×

NMB BANK
NIC ASIA

तरकारीको मूल्य बढेको बढ्यै, यस्तो छ कारण

कात्तिक २७, २०७४

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं, २७ कात्तिक– काठमाडौंमा तरकारीको मूल्य आकाशिएको छ । बजार माग अत्यधिक बढेपनि आपुर्ति न्यून हुँदा बजार मूल्य ह्वात्तै बढेको हो ।  

Muktinath Bank

तरकारी उत्पादनको मौसमको मुखमै पुग्दा बजारमा गोलभेँडा, काउली, आलु, गाँजर बन्दालगायत तरकारीको मूल्य आकाशिएको छ । कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितले आइतबार सानो गोलभेँडाको थोक मूल्य ८० देखि ८५ रुपैँया तोके पनि बजारमा खुद्रा मूल्य १२० देखि १४० रुपैँयासम्म रहेको छ ।
  
सेतो आलुको अधिकतम मूल्य प्रतिकिलो ४० रुपैयाँ रहेकोमा कालीमाटी बजारमा आलुको खुद्रा मूल्य ६० रुपैँया रहेको छ । यसैगरी काउलीको खुद्रा मूल्य बजारमा ११० रुपैयाँ पुगेको छ । कालिमाटी टुकुचा लगायतका बजारमा बोडी र मटरकोशा किलोको १३० देखि १४० रुपैयाँ पुगेको छ । हरियो प्याज १४० देखि १५० रुपैयाँ प्रतिकेजी छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

यसैगरी आईतबार घिउसिमीको बजारमूल्य प्रतिकिलो ११० देखि १२० रुपैँया छ भने गाँजर पनि किलोको १३० देखि १४० रुपैयाँ पुगेको छ । पालुंगो र चमसुर लगायतका साग प्रतिकिलो ११० देखि १५० रुपैँयाको बीचमा बिक्री भइरहेको छ ।
  
भेडे खुर्सानी किलोको १३० रुपैयाँका दरले बिक्री भइरहेको छ भने हरियो लसुुनको मूल्य किलोको १७० रुपैयाँ छ । हरियो धनियाँ बजारमा प्रतिकिलो ४०० रुपैयाँका दरले बिक्री भइरहेको छ ।


Advertisment
Nabil box
Kumari

यस्तो छ कारण
बरिष्ठ कृषि अर्थविद् मणिरत्न अर्यालले तरकारी मागअनुसार आपुर्ति हुन नसक्दा मूल्य बढी भएको बताए । यो वर्ष सिजनको मुखमै आइपुग्दा तरकारीको मूल्य बढ्नुको कारण निर्वाचन पनि भएको उनको बुझाइ छ ।  लोकान्तरसँगको कुराकानीमा उनले भने, ‘सामान्यतया मागको आधारमा आपुर्ति हुन नसक्दा नै मूल्य बढ्ने हो, तरकारी बजारमा पनि यही भइरहेको छ । तराईमा बर्षातका बेला आएको बाढीले तरकारी खेती प्रभावित भयो र उत्पादन ह्वात्तै घट्यो तर निर्वाचनका कारण माग बढ्यो ।’ 

Vianet communication
Laxmi Bank

तराईमा आएको बाढीका कारण तरकारीको उत्पादन ५० प्रतिशत उत्पादन घटेको उनले बताए । उनका अनुसार बाढीका कारण सलार्ही, धनुषा, बारा, पर्सा, चितवन, मकवानपुर, नवलपरासी लगायतका जिल्लामा तरकारी उत्पादन ५० प्रतिशत घटेको छ ।  

चुनावको बेला भोजभतेरमा तरकारी बढी माग हुने हुँदा आपुर्ति कम भएकाले बजारमा मूल्य बढेको उनको भनाई छ ।  
पछिल्लो समय युवाहरु बिदेश जाने तथा घरमा बस्ने महिला, युवायुवती लगायतले पैसा छ, बजारमा किन्न पाइहाल्छ भनेर आफ्नो उपभोगका लागि पनि तरकारी नलगाउने प्रवृत्तिका कारण तरकारी उत्पादनमा भनेजस्तो बृद्धि हुन नसकेको उनले बताए ।
 
कृषि विकास मन्त्रालयका सूचना अधिकारी समेत रहेको अर्यालले सरकारले पछिल्लो समय कृषिमा युवाहरुको सहभागिता बढाउन केही योजनाहरु ल्याए पनि सकारात्मक प्रतिफल भने प्राप्त हुन नसकेको बताए ।

सरकारी तथ्याङ्कका अनुसार काठमाडौं उपत्यकामा मात्रै दैनिक एक देखि डेड लाख  क्विन्टल तरकारी खपत हुने गरेको छ । 

नेपालमा आन्तरिक रुपमा नियमित हुने तरकारीको उत्पादनले मागको २० प्रतिशत मात्रै धानेको कृषि विकास मन्त्रालयले जनाएको छ । मौसमे तरकारीले बजारको ठूलो हिस्सा ओगटेकोमा अहिले मौसमअनुसार उत्पादन हुने तरकारीको उत्पादनमा ह्रास आएको छ । दैनिक माग हुनेमध्ये करिब १५ प्रतिशत तरकारी भारतबाट आयात गरिन्छ । 
 

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर ४, २०८०

कर्मचारीलाई तलब खुवाउन समेत नसक्ने अवस्थाबाट गुज्रेको नेपाल वायु सेवा निगम (एनएसी)ले आर्थिक अवस्था सुधारेर अन्तर्राष्ट्रिय उडानका लागि विमान खरिद गर्दा लिएको ऋणको किस्ता तिर्न शुरू गरेको छ । लामो समय घाटामा रहे...

बैशाख ३, २०८१

नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले विश्व बैंकको लगानी रहेको ढल्केबर सबस्टेसन निर्माणका क्रममा आफ्नो स्वार्थ जोडिएको कम्पनीलाई कानूनविपरीत ठेक्का दिएको पाइएको छ । करिब ४ करोड बराबरको...

कात्तिक २८, २०८०

नेपाल राष्ट्र बैंकले मंगलबारका लागि तोकेको विदेशी मुद्राको विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर १३३ रुपैयाँ ०४ पैसा र बिक्रीदर १३३ रुपैयाँ ६४ पैसा रहेको छ । यसैगरी युरो एकको खरिददर १४२ रुपैयाँ १६ पै...

फागुन ३०, २०८०

अर्थमन्त्री वर्षमान पुन 'अनन्त' समेत मुछिएको १३८ किलो सुन तस्करीको फाइल पर्याप्त अनुसन्धानविनै सरकारी वकिलको कार्यालयमा पुगेको छ । अर्थमन्त्रीका रूपमा पुन आएलगत्तै भन्सार विभागले पर्याप्त अनुसन्धानविनै फा...

कात्तिक १७, २०८०

विज्ञ समूहले दिएको सुझावसहितको प्रतिवेदन सम्बन्धमा मन्त्रिपरिषद्ले निर्णय गर्न ढिला गर्दा निजगढ विमानस्थल निर्माणको काम प्रभावित भएको छ । निजगढमा विमानस्थल बनाउन उपयुक्त रहेको भनेर विज्ञ समूहले प्रतिवेदन दिएको ए...

माघ ८, २०८०

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र सोही पार्टीका नेता समेत रहेका पूर्व बैंकर अनिल केशरी शाहले 'चेक क्लियरिङ'का सम्बन्धमा गरेको दाबीमा गम्भीर प्रश्न उठेको छ । सहकारी ठगी प्रकरणमा प्रस्टीकर...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x