×

NMB BANK
NIC ASIA

'पद्मावती' रिलिज भयो भने दीपिका पादुकोणको नाक काटिदिन्छौं : करणी सेना

कात्तिक ३०, २०७४

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं, ३० कात्तिक — विवादित फिल्म पद्मावती रिलिज भएमा त्यसकी अभिनेत्री दीपिका पादुकोणको नाक काटिदिने भनी करणी सेनाले धम्की दिएको छ ।

उता पद्मावती फिल्मको विरोध भइरहेको देखेर उत्तर प्रदेशको गृह मन्त्रालयले इन्फर्मेसन एन्ड ब्रोडकास्टिङ मन्त्रालयलाई पत्र पठाएको छ । राज्यमा नगर चुनाव भइरहेकाले फिल्म रिलिज गर्दा अव्यवस्था फैलिने सम्भावना उसले औंल्याएको छ । 

मुम्बईमा निर्देशक सञ्जय लीला भन्सालीको कार्यालय र र घरमा प्रहरीले सुरक्षा दिइरहेको छ । भन्सालीका लागि सशस्त्र गार्डको पनि व्यवस्था गरिएको छ । 

करणी सेनाका महिपाल मकरानाले भने, ‘हामी राजपूतहरू कहिले पनि महिलामाथि हात उठाउँदैनौं तर आवश्यकता आइलाग्यो भने लक्ष्मणले शूर्पणखालाई जे गरेका थिए हामी पनि दीपिकालाई त्यही गरिदिन्छौं ।’

रामायणमा लक्ष्मणले शूर्पणखाको नाक काटिदिएका थिए । 

यसैबीच करणी सेनाले फिल्मको विरोधमा डिसेम्बर १ मा भारत बन्दको घोषणा गरेको छ । 

राजस्थानमा करणी सेना, भाजपा नेताहरू तथा हिन्दूवादी संगठनहरूले फिल्मले इतिहासलाई गलत ढंगले प्रस्तुत गरेको आरोप लगाएका छन् । करणी सेनाका अनुसार, फिल्ममा पद्मिनी र खिलजीका बीचको इन्टिमेट दृश्यहरू छायांकन गरेर उनीहरूको भावनामा ठेस पु–याइएको छ । 

फिल्म रिलिज गर्नुपूर्व आफूहरूलाई देखाइनुपर्ने उनीहरूको माग छ । तनाव घटाउनका लागि यसो गर्नु ठीक हुने उनीहरू बताउँछन् ।

राजस्थानका राजघराना पनि फिल्मको विरोध गर्न थालेका छन् । 

एजेन्सी

Muktinath Bank

Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

Advertisment
Nabil box
Kumari
Vianet communication
Laxmi Bank
hAMROPATRO BELOW NEWS
TATA Below
फागुन ११, २०८०

अभिनेत्री रेखा थापा आमा बनेकी छन् । अमेरिकामा रहेकी रेखाले शुक्रवार छोरीलाई जन्म दिएकी हुन् ।  उनले छोरीको नाम वैभवी राज्यलक्ष्मी शाही ठकुरी राखेकी छन् । सामाजिक सञ्जालमा तस्वीर सार्वजनिक गर्दै उनले आमा...

फागुन २, २०८०

वैशाखको १४ गतेबाट प्रदर्शनमा आउने फिल्म ‘बोक्सीको घर’को फस्र्टलुक पोस्टर सार्वजनिक गरिएको छ । बुधवार सरस्वती पूजाको अवसर पारेर अभिनेत्री केकी अधिकारीको होम प्रोडक्सनमा निर्माण भएको यो फिल्मको पो...

असोज ३०, २०८०

बडा दशैँको अवसर पारेर गत शुक्रवारबाट प्रदर्शनमा आएको नारायण रायमाझी निर्देशित चलचित्र ‘परदेशी २’ले दर्शकबाट सुखद् प्रतिक्रिया पाइरहेको छ ।  हलबाट निस्किँदै गरेका दर्शकहरूले आजको नेपाली समा...

फागुन २७, २०८०

अभिनेता प्रदीप खड्का फेरि अर्को फिल्ममा अनुबन्धित भएका छन् । लामो समयदेखि बेलायत बस्दै आएका निर्देशक प्रदीप शाहीको निर्देशनमा बन्ने नयाँ फिल्ममा उनको शीर्ष भूमिकामा अभिनय रहने भएको हो ।   गतवर्ष प्रदर्शनमा...

कात्तिक २८, २०८०

अहिलेका सर्वाधिक हिट अभिनेता हुन् दयाहाङ राई । उनि अभिनीत एकपछि अर्को फिल्मले हलमा राम्रो व्यापार गरेका छन् ।  यसवर्ष पनि उनको शीर्ष भूमिका रहेको ‘जारी’ र ‘नाङ्गो गाउँ’ले राम्र...

मंसिर २७, २०८०

निर्देशक राजु गिरीले ‘ईश्वर’ नामक चलचित्र निर्माणको घोषणा गरेका छन् । दिव्या कंगना फिल्मसको प्रस्तुतिमा बन्ने चलचित्रमा गिरीको लेखन एवं निर्देशन रहनेछ । यसमा पटकथा एवं संवाद भोजराज देवकोटाको रहनेछ ...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x