×

NMB BANK
NIC ASIA

जनकपुरधाम, ७ मंसिर  – देशका पूर्व राष्ट्रपति डा.रामबरण यादवका छोरा डा.चन्द्रमोहन यादव प्रदेश सभा सदस्यका लागि चुनावी मैदानमा संघर्ष गरिरहेका छन् ।

Muktinath Bank

धनुषाको निर्वाचन क्षेत्र नं.४ को (१) मा नेपाली कांग्रेसबाट यादवले उम्मेदवारी दिएका छन् । संघीय समाजवादी फोरम नेपालका तर्फबाट ज्ञानेन्द्र कुमार यादव र बाम एकताबाट बाबुसाहेव यादवले उनलाई चुनौती दिइरहेका छन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

धनुषा निर्वाचन क्षेत्र नं. ५ बाट यसअघि निवर्तमान सांसद समेत रहेका यादव प्रदेश सभामा मत दिन भन्दै क्षेत्रमा घर दैलो गरिरहेका छन् । २०६४ सालको संविधान सभाको पहिलो निर्वाचनमा नेपाली कांग्रेसबाट डा.रामबरण यादव निर्वाचित भएका थिए । 


Advertisment
Nabil box
Kumari

त्यसपछि डा.रामबरण यादव संघीय लोकतान्त्रिक गणतन्त्रको पहिलो राष्ट्रपति पदमा निर्वाचित भएका थिए । त्यसपछि उक्त क्षेत्रमा भएको उपनिर्वाचनमा नेपाली कांग्रेसका तर्फबाट रामबरण यादवका छोरा चन्द्रमोहन यादवले टिकट पाएका थिए । 

Vianet communication
Laxmi Bank

तर, उपनिर्वाचनमा नेकपा एमालेका नेता रघुविर महासेठले चन्द्रमोहन यादवलाई पराजित गरेका थिए । चन्द्रमोहन अचानक चुनावी मैदानमा हाम फालेका थिए । त्यसकारण उनलाई पराजय भोग्नु परेको थियो ।
पछि २०७० सालको संविधानसभाको दोस्रो निर्वाचनमा भने सोही क्षेत्रबाट नेपाली कांग्रेसबाट पुनः टिकट पाएपछि संविधानसभामा निर्वाचित भएका थिए । नेकपा एमालेका नेता रघुविर महासेठलाई पराजित गर्दै यादव निर्वाचित भएका थिए ।

संविधान निर्माणको काम संगसँगै विकास निर्माणको एजेण्डा लिएर सभाषदमा निर्वाचित भएपछि संविधान निर्माणको कार्यमा आफुले सक्रिय योगदान निर्वाह गरेको यादव बताउँछन् । मधेस आन्दोलनबाट उठेका असंतुष्टिहरु तथा अधिकार प्राप्तिका लागि उठेका आवाजहरुको सम्बोधन गरिनुपर्छ भन्दै पार्टी भित्र पनि संघर्ष गरेको तथा संविधान संशोधनका लागि नेपाली कांग्रेसलाई सहमत गराउन आफ्नो भुमिका पनि महत्वपुर्ण रहेको यादव दावी गर्छन् ।

संविधान सभाको निर्वाचनमा मत माग्न जाँदा सबैभन्दा पहिले जितेर गएपछि आफ्नो संसदीय क्षेत्रका प्रत्येक घरधुरीलाई मच्छरझुल प्रदान गर्ने भनेर प्रतिबद्धता गर्दा धेरैले पत्याएका थिएनन् ।

तर, सभाषदमा जितेको दुई महिना लगत्तै आफ्नो निर्वाचन क्षेत्रको प्रत्येक घरका लागि झुल वितरण गरेको भन्दै यादव भन्छन्, ‘करिब २ हजार देखि २ हजार २ सय रुपैयाँ सम्म पर्ने प्रतिझुल क्षेत्रका ६१ हजार घरधुरीलाई मच्छरझुल वितरण गरें । नेपाल सरकारको आयोजनाबाट आफुले पहलकदमी गरेर करिब १२ करोड २० लाख रुपैयाँको झुल एउटा गैरसरकारी संस्था मार्फत वितरण गराएको थिएँ ।’ 

त्यसपछि सडक निर्माण देखि पुल निर्माण, विद्यालयको भवन निर्माण लगायत पुर्वाधारको विकासमा योगदान पुर्याएको उनको दावी छ । क्षिरेश्वरनाथ नगरपालिकाको एभरेष्ट पेपरमिल देखि शान्तिपुरसम्मको १ सय ५० मिटरको पुल निर्माण गराएको, रमदैयाको जानकी मेडिकल कलेज देखि सबैलासम्मको एसएनआरटिपी परियोजना अन्तरगत सडक निर्माण, ननुपट्टी देखि दोहैरसम्मको ५ करोडको सडक निर्माण लगायत विभिन्न ससाना परियोजनाको सडक निर्माण गराएको यादव दावी गर्छन् । 

त्यसैगरी सपहीको गजरियामा ४० करोडको लागतमा सिटीईभिटी अन्तरगत पोलिटेक्निक इन्स्टिच्यूट स्थापना गराई पठनपाठन सुचारु गराएको, लक्ष्मिपुर बगेवामा भारतसरकारको सहयोगमा ५ करोड रुपैयाँको विद्यालयको भवन निर्माण गराएको, सपहीमा भारत सरकारको सहयोगमा ३ करोड रुपैयाँको विद्यालय भवन  निर्माण गराएको यादव दावी गर्छन् । यसका अतिरिक्त २ लाख, ३ लाख, ५ लाख देखि १५ लाख रुपैयाँ सम्मको कतिपय योजनाहरु अन्तरगत क्षेत्रका विभिन्न गाउँहरुमा संसदीय विकास कोष देखि अन्य योजनाहरु मार्फत विकास निर्माणको काम गराउन सफल भएको यादवको भनाई छ ।

निवर्तमान सांसदको हैसियतले धनुषा निर्वाचन क्षेत्र नं.४ मा प्रतिनिधि सभा सदस्यमै उम्मेदवारी दिने आफ्नो चाहना र इच्छा रहेको भएपनि पार्टीले प्रदेश नं.२ को प्रदेश सभामा जानका लागि अर्हाएपछि प्रदेशसभामा उम्मेदवारी दिएको यादव बताउँछन् । 

अहिले देशका पुर्व राष्ट्रपति तथा पहिलो राष्ट्रपति डा.रामबरण यादवलाई राज्यले सम्मान गर्न नसक्दा उनी दुःखि भएका छन् । राष्ट्रपति भनेको देशको एउटा संस्था हो, तर उक्त संस्थालाई राज्यले अपमान गर्दा एउटा व्यक्ति भन्दा पनि देशकै सर्बोच्चत्तम संस्थाको अपमान हुने हुँदा राज्यले सम्मान गर्न सक्नुपर्ने उनको भनाई छ । 

पूर्व राष्ट्रपति डा.रामबरण यादवका लागि दिइएको घर बहाल तथा घरबेटीद्वारा पटक पटक घर खाली गर्न पत्र पत्रिकामा सूचना प्रकाशित गरिरहेको परिपे्रक्ष्यमा उनको त्यो भनाई छ ।

आफुले प्रदेश सभामा जितेर गएको खण्डमा आफ्नो क्षेत्रमा सडक, स्वास्थ्य, शिक्षा लगायतको क्षेत्रमा विकास गर्न ठुलो पहल गर्ने आश्वासन उनले दिईरहेका छन् । उनी भन्छन, “यस क्षेत्रमा सबैभन्दा पहिले शिक्षामा ध्यान दिनु जरुरी छ । सरकारी विद्यालयहरुमा शिक्षाको स्तर अत्यन्तै खसेको कारण सबैभन्दा पहिले सरकारी स्कुलहरुमा राम्रो पढाईको बातावरण बनाउने तर्फ केन्द्रित हुनेछु ।”

मान्छे शिक्षित भयो भने चेतना स्तरमा वृद्धि हुनुका साथसाथै सबै कुरा आपसेआप विकसित हुँदै जाने हुनाले शिक्षा पहिलो प्राथमिकता भएको यादव बताउँछन् ।

२०३६ सालमा जनमत संग्रह हुँदा विद्यार्थी काल देखि नै राजनीतिमा सक्रिय रहेको भन्दै चन्द्रमोहन यादव भन्छन, “२०४६ साल देखि २०६२/०६३ सालसम्मको जनआन्दोलनमा प्रत्यक्ष तथा अप्रत्यक्ष ढंगले भुमिका निर्वाह गर्दै आएको छु ।” २०४६ सालको जनआन्दोलन हुँदा यादव भारतको कोलकतामा एमविविएस अध्ययन गर्दै थिए । त्यतिबेला पनि जेनरल कन्सुलेटको अफिसमा गएर आफुले धर्ना दिएको यादव सम्झन्छन् । 

प्राथमिक शिक्षा गाउँकै सपही र बनिनियाँ स्कुलबाट प्राप्त गरेका यादव जनकपुरको सरस्वती माविबाट एसएलसी उत्तीर्ण गरेका थिए । त्यसपछि जनकपुरकै राराब क्याम्पसबाट आइएससी उत्तीर्ण गरी भारतको कलकताबाट एमविविएस र चन्डीगढबाट रेडियोलोजीमा एमडी गरेका थिए । 

चिकित्साको पढाई सकिएपछि लोकसेवा आयोगको जाँचबाट विर अस्पतालमा प्राध्यापकको रुपमा जागिर गरेका थिए । चिकित्सा पेशा पनि सेवा मुलक पेशा नै भएको तर राजनीतिमा प्रायः पढेलेखेका मानिसहरुको उपस्थिति न्यून देखिएपछि राजनीतिलाई थप विकृत हुन नदिन र वृहत रुपमा समाजसेव ागर्ने उद्देश्यले राजनीतिमा पसेको यादव बताउँछन् । 

पार्टीले यदि प्रदेश नं.२ मा मुख्य मन्त्रीको रुपमा अवसर दिए त्यसको लागि तयार रहेको यादव बताउँछन् । 

अन्य पार्टीका प्रतिस्पर्धीहरुको समाजमा ठुलो पहिचान वा योगदान समेत नरहेकाले प्रदेश सभामा मतदाताहरुले अवश्य नै जिताउने छन् किनभने विगतमा सभाषद भएर जनतालाई दिएको प्रतिबद्धता पुरा पनि गरेकाले आफु जित्नेमा ढुक्क रहेको यादवले बताए । 

प्रदेश सभा सदस्यको रुपमा निर्वाचित भए समृद्ध प्रदेश निर्माण गर्न भुमिका खेल्नुका साथसाथै केन्द्रमा संविधान संशोधनका लागि प्रदेशबाट शक्तिको आवश्यकता परे त्यसका लागि पनि सबैभन्दा अगाडी रहने यादव बताउँछन् ।
 

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x