओपल क्यापिटलको नामले समेत चिनिन्छ। किनकी यहाँ संसारकै सबैभन्दा धेरै ओपल (दुधिलो ढुंगा) निक्लिन्छ। यहाँका धेरै घरहरु जमिनमुनि नै बनाइएको छ। 


Advertisment
Nabil box
Kumari

यसका साथै केही घरहरु पहाडमा खोपिएर बनाइएको छ। त्यतिमात्रै नभइ यहाँका घर मात्रै नभइ पसल, होटल, चर्च सबै जमिन भित्रै बनाइएको छ। जिमन मुनि बनाइएको घरको रातो ढोकाले यो शहरको सुन्दरता बढाइदिएको छ। 

Vianet communication
Laxmi Bank

२. किङडम अफ लिटल पिपुल, चाइना


कुनै एउटा परीको शहर जस्तो देखिने यो शहरमा मात्र होचा मानिसहरु बस्ने गर्दछन्। चीनमा रहेको यो शहरमा उनीहरुलाई मात्रै बस्ने अनुमति दिइएको छ जसको लम्बाइ ५१ इन्चभन्दा कम छ। दिनमा यी मानिसहरु यहाँ बनाइएको अनौठो घरमा बस्‍ने गर्दछन भने रातिको समयमा बोर्डिङ हाउसमा पठाउने गरिन्छ। 

उक्त बोर्डिङ हाउस उनीहरुकै लागि बनाइएको हुन्छ। तर पनि यो ठाउँलाई चीन सरकारले एउटा पर्यटकीय गन्तव्यको लागि विकास गरेको पाइन्छ।उनीहरुले यहाँ आउने पर्यटकलाई मनोरञ्‍जन दिने गर्दछन्।  यहाँका होचा मानिसहरुलाई धेरै पटक खिल्ली उडाउने गरिन्छ तर यहाँको प्रबन्धकका अनुसार यहाँको मानिसको पेशा नै यही भएको र घर यही कारणले चल्‍ने भएकाले उनीहरुलाई आफू हेपिएको महसुस हुँदैन। 

३.मनसियात नसिर, इजिप्ट
प्रत्येक शहरमा सरसफाइ गर्ने नियम आआफ्नै प्रकारको हुन्छ। तर इजिप्टमा एउटा यस्तो शहर छ जहाँ सबैतिर फोहोरै फोहोर देखिन्छ। सडक, घर वा बाल्कोनी जताततै फोहोरै फोहोर देखिने भएकाले यसलाई गार्बेज सिटीको नामले पनि चिनिन्छ। 

करीब ५ वर्गकिलोमिटर क्षेत्रफलमा फैलिएको यो शहरमा लगभग साह्रै दुई लाख मानिस बसोबास गर्ने गर्दछन्। यहाँका वरिपरीका शहरहरुबाट पनि फोहोर ल्याउने गरिन्छ। किनकी यहाँ सबै फोहोरहरु पुनर्प्रयोग गर्ने गरिन्छ। 

४.मियाके जिमा, जापान
जापानको यो शहरमा सबै मानिसहरु मास्क लगाउने गर्दछन्। किनकी यहाँको एउटा भूभागमा ज्वालामुखी सक्रिय हुने गर्दछ। करिब साह्रै दुई हजार बढी आवादी रहेको यो शहरमा धेरै पटक ज्वालामुखी फुटिसकेको छ। सन् २०००, जुलाई १४ मा एउटा भयानक ज्वालामुखी विस्फोटन भएर यो ठाउँमा धेरै क्षति पुर्‍याएको थियो। 

तर चार वर्षपछि मानिसहरु फेरि आएर आफ्नो बस्ती बनाइसकेका छन्। यहाँ बस्‍नको लागि अनुमति मिले पनि विशालु ग्यासको कारण यहाँका मानिसहरुले दैनिक मास्क लगाउने गर्दछन्। 

५.थम्स टाउन, चीन
संसारकै दोस्रो सबैभन्दा ठूलो पूँजी भएको चीनले यहाँको अर्थ व्यवस्था कायमै राख्‍नको लागि धेरै शहरको निर्माण तीव्र गितमा गरिरहेका छन्। यहाँका धेरै शहरहरु यति द्रूत गतिमा निर्माण भएका छन् की मानिसलाई एक अर्कासँग बोल्‍ने र बस्‍ने फुर्सद हुँदैन। 

चीनमा यस्ता शहरहरु धेरै बनाइएका छन् जहाँ अहिलेसम्म मानिको बसोबास नै छैन। ती मध्ये एउटा थेम्स शहर पनि हो। जो इंग्ल्याण्डको हुबहु कपि गरिएको छ भने लण्डनको थेम्स नदीको नाममा शहरको नाम नामाकरण गरिएको छ। यसलाई चीनको इंग्ल्याण्ड भनिन्छ।

६.औरोभिल, भारत
मेरिया एलसेफाद्वारा सन् १९६८मा स्थापना गरिएको यो शहरमा तमिलनाडुमा अवस्थित छ। तर यो शहरको आधा भाग पाण्डिचिरेमा पनि पर्दछ। करीब दुई हजार बढी बासिन्दाहरु यो शहरमा विदेशी पनि बसोबास गरेका छन्।

यो शहरको विशेषता भनेको यहाँ कसैको पनि आफ्नो व्यक्तिगत सम्पत्ति छैन।पैसालाई सबैले बराबर मिलेर बाड्‍ने गर्दछन भने यहाँका मानिसहरु कुनै पनि धर्मको मानिसलाई होच्याउदैनन। यो शहरको बीचमा एउटा मन्दिर छ सबै धर्मका मानिसहरु यहाँ आएर प्रार्थना गर्ने गर्दछ। 

७.सेन्ट्रलिया, पेन्सिल्भानिया, अमेरिका
यो एउटा यस्तो शहर हो की यहाँको जमिनमा सधैं आगो निकाल्‍ने गर्छ। सन् १९६२ मा यहाँको एक कोइलाखानीमा लागेको भयंकर आगोको परिणाम यस्तो समस्या भोगिरहनु परेको छ। 

सन् १९६२ पहिले धेरै बसोबास र विकास थियो तर कोलाखानीको आगलागीले सबै बर्बाद गरिदिइो। अहिले यहाँ मात्र १० जना मानिस बसोबास गर्ने गर्दछन। किनकी उनीहरु आफ्नो अन्तिम समय पनि यही बिताउन चाहन्छन्। 

८.द भिलेज, फ्लोरिडा, युएसए
यदि तपाई आफ्नो रिटायर लाइफ आनन्दले जिउन चाहनुहुन्छ भने यो शहर तपाईको लागि धेरै उपयुक्त हुन्छ। किनकी यो शहर मात्र वृद्धवृद्धाहरु बस्नको लागि बनाइएको हो। यहाँ १९ वर्षभन्दा कम उमेरका मानिस बस्‍न पाउँदैनन्। 


यो शहरको नियम नै प्रत्येक शहरमा करीब ५५ वर्ष र सोभन्दा माथि उमेरका मानिस मात्र बस्‍ने छ। यति हुादाहुँदै पनि यो शहरमा द्रूत गतिले विकास भएको छ। यहाँ कुनै प्रकारकव अपराधका कार्यहरु हुँदैनन। एजेन्सी

hAMROPATRO BELOW NEWS
TATA Below
भदौ ७, २०८०

काठमाडौं — पसलहरूतिर अनि गाडीमा पनि कागती र खुर्सानीलाई धागोमा उनेर झुण्ड्याएको देख्न पाइन्छ । खराब मान्छेको आँखा नलागोस् भन्नका लागि यसरी कागती झुण्ड्याउने गरेको बताइन्छ । हुन त यसलाई अन्धविश्वास भनेर...

कात्तिक १८, २०७८

कहिलेकाहीँ हाम्रो आँखा अचानक फर्फराउन थाल्छ । अनि हाम्रो देशमा आँखा फर्फराउनुलाई शुभ अशुभ फलसँग जोडेर हेर्ने गरिन्छ । दाहिने आँखा फर्फराउँदा शुभ हुने अनि देब्रे फर्फराउँदा अशुभ हुने विश्वास गरिन्छ । तर यो...

असोज १९, २०७८

काठमाडौं — लामो, कालो, घना र बलियो कपाल पाल्ने इच्छा सबैले राख्छन् । यस्तो कपालप्रति धेरैजना आकर्षित हुन्छन् र शरीरको सुन्दरता पनि बढ्छ । उमेर बढ्दै जाँदा कपाल फुल्दै जानु स्वाभाविकै हो । तर आजकलको...

असार २५, २०७७

विश्वका प्राय: मुलुकमा लिखित संविधान छ। ती देशमा लिखित संविधानकै आधारमा शासन चल्छ। तीमध्येको नेपाल पनि एउटा हो। नेपालले पछिल्लो पटक ०७२ मा नयाँ संविधान जारी ग-यो। तर, तपाईँलाई थाहा नहुन सक्छ विश्व...

भदौ ७, २०८०

गर्मीमा लामखुट्टे वा मच्छडको प्रकोप बढी नै हुन्छ ।  झुलबाहिर बस्दा वा​ लिक्विड रिपेलेन्ट वा गनाउने धुप नराख्दा लामखुट्टेले टोकेर हैरान बनाउँछ । तर लामखुट्टेले कसैलाई बढी टोक्छ भने कसैलाई कम ।  ...

भदौ ७, २०८०

चुम्बनको सबैभन्दा पुरानो रेकर्ड चार हजार ५०० वर्ष पुरानो भएको अनुसन्धानकर्ताहरुले बताएका छन् । यसै साता ‘साइन्स’ पत्रिकामा प्रकाशित नयाँ अध्ययनले प्राचीनकालमासमेत यो व्यापक रहेको देखिएको बताएको छ...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x