×

NMB BANK
NIC ASIA

माथिल्लो तामाकोशीको शेयर कहिले पाइन्छ नेताज्यू ?

मंसिर ६, २०७४

NTC
Sarbottam
Premier Steels
Marvel

दोलखा, ६ मंसिर– कालिञ्चोक–९ का हरिबहादुर खड्काले तीन वर्षदेखि माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाले शेयर दिन्छ रे भन्ने सुनेको । तर अहिलेसम्म किन शेयर दिइएन भनेर कोही कसैले पनि चित्त बुझ्ने गरी बताएका छैनन् । आफूसँग भएको थोर बहुत पैसा लगानी गर्ने इच्छा छ । तर जानकारी नपाएकामा उनको गुनासो छ । 

Muktinath Bank

प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा मत माग्न गाउँ पसेका विभिन्न राजनीतिक दलका नेतालाई खड्काले पटक पटक सोधे, ‘माथिल्लो तामाकोशीको शेयर कहिले पाइन्छ होला ?’ तर उम्मेदवारले पनि हालसम्म चित्तबुझ्दो जवाफ दिन नसकेका उनी बताउँछन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

शेयरका बारेमा जसले राम्रोसँग जानकारी दिन्छ उसैलाई यस पटकको मत दिने सोचाइमा छन् खड्का । रासससँग कुरा गर्दै उनले भने, ‘बूढेसकालमा गरिखान नसक्ने भएपछि त्यही शेयर नै आफू र आफ्नो परिवार पाल्ने भरोसा बन्छ ।’ 


Advertisment
Nabil box
Kumari

कालिञ्चोक–९ कै ६८ वर्षीय नारायण शाहीलाई पनि माथिल्लो तामाकोशीको शेयरका बारेमा खुबै चासो छ । आयोजना शुरु भएदेखि नै स्थानीयवासीलाई शेयर दिन्छन्, राम्रो कमाई हुन्छ भन्ने सुनेको हो तर अहिलेसम्म कुनै छेउ–टुप्पो नलागेको उनलाई पनि चित्त बुझेको छैन । 

Vianet communication
Laxmi Bank

निर्वाचनमा मत माग्न गाउँ आएका उम्मेदवारसँग उनले पनि सोधे, ‘शेयर कहिले पाइन्छ, हामीले कहिले हो लगानी गर्न पाउने ?’ कोहीले माघ पछि पाइन्छ भनेका छन् त कोहीले आफूलाई जानकारी नभएको र पछि जानकारी दिउँला भन्दै हिँडेका शाहीले बताए । 

‘हामी दोलखावासीलाई माथिल्लो तामाकोशीको शेयरका बारेमा जसले राम्रोसँग बुझाउँछ, सोही पार्टीलाई मतदान गछौँ,’ उनले भने । 

दोलखाकै मतदाता कुमारप्रसाद प्रसाईं माथिल्लो तामाकोशीका बारेमा कुरा गर्न अग्रसर देखिए । ‘हाम्रै देशको लगानीमा निर्माण भइरहेको आयोजनामा हाम्रो पनि लगानी हुनुपर्यो नि !’ उनले भने ।  थोर बहुत लगानी गर्ने इच्छा छ उनलाई । 

आगामी मंसिर १० गते हुन लागेको प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा मत माग्न आएका उम्मेदवारलाई उनले पनि सोधे, ‘शेयर कहिले पाइन्छ त नेताज्यू ?’ कस्तो उत्तर पाउनु भयो त तपाईंले ? भन्ने राससको प्रश्नमा प्रसाईलें भन्नुभयो, ‘केही समयपछि दिन्छौँ भनेका छन् । आशा छ, हामी दोलखालीले केही समयभित्रै माथिल्लो तामाकोशीको शेयर पाउँछौ ।’ 

सुन्द्रावतीका डम्बर ओलीलाई शेयरका बारेमा बढी चासो छ । ‘सार्वजनिक भाषणमा नै नेताले शेयरका बारेमा बताइदिएको भए राम्रो हुन्थ्यो,’ उनले भने । 

लामाबगरका पेम्बा शेर्पालाई पनि आफ्नै घर–आँगनमा बन्दै गरेको आयोजनामा कहिले लगानी गर्न पाइएला भन्ने प्रतीक्षा छ । शेर्पा भन्छन्, ‘पाइन्छ भन्ने सुनेको लामो समय भयो तर न त हालसम्म आयोजनाले बताएको छ, न त मत माग्न आएका नेताले नै । छिट्टै दिए हुन्थ्यो ।’ 

अधिकांश स्थानीयवासीले उम्मेदवारसँग माथिल्लो तामाकोशीको साधारण शेयरका बारेमा चासो र चिन्ता व्यक्त गर्ने गरेका छन् । उनीहरु गतिलो सूचना नपाएकामा उम्मेदवारसँग गुनासो पनि गरिरहेका छन् । 

प्रतिनिधिसभातर्फ वाम गठबन्धनका उम्मेदवार पार्वत गुरुङ स्थानीय मतदाताले माथिल्लो तामाकोशीको शेयरका बारेमा आफूलाई दर्जनौँ पटक प्रश्न गरेका बताउँछन् । ‘हामीले मत माग्ने क्रममा छिट्टै आयोजनाले शेयर जारी गर्ने तयारी गरेको जानकारी दिने गरेका छौँ । जनता पनि आश्वस्त भएका छन्,’  गुरुङले भने, ‘साधारण शेयरप्रति जनताको ठूलो र व्यग्र प्रतीक्षा छ ।’ 

‘दोलखाको समृद्धि र स्वाभिमान, हाम्रो अभियान’ नाराका साथ एमाले र माओवादी केन्द्रका नेता संयुक्त रुपमा चुनावी अभियानमा केन्द्रित छन् । 

काँग्रेसका तर्फबाट रुद्रबहादुर खड्का प्रतिनिधिसभा सदस्य उम्मेदवार छन् भने प्रदेश ‘क’मा केशव चौलागाईं र ‘ख’ बर्मा लामा उम्मेदवार छन् । 

वाम गठबन्धनका तर्फबाट प्रदेश ‘क’ मा विशाल खड्का र प्रदेश ‘ख’ मा पशुपति चौलागार्इं उम्मेदवार छन् । लामो समयसम्म एमालेको राजनीतिमा संलग्न जिल्ला विकास समितिका पूर्वसभापति लालकुमार केसी पनि चुनावी मैदानमा छन् । उम्मेदवारी दिएका अधिकांश नेतालाई मतदाताले अरू विकास निर्माणको कामभन्दा पनि माथिल्लो तामाकोशीका बारेमा नै बढी चासो र चिन्ता व्यक्त गर्ने गरेका छन् । काँग्रेसका उम्मेदवार खड्का मतदाताले शेयरका बारेमा चासो व्यक्त गरेको स्वीकार गर्दै चुनाव लगत्तै वितरण गर्नेतर्फ पहल गर्ने बताउँछन् ?

यस्तै प्रदेशसभाका उम्मेदवार खड्का, चौलागाईं, केशव पौडेल पनि स्थानीयवासीको चासोलाई सम्बोधन गर्दै आयोजनाबाट छिट्टै साधारण शेयर जिल्लावासीलाई वितरण गराउन आफूहरु प्रतिबद्ध रहेको बताउँछन । 

माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाले स्थानीयवासीलाई १० प्रतिशत शेयर दिने घोषणा गरिसकेको छ । आगामी पुसको अन्तिम साताबाट स्थानीय प्रभावितले साधारण शेयरमा आवेदन दिन सक्ने बताइएको छ । दोलखामा मतदाताको सङ्ख्या एक लाख ४४ हजार ८२५ रहेको छ । यसअघि एक लाख ३६ हजार ९७९ मतदाता रहेको थियो । पछिल्लो पटक सात हजार ८४६ मतदाता थपिएका छन् भने जिल्लामा दुई नगरपालिका र सात गाउँपालिका छन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २४, २०८०

एनएमबि बैंकले तिहारको अवसरमा क्याशब्याक  अफर सार्वजनिक गरेको छ ।​ बैंकले एनएमबि डेबिट कार्ड प्रयोग गर्ने ग्राहकहरूको लागि तुरुन्तै २०० रुपैयाँ क्याशब्याक प्राप्त गर्न सकिने अफर सार्वजनिक गरेको हो । ति...

कात्तिक ६, २०८०

ग्लोबल आइएमई बैंकले डिजिटल बैंकिङ सेवालाई प्रवर्द्धन गर्न आफ्ना ग्राहकहरूलाई ग्लोबल स्मार्ट प्लसमार्फत् हुने कारोबारमा क्यासब्याक दिने योजना सार्वजनिक गरेको छ । बैंकको ग्लोबल स्मार्ट प्लस ए्याप प्रयोगकर्ताहरूले विजया ...

कात्तिक २५, २०८०

​कृषि विकास बैंक लिमिटेडले भूकम्प पीडितका लागि ५० लाख सहयोग गरेको छ । जाजरकोट भूकम्पबाट प्रभावितहरूको खोज, उद्धार तथा राहतका लागि संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत ५० लाख रुपैयाँ सहयोग गरिएको बैंकले जन...

फागुन ४, २०८०

​​एनआईसी एशिया बैंक वाणिज्य बैंकहरूमध्यमा उत्कृष्ट बैंक बन्न सफल बनेको छ । चालू आर्थिक वर्षको पुस मसान्तसम्मको प्रमुख वित्तीय परिसूचकका अनुसार एनआईसी एशिया उत्कृष्ट बैंक बन्न सफल बनेको हो । उत्कृष्ट बन्न सफल ...

मंसिर ४, २०८०

एनएमबि बैंक लिमिटेडले 'प्रिमियम सुपर तलब खाता'मा आकर्षक सुविधा उपलब्ध गराउँदै आएको छ, सोही कारण उक्त खाता एनएमबि बैंकको लोकप्रिय 'प्रोडक्ट'का रूपमा चर्चित छ । निक्षेपमा उच्च ब्याजदर, कर्पोरे...

कात्तिक २३, २०८०

एसियाली बैंक एसोसियसन (एबीए)को ३९ औं वार्षिक सम्मेलनको अवसरमा १८ एसियाली देशका ६३ बैंकर काठमाडौंमा भेला भएका छन् । नेपाल बैंकर्स एसोसियसन (एनबीए)को संयोजनमा नेपालमा पहिलो पटक आयोजना गरिएको सम्मेलनमा विभ...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x