×

NMB BANK
NIC ASIA

पशुपतिमा बाला चतुर्दशीको तयारी पूरा, कात्तिक ३० गते रातभर दीपप्रज्वलन

कात्तिक २८, २०७४

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौँ, २८ कात्तिक पशुपतिनाथ मन्दिरमा यस वर्षको बाला चतुर्दशीका लागि सबै तयारी पूरा भएको छ । 

कात्तिक ३० गते बिहीबार साँझ दिवंगत पितृको सम्झनामा आफन्तजनबाट रातभर दीपप्रज्वलन गरी भोलिपल्ट मंसिर १ गते शुक्रबारका दिन सत्विजारोपण व्यवस्थित रुपमा गर्न तयारी पूरा गरिएको हो । 

प्रत्येक वर्ष मार्गशीर्ष कृष्ण त्रयोदशीका दिन बेलुकी दिवंगत पितृको स्मरणमा बत्ती बाली चतुर्दशीका दिन बिहान सत्बीज छर्ने परम्परा छ । मन्दिर प्राङ्गणको चारैढोका र पश्चिम मूल ढोकासहित बाहिरी परिसरको प्रवेशद्वारमा दीपप्रज्वलन गरी राख्ने व्यवस्था मिलाइएको कोषले आज आयोजना गरेको पत्रकार सम्मेलनमा जानकारी दिइयो । 

बत्ती बाल्न र रातभर जाग्रामका लागि पालभित्र र उपलब्ध हुनसक्ने अन्य स्थानसमेत कोषको तर्पmबाट निःशुल्क उपलब्ध गराइने भएको छ । कसैले पनि शुल्क उठाउन नपाउने गरी कडा निर्देशन गरिएको सदस्य सचिव डा प्रदीप ढकालले जानकारी दिनुभयो । 

“रातभर बत्ती कुरेर बस्न नसक्नेका लागि रु एक हजार तिरी कोषले नै कर्मचारी खटाई विगतमा झँै बत्ती बाल्ने व्यवस्था मिलाइएको छ । मन्दिर प्राङ्गण, मुख्य क्षेत्रभित्र र ढुंगा छापेको, पिच गरेको स्थानमा सत्बीज नर्छन् र सकेसम्म उम्रने खाली ठाउँमा मात्र छर्न भक्तजनलाई अनुरोध गरिएको छ”– उहाँले भन्नुभयो । 

यस अवसरमा मादक पदार्थ एवं नशालु पदार्थ बिक्री वितरण तथा उपभोग गर्न निषेध गरिएको छ । यसको अनुगमनको कडा व्यवस्था मिलाइएको कोषले जनाएको छ । भक्तजनलाई महँगा र भड्किला गरगहना एवं छालाका जुत्ताचप्पल नलगाउन सूचित गरिएको छ । 

भूकम्पका कारण देवालय, पाटी, पौवा सत्तल चिरा परी जोखिमपूर्ण अवस्थामा रहेकाले मानवीय क्षतिसमेत हुनसक्ने हुँदा त्यस्ता स्थानमा राति बत्ती बालेर बस्न निषेध गरिएको छ । खोजखबर कक्षको सञ्चालन र सञ्चारको प्रभावकारिताका लागि नेपाल टेलिकम र एनसेलबाट विशेष व्यवस्था मिलाइएको कोषले जनाएको छ । 

मेलाका लागि एकीकृत सुरक्षा संयन्त्रअन्तर्गत नेपाल प्रहरी र सशस्त्र प्रहरी गरी एक हजार १०० को संख्यामा परिचालन गरिने प्रहरी निरीक्षक राजकुमार राईले जानकारी दिनुभयो । बाला चतुर्दशीका लागि नेपाली सेनाको समेत विशेष सहयोग लिइने छ । 

बालाचतुर्दशीमा कैलाश डाँडामा मात्र बजार राख्न पाउने, वाग्मती नदीमा अस्थायी पुल र शौचालय एवं घुम्ती शौचालयको व्यवस्था गरिएको कोषले जनाएको छ । आर्यघाटतर्फको १ र २ नं चिता कात्तिक ३० एवं मंसिर १ गते दुई दिन बन्द गरिने भएको छ । 

सतबीज् मार्ग सुधारसहित पर्व अघि र सम्पन्न भएपछि काठमाडौँ महानगरपालिका, नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाका साथै पशुपति सरसफाइ अभियानमा संलग्न संघसंस्थाको सहयोगमा मन्दिर प्राङ्गणभित्रको निरन्तर सरसफाइका लागि नेपाल एसविआई. बैंकको सहयोग लिइनेछ । 

पशुपति क्षेत्रको विशेष सफाइमा रहेको खेम्स क्लिनिङले बाला चतुर्दशीको अवसर पारेर विशेष सफाइ अभियान चलाउने खेम शर्माले बताउनुभयो । यस वर्षको महाशिवरात्रि अघि नै पशुपति क्षेत्रलाई चम्किलो बनाइने उहाँको प्रतिबद्धता थियो । 

मेलामा प्रहरी शिविरसँगै एम्बुलेन्ससहितको स्वास्थ्य शिविर राखी प्राथमिक उपचारको व्यवस्था मिलाइने भएको छ । खानेपानी तथा नुहाउने व्यवस्था गर्न कोषले काठमाडौँ उपत्यका खानेपानी लिमिटेडलाई अनुरोध गरी आवश्यक व्यवस्था मिलाउँदै छ । 

कैलाशडाँडा, उमाकुण्ड, गौरीघाट, किराँतेश्वर, वनकाली, आर्यघाट, मृगस्थली, विश्वरुपलगायत जंगलमा पर्ने सत्बीज मार्ग एवं नमोबुद्ध समेतमा पर्याप्त बत्तीको व्यवस्था गरिएको र त्यसका लागि नेपाल विद्युत् प्राधिकरणको सहयोग लिई विद्युत् भार कटौती नहुने गरी व्यवस्था मिलाइएको कोषले जनाएको छ । 

२०७४ मंसिर २ गते शनिबार बिहान ९ बजेदेखि मध्याह्न १२ बजेसम्म भगवान् श्रीपशुपतिनाथमा पहिरिने कवच, मुकुट, नागमणि, एकमुखे रुद्राक्ष मन्दिर प्राङ्गणमा सर्वसाधारणलाई दर्शन गराउने व्यवस्था कोषले मिलाएको सो अवसरमा जानकारी गराइयो । पूर्णप्रसाद मिश्र, रासस

Muktinath Bank

Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

Advertisment
Nabil box
Kumari
Vianet communication
Laxmi Bank
hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १०, २०८०

काठमाडौं, — हिन्दू धर्मले सहगोत्रीका बीच विवाह गर्न नहुने विधान गरेको छ । गोत्र भनेको वंश र कुल हो । प्रत्येक नयाँ पुस्तालाई गोत्रले जोड्ने काम गर्छ । जस्तो, कसैको भारद्वाज गोत्र छ भने त्यो व्यक्ति भरद्वा...

कात्तिक २४, २०८०

सनातन धर्ममा गोत्रको धेरै महत्व हुन्छ । ‘गोत्र’को शाब्दिक अर्थ त धेरै व्यापक हुन्छ । यद्यपि विद्वानहरुले समय–समयमा यसरबारे यथोचित व्यख्या गरेका छन् ।  ‘गो’ अर्थात् इन्द्रिय, र &...

कात्तिक १५, २०८०

१. नमस्कारको चलन हिन्दु संस्कृतिमा मानिस हात जोडेर एक अर्कालाई अभिवादन गर्छन् जसलाई नमस्कार भनिन्छ । यो परम्पराका पछाडिको सामान्य कारण भनेको दुवै हात जोडेर गरिने अभिवादनले सम्मान झल्काउँछ । तर वैज्ञानिक र...

कात्तिक १९, २०८०

महाभारतको युद्ध एक युग समाप्त हुने बेलामा भएको थियो । संसारमा फैलिएको पाप र अनाचारलाई ध्वस्त पारेर धर्मको ध्वज लहराउनका लागि युद्ध अनिवार्य थियो ।  यावत कमजोरीका बाबजुद पाण्डवहरू धर्मरक्षक भएकाले उनीह...

मंसिर ११, २०८०

जन्मदेखि लिएर मृत्युसम्म निर्धारित परम्परा पालन गर्नु हिन्दूहरूको विशेषता हो । पर्वहरूमा मात्र नभएर दिनदिनैको कर्मकाण्डमा पनि धर्म, परम्परा र भगवानको पूजापाठलाई हिन्दूहरू महत्व दिन्छन् । दिनदिनै पूजापाठ गर्ने हिन्...

कात्तिक १७, २०८०

काठमाडौं -केही मानिस धार्मिक मान्यताका कारण लसुन र प्याज खाँदैनन् । विशेषगरी ब्राह्मणहरू लसुन प्याज खाँदैनन् । यसरी नखानुका वैज्ञानिक र धार्मिक कारण छन् । आयुर्वेदका अनुसार खाद्य पदार्थलाई तीनवटा श्रेणीमा बाँड...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x