कात्तिक २८, २०८०
गोपी मैनाली कविहरूले केका लागि कविता लेख्छन् भन्नेमा मत्यैक्यता पाइँदैन । कोही आनन्दका लागि भन्छन्, त कोही उपयोगिताका लागि । अझ कोही त अभिव्यञ्जनाको अर्को उद्देश्य नै हुँदैन भन्ने गर्छन् । ...
काठमाडौं, ३ मंसिर- देश चुनावी माहोलमा डुवेका बेला श्रष्टाहरु समेत आ आफ्नो समर्थनसहित आफ्ना मत ब्यक्त गरिरहेका छन् । साहित्य सन्ध्याको नियमित मासिक ३७८ औँ शृङ्खला मङ्सिर २ गते शनिबार अपराह्न १ बजे “अग्रगामीलाई भोट प्रतिगामीलाई चोट, रूपान्तरणका पक्षपातीलाई मतदान गरौँ, समृद्ध नेपाल निर्माण गरौँ” भन्ने आह्वानका साथ रत्नपार्कको शान्तिवाटिकामा भएको विशेष कविगोष्ठीमा राजनीतिक सिद्दान्तका पक्ष र बिपक्षमा मत आए । सन्ध्याका अध्यक्ष राम विनयकोे अध्यक्षता र उपाध्यक्ष रमेश पोखरेलको सञ्चालनमा सम्पन्न भएको उक्त विशेष समारोहमा संस्कृतिविद्, सांस्कृतिक रूपान्तरण अभियानका प्रखर अभियन्ता एवम् वरिष्ठ प्रगतिवादी साहित्यकार डा.मोदनाथ प्रश्रित प्रमुख अतिथि थिए भने अतिथिहरूमा प्राज्ञ एवम् प्रगतिशील लेखक सङ्घका अध्यक्ष मातृका पोखरेल, प्राज्ञ प्रा.जगत् उपाध्याय ‘प्रेक्षित’ वरिष्ठ साहित्यकार एवम् पूर्व मन्त्री शान्ता मानवी, राष्ट्रिय जनसांस्कृतिक महासङ्घका महासचिव प्रेमनाथ अधिकारी, वरिष्ठ पत्रकार एवम् साहित्यकार आनन्दराम पौडेल, प्रगतिशील लेखक सङघका महासचिव आर.एम.डङ्गोल र वरिष्ठ सचिव पुण्य गौतम ‘विश्वास’, प्रा.डा.खेम दाहाल, वरिष्ठ कवि विधान आचार्य, जनगायक रामकृष्ण दुवाल उपस्थित थिए ।
उक्त विशेष गोष्ठीमा प्रमोद स्नेही, बैरागी जेठा, मुकुन्द न्यौपाने, जगत् उपाध्याय ‘प्रेक्षित’, जयन्ती स्पन्दन, आनन्दराम पौडेल, विधान आचार्य, मातृका पोखरेल, आर.एम.डङ्गोल, राम विनय, रमेश पोखरेल, विजयध्वज थापा, गोपाल नेपाल, नारायण निरासी, अच्यूत घिमिरे, प्रदीपरत्न शाक्य, तारा गाउँले, रचना दाहाल, भोलानाथ सुवेदी, प्रमोद रेग्मी, सुशीला प्रधानाङ्ग, नवराज श्रेष्ठ, भावना न्यौपाने, विष्णुप्रभा उपाध्याय, पुण्य गौतम ‘विश्वास’, डा.खेम दाहाल, रामेश्वर राउत मातृदासले आआफ्ना अत्यन्त सासामयिक कविता वाचन गर्नुभएको थियो भने जनगायक रामकृष्ण दुवालले जनपक्षीय गीत गाएका थिए ।
प्रमुख अतिथि डा.मोदनाथ प्रश्रितले नेपाली कम्युनिस्ट आन्दोलनमा पटक पटक छिन्नभिन्न हुने तर एकजुट भने हुनै नसक्ने र करिब ६०% वामपन्थीका पक्षमा मतदान गर्ने जनताका अपेक्षा भने कहिल्यै पूरा हुननसक्ने दूरावस्था हामीले भोगिरहेका थियौँ तर यो पटक सिङ्गो देशमा वामपन्थीको चुनावी तालमेल हुँदै एकता गर्ने अभियानको थालनी हुनु असाध्यै राम्रो र सकारात्मक कुरा हो, जनचाहनाको कुरा हो । वामपन्थीहरूको गठबन्धन देखेर दक्षिणपन्थी यथास्थितिवादी, लम्पसारवादीहरू त्रसित भएका छन् । यो गठबन्धन स्थायी होस् र चुनावी तालमेल मात्र नहोस्, देशले अहिले असाध्यै अप्ठ्यारो अवस्था भोग्नुपरेको छ, नौ महिने अस्थायी सरकारका कारण अस्थिरता उत्पन्न भएको छ, एक वर्षका लागि बनाएको बजेटसम्म कार्यान्वयन गर्ननपाएको अवस्था छ । जनताको चाहना जहिल्यै पनि नेपाली वामपन्थीहरू एकताबद्ध हुन् भन्ने नै हो तर फेरि कुप्रचारमा रमाउने लम्पसारवादीहरू वामपन्थीहरू मिले भने जनताले रुनसमेत पाउँदैनन् भन्ने जस्तो सस्तो नाराबाजी गरेर डुब्नै लागेको शाख जोगाउने दुश्प्रयत्न गर्दै छन् ! हामी साहित्यकारहरूले कुनै पनि हालतामा यो एकता भत्काउने होइन अझ मजबुत पार्नुपर्छ भन्ने उत्साहका साथ साहित्यसिर्जना गर्नुपर्दछ किनभने साहित्य नै त्यस्तो सामथ्र्यवान् कुरा हो जसले आफ्नो प्रभाव अनन्तकालसम्म पार्नसक्दछ ।
ऋग्वेदले स्थापित गरेको दस हजार वर्ष पुरानो इतिहासले ऋषिमुनिहरूको, दार्शनिकहरूको विचार र दृष्टिकोण अहिलेसम्म स्थापित रहेको तथ्यलाई हामी स्रष्टाले पनि मनन गर्नुपर्दछ । एक अरबभन्दा बढी जनसङ्ख्या भएको चीनको प्रगतिले संसार हल्लाइरहेको छ तर हामीकहाँ लम्पसारवादीहरू, यथास्थितिवादीहरू अझै पनि वामपन्थीले जिते रुन पनि पाइन्न भन्ने भ्रमको खेती गरिरहेका छन् ! योभन्दा लाजमर्दाे कुरा अरू के हुन्छ ? योभन्दा निर्लज्ज र नाङ्गो भ्रम अरू के हुनसक्छ ? श्रमिक, सर्वहारा, निमुखा र गरिबलाई सम्मान गर्ने बराबरीको व्यवहार गर्ने आदर्शको अवलम्बन गर्ने वामपन्थीहरूको एकता हाम्रो देशको अपरिहार्य आवश्यकता हो । यो एकता भनेको देश र जनताका पक्षमा काम गर्ने सुअवसर पनि हो, यही नै जनचाहना पनि हो । साहित्य सन्ध्याले निर्वाचनको ठिक सङ्घारमा कोठाभित्र होइन बाहिर, त्यो पनि रत्नपार्कको यो शान्तिवाटिकामा चुनावकेन्द्रित पारेर जनतालाई सुसूचित गराउँदै उद्देश्यमूलक यो गोष्ठी गर्नु सराहनीय कार्य हो, यो वेलामा गीति लयका कविताहरू र नाटकहरू बढी लेखिनुपर्दछ र चोक चोकमा गाइनुपर्दछ, नाटक देखाइनुपर्दछ र अबका सिर्जना देश निर्माण गर्ने पक्षमा, स्रोतसाधनको सही सदुपयोगका पक्षमा, प्रविधिको प्रयोग तथा सदुपयोगका पक्षमा, निम्न वर्गका जनताको जीवनस्तर उठाउने पक्षमा लेखिनुपर्दछ । त्यसैगरी समाजका व्यक्तिहरूको चिन्तनमा, चेतनामा र व्यवहारमा रहेका विभेद र विसङ्गतिविरुद्धमा स्रष्टाले आफ्ना सिर्जना गर्नुपर्दछ । आजको यो विशेष गोष्ठीमा वाचित सम्पूर्ण कविता समसामयिक विषयमा लेखिएका छन् र रूपान्तरणको सन्देश सम्प्रेषण गर्न सफल रहेका छन् भने ।
प्राज्ञ एवम् प्रगतिशील लेखक सङ्घका अध्यक्ष मातृका पोखरेलले प्रगतिशील लेखक सङ्घकै परिशरबाट हिजो मङ्सिर १ गते सङ्घका उपाध्यक्ष खेम थपलियालाई गिरफ्तार गरिएकोप्रति दुःख व्यक्त गर्नुभयो र कलमबाहेक केही हतियार नै नभएको निहत्था व्यक्तिलाई लोकतन्त्र छ भनिएको वर्तमानमा गिरफ्तार गरिनु कायरतापूर्ण कार्य भएकाले तत्काल रिहाइको माग गर्नुभयो र गोष्ठीले पनि सर्वसम्मतिले निहत्था कलमजीवीको तत्काल रिहाइको माग गर्यो ।
गोष्ठीका अध्यक्ष राम विनयले साहित्य सन्ध्यामा हरेक महिना एउटा न एउटा विषयमा गम्भीर बहस गर्ने र कविगोष्ठी गर्ने प्रचलन रहेको छ ।
गोपी मैनाली कविहरूले केका लागि कविता लेख्छन् भन्नेमा मत्यैक्यता पाइँदैन । कोही आनन्दका लागि भन्छन्, त कोही उपयोगिताका लागि । अझ कोही त अभिव्यञ्जनाको अर्को उद्देश्य नै हुँदैन भन्ने गर्छन् । ...
पहाडमा उखु पेलेर खुदो पकाउने समय पारेर मधेशको गर्मी छल्न राजेन्द्र काका (ठूलो भुँडी लागेकाले हामीले मोटे अंकल भन्थ्यौं) गुल्मीको पहाड घरमा आउँथे । चैत–वैशाखको समयमा कोलबाट पेल्दै गरेको उखुको रस, रसेट...
गोपाललाई सानैदेखि धूमपानको लत बसेको थियो, शायद संगतको प्रभाव भनेको यही हुनुपर्छ । घरमा बाबुदाजुहरू हुक्का तान्थे । त्यति बेलाको चलन के भने सबैभन्दा सानोले तमाखु भर्नुपर्ने । त्यतिसम्म त ठीकै थियो, सल्काएर समे...
गुणराज ढकाल सामाजिक सञ्जालमा अभ्यस्त हुन थालेपछि अध्ययन गर्ने बानी निकै घटेको छ । सामाजिक सञ्जालमा आउने टिप्पणीबाटै हामीले आफ्नो दृष्टिकोण बनाउने गर्दछौं । विषयको गहिराइसम्म पुगेर अध्ययन तथा विश्लेषण गर...
सानीमा भेट्न चितवन गएको थियो गोपाल चार दिन हिँडेर । राप्ती किनार नजिकको सानो गाउँमा बस्दै आएकी थिइन् उनी, जो पहाडमा खान लाउन नपुगेपछि केही वर्ष अघि पुगेकी हुन् त्यतातिर । त्यतिबेला अहिलेजस्तो यातायातको साधन...
त्यो शिक्षकले पढायो, नेता बन्न सिकायो र त आज देशको बागडोर चलाइरहेका छौ । त्यो शिक्षकले पढायो, कर्मचारी बन्न सिकायो र त आज देशको प्रशासन चलाइरहेका छौ । त्यो शिक्षकले पढायो, डाक्टर बन्न सिकायो र त आज हजारौ...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...
एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...