×

NMB BANK
NIC ASIA

राष्ट्रपति भण्डारीकी सम्धिनी किरण र शरतसिंहबीचको रोचक प्रतिस्पर्धा

मंसिर १३, २०७४

NTC
Sarbottam
Premier Steels
Marvel

जनकपुरधमाम, १३ मंसिर– महोत्तरी निर्वाचन क्षेत्र नं.२ मा नेपाली कांग्रेस र राष्ट्रिय जनता पार्टी नेपालका दुई जना चर्चित उम्मेदवारहरुबीच कडा प्रतिस्पर्धा हुने अनुमान गरिएको छ । 

Muktinath Bank

पूर्व राष्ट्रपति डा.रामबरण यादवकी भतिजी तथा बहालबाला राष्ट्रपति विद्या देवी भण्डारीकी सम्धिनी किरण यादव नेपाली कांग्रेसका तर्फबाट प्रतिनिधि सभा सदस्यका लागि उम्मेदवार रहेकी छिन् । अर्को तर्फ राष्ट्रिय जनता पार्टी नेपालका अध्यक्ष मण्डलका सदस्य शरतसिंह भण्डारीले उम्मेदवारी दिएका छन् । अहिले त्यस क्षेत्रमा यादव र भण्डारीबीच चुनावी प्रतिस्पर्धा रोचक बनेको छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

पहिलो संविधानसभामा समानुपातिक र दोस्रो संविधानसभामा महोत्तरी क्षेत्र नं.२ बाट प्रत्यक्षमा निर्वाचित भएपछि जनताका सुखदुखमा साथ दिनुका साथै विकास निर्माणमा समेत महत्वपुर्ण योगदान दिएकोले आफ्नो जीत सुनिश्चित रहेको यादव बताउँछिन् । 


Advertisment
Nabil box
Kumari

राजपा नेपालका उम्मेदवार शरतसिंह भण्डारी पर्यटक उम्मेदवार भएको आरोप लगाउँदै यादवले  क्षेत्र नं.२ मा यसपटक कुनै पनि बाहिरिया उम्मेदवारलाई जनताले मत नदिने दाबी गर्छिन् । 

Vianet communication
Laxmi Bank

“भण्डारीको घर महोत्तरीको औरही हो । औरही महोत्तरीको ४ नं. क्षेत्रमा पर्छ । तर, उनी ४ नम्बर क्षेत्रबाट किन लडेनन् ? २ नम्बर क्षेत्र त मेरो पहिले देखि नै आफ्नो घर रहेको संसदीय क्षेत्र हो ।” शरतसिंह भण्डारीलाई अब महोत्तरी जनताले विश्वास गर्दैनन् त्यसको पछिल्लो उदाहरण के पनि हो भने भण्डारी दोस्रो संविधानसभाको चुनावमा क्षेत्र नं.१ र क्षेत्र नं. ६ गरी कुल दुई वटा क्षेत्रबाट लड्दा पनि जनताले उनलाई परास्त गरिसकेको हुनाले अब दुई नम्बर क्षेत्र मा पनि उनको हार निश्चित रहेको यादव बताउँछिन् । 

उता राजपा नेपालका उम्मेदवार शरतसिंह भण्डारी भने आफू आफ्नै क्षेत्रबाट लडेको दावी गर्छन् । नेपाली कांग्रेसको सत्ता रहेको बेला नै क्षेत्रहरुको सीमाना निर्धारण गर्दा किरण यादवले बडो चलाखी पूर्ण तरिकाले मेरो जन्म स्थान रहेको पैत्रिक गाउँ औरही नगरपालिकालाई दुई वटा निर्वाचन क्षेत्रमा विभाजन गरेकाले अहिले औरही क्षेत्र नं. २ र ४ मा विभाजन भएको भन्दै भण्डारी भन्छन्,“ औरही नगरपालिका दुई नम्बर क्षेत्रमा परेकाले म कुनै बाहिरिया वा भगौडा उम्मेदवार होईन । फेरि राजपा नेपाल र संघीय समाजवादी फोरम नेपाल बीच भएको चुनावी तालमेलका आधारमा राजपा नेपालले दुई नम्बर क्षेत्र पाएको हो ।”

‘जानकी मन्दिर दर्शन गर्ने क्रममा राष्ट्रपति भण्डारीसँगै सांसद यादव पनि आएकी थिइन्, जनकपुरवासीले विरोध गर्दा मधेसी जनताको त दिमागै हुँदैन भनेर अभिव्यक्ति दिएकी सांसद यादवले अहिले कुन मुखले मधेसी जनतासँग मत मागिरहेका छन्, भण्डारीले प्रश्न गरे ।

अर्को तर्फ संसदीय क्षेत्र निर्धारण गर्दा अधिकार सम्पन्न स्वतन्त्र आयोगले क्षेत्र निर्धारण गरेका कारण औरही नगरपालिकालाई दुई टुक्रामा विभाजन गर्न आफ्नो कुनै भुमिका नरहेको भन्दै निवर्तमान सांसद किरण यादव भन्छिन्,“ मेरो संसदीय निर्वाचन क्षेत्रमा पर्ने दुईवटा नगरपालिका बलवा नगरपालिका र लोहारपट्टी नगरपालिकालाई विभाजन नगरियोस भनेर आफ्नो पार्टी मार्फत कुरा राख्न लगाएर ती दुईवटै नगरपालिकालाई अखण्ड राख्न भने भुमिका खेलेको चाहि अवश्य नै हो ।”

यसरी हेर्ने हो भने अहिले चुनावी मैदानमा भण्डारी र यादव बीच रोचक प्रतिस्पर्धा भईरहेको छ । 

को हुन किरण यादव ?

किरण यादव नेपाली कांग्रेसकी केन्द्रिय सदस्य हुन् । धनुषाको सपही माईती भएकी यादवको विवाह महोत्तरीको बलवा गाउँमा भएको हो । प्रथम राष्ट्रपति डा.रामबरण यादवकी साखै भतिजी समेत रहेकी यादव अहिलेको राष्ट्रपति विद्या देवी भण्डारीकी सम्धिनी पनि हुन् । यादवको छोराको विहे राष्ट्रपति भण्डारीकी छोरीसँग भएको हो ।

२०६४ सालको प्रथम संविधानसभाको चुनावमा महोत्तरीको क्षेत्र नं.२ को १३ गाविसहरु मध्ये ११ गाविसहरुबाट  समानुपातिक कोटामा सिफारिस गरिएपछि समानुपातिक तर्फबाट सभाषद भएकी थिईन । त्यो क्षेत्रमा कांग्रेसका उम्मेदवार पराजित भएपछि समानुपातिक सांसद भएर पनि विभिन्न विकासका परियोजनाहरु लगेर जनताको मन जितेकै कारण २०७० सालको संविधानसभाको दोस्रो चुनावमा प्रत्यक्षबाट निर्वाचित भएर सभाषद बन्न सफल भएकी यादव बताउँछन् । २ नम्बर क्षेत्रमा नेपाली कांग्रेसको संगठन पनि बलियो हुनुका साथसाथै आफुले आफ्नो क्षेत्रका गाउँ गाउँमा विद्यालय भवन निर्माण, सडक निर्माण, सिंचाईका परियोजनाहरु निर्माण गर्नुका साथै धार्मिक स्थलहरु कारिक स्थान, रौजा मजारको विकासका लागि योगदान दिएका कारण आफुलाई नै पुनः तेस्रो पटक जनताले सांसद बनाएर पठाउने यादव बताउँछन् ।

संविधान निर्माण हुँदा मधेसी जनताको अधिकार समेट्ने गरी संविधान जारी गर्न पार्टी भित्र आफुहरुले सक्रिय भुमिका निर्वाह गरेपनि तत्कालिन पार्टी सभापति तथा प्रधानमन्त्री सुशिल कोइरालाले संविधान तत्कालै संशोधन गरिदिने आस्वाशन दिएपछि आफुहरु पछि हटेको यादवको भनाई छ । जनसंख्याको आधारमा निर्वाचन क्षेत्रको निर्धारण र समानुपातिक समावेशी आधारमा प्रतिनिधित्व लगायतको संशोधन तत्कालै संविधानमा गरिएको र बाँकी विषयहरुको संशोधन गराउन नेपाली कांग्रेस नै सक्षम रहेकाले महोत्तरीका जनताले आफुलाई जिताउने यादवको विश्वास छ ।

आफुले जितेर गए संविधान संशोधन गराउनुका साथसाथै विकास निर्माणका अधुरो रहेको बहुबर्षिय योजनाहरु लागु गर्नुका साथसाथै धार्मिक स्थलको व्यवस्थापन गर्ने, सिंचाई परियोजनाहरु पुरा गर्ने, बहुबर्षिय सडकहरु निर्माण कार्यलाई पुरा गर्ने, क्षेत्रमा थपिएका गाउँहरुमा सडकको संजाल विस्तार गर्ने लगायतका प्रतिबद्धताहरु मतदाता समक्ष यादवले गरिरहेका छन् ।
२०४६ सालमा नेपाल विद्यार्थी संघबाट राजनीति सुरु गरेकी यादव २०६२÷०६३ मा नेपाल महिला संघको केन्द्रिय सदस्य भएकी थिईन । अहिले उनी पार्टीमा पनि केन्द्रिय सदस्यमा पनि निर्वाचित भएकी छिन् ।

को हुन् भण्डारी ?

२०३६ सालको जनमत संग्रहमा बहुदलको पक्षमा राजनीतिमा सक्रिय भएका शरत सिंह भण्डारी नेपाली कांग्रेसमा आवद्ध भएका थिए । २०३८ सालमा सुधारिएको पञ्चायत व्यवस्थामा भएको प्रत्यक्ष निर्वाचनमा सहभागी भएका भण्डारी अहिले सम्म पटक पटक प्रतिनिधि सभामा निर्वाचित भईसकेका छन् ।

२०६२/०६३ सालको आन्दोलन पछि बनेको अन्तरिम संसदमा नेपाली कांग्रेसबाट सांसद रहेकै बेला मधेसमा भएको मधेस आन्दोलनमा नेपाली कांग्रेस परित्याग गर्दै मधेसी जनअधिकार फोरममा प्रवेश गरेका थिए । फोरमबाट टिकट पाएर चुनाव जितेर पहिलो संविधानसभामा चुनिएपछि रक्षा मन्त्री भएको बेला उनले दिएको विवादास्पद अभिव्यक्तिका कारण रक्षामन्त्रीबाट उनलाई बर्खास्त गरिएको थियो । 

२०६४ साल फागुन १६ गते नेपाल सरकार र संयूक्त लोकतान्त्रिक मधेसी मोर्चा बीच भएको ८ बुँदे सम्झौता अनुसार नेपाली सेनामा मधेसी समुदायको समुहगत प्रवेशको विषय उठाउँदा विभेद अन्तय नभए देश समेत विखण्डन हुन सक्ने अभिव्यक्ति रक्षामन्त्रीको हैसियतमा व्यक्त गरेपछि उनलाई बर्खास्त गरिएको थियो । त्यसपछि उनले छुट्टै राष्ट्रिय मधेस समाजवादी पार्टी खोलेर तराई मधेसमा जनजागरण अभियान खोलेका थिए । 

दोस्रो संविधान सभाको निर्वाचनमा पराजित भएका भण्डारी अहिले राजपा नेपालको अध्यक्ष मण्डलका सदस्य समेत छन् । आफुले मधेसी जनताको हक अधिकारका लागि लामो लडाई लडेका कारण संविधान संशोधन गराउन र प्रदेश नं.२ मा मधेस सरकारको स्थापना गर्न जनताले आफुलाई नै जिताउने भण्डारी बताउँछन् । भण्डारी पटक पटक मन्त्री समेत भईसकेका छन् ।
 

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x